सिड्नी – सिड्नीस्थित म्याकडोनाल्ड रेस्टुरेन्टबाट दुईजना नेपाली युवक पक्राउ परेका छन् । एक युवतीमाथि कुटपिट गर्ने कार्यमा संलग्न पवन श्रेष्ठ र नोर्बु शेर्पालाई प्रहरीले पक्राउ गरेको हो ।
रेष्टुरेन्टमा गएका पवनले त्यहाँ उपस्थित एक महिलामाथि एक्कासी मुक्का हानेको र त्यसको बदलामा ती महिलाका केटा साथीले पवनमाथि प्रतिआक्रमण गरेसँगै कुटाकुट सुरु भएको प्रत्यक्षदर्शीलार्इ उधृत गर्दै याहु न्यूजले जनाएको छ ।
युवतीमाथि आक्रमण गर्ने पवन श्रेष्ठलाई ती युवतीका केटासाथीले मुक्का हान्दा उनी घाइते भएको र मुख रगताम्मे बनेको भिडियोमा देख्न सकिन्छ ।
कुटाकुट चलिरहँदा रेष्टुरेन्टमा उपस्थित मानिसहरुले झगडा साम्य पार्ने कोसिस गरे पनि असमर्थ रहे । केही क्षणमै प्रहरी आएर दुबैजना नेपाली युवालाई पक्राउ गरेको बताइएको छ । प्रहरीका अनुसार ती दुर्इ नेपाली युवा र केटीवीच कुनै चिनजान भएको देखिदैन् । चिन्दै नचिनेकी केटीमाथि किन यी युवाहरू जाइलागे भन्ने बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
पर्यटक भिसामा अष्ट्रेलियामा रहेका दुबैजना विरुद्ध मुद्दा चलाइएको छ । उनीहरु धरौटीमा मुक्त भएको तर पासपोर्ट भने जफत गरिएको बताइएको छ । कुटपिटमा संलग्न युवाहरुलाई आउँदो फेब्रुअरीमा अदालतमा पेश गरिने समाचारमा उल्लेख छ ।
काराकास - भेनेजुएलाले युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएला विरुद्ध... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस