काठमाडौं – लियोनल मेस्सीले अन्तिम समय गरेको गोलबाट बार्सिलोना हारबाट जोगिएको छ । ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना भिल्लारियलसँग १–१ को बराबरीमा रोकिएको हो ।
पहिलो हाफमा दुवै तर्फबाट गोल हुन सकेको थिएन । ४९ औं मिनेटमा निकोला सानसोनेले गोल गर्दै भिल्लारियललाई सुरुवाति अग्रता दिलाए । हारको नजिक पुगेको बार्सिलोनाका लागि मेस्सीले ९० औं मिनेटमा बराबरी गोल फर्काए । मेस्सीले ला लिगामा यो सिजन १३ गोल गरिसकेका छन् । उनी सर्वाधिक गोलकर्ताको सूचिमा शीर्ष स्थानमा छन् ।
इन्जुरी समयमा कोस्टा जोर्डा दोहोरो पेहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि भिल्लारियल केही समय १० खेलाडीमा सीमित भएको थियो । हारबाट जोगिएको बार्सिलोना सेभिल्लालाई पछि पार्दै दोस्रो स्थानमा भने उक्लिन सकेन ।
तेस्रो स्थानको बार्सिलोनाको १७ खेलबाट ३५ तथा दोस्रो स्थानको सेभिल्लाको ३६ अंक छ । एक खेल कम खेलेको शीर्ष स्थानको रियल मड्रिडको ४० अंक छ ।
राति नै भएको खेलमा सेल्टा डि भिगोले मालागालाई ३–१ तथा रियल बेटिसले लेगानेसलाई २–० ले हरायो । एथ्लेटिको बिल्बाओ र एलाभेसले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
एजेन्सी - विश्वभर कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३० लाख २३ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन हप्किन्स विश्वविद्यालयको... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस