काठमाडौं-ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा ड्रोन क्यामेरा प्रयोग गर्ने भएको छ ।
शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखाको कार्यालय रामशाहपथमा आयोजित एक कार्यक्रममा एनएमबी बैंकका प्रबन्ध निर्देशक उपेन्द्र पौडेलले ३ लाख ५० हजार बराबरको आधुनिक ‘प्यान्टम फोर प्रो’ मोडलको ड्रोन महाशाखालाई हस्तान्तरण गरेका हुन् ।
जाम हुने उपत्यकाका मुख्य सडक र चोकहरुमा ट्राफिक प्रहरीले ड्रोन क्यामेराबाट सडकको अवस्थाको प्रत्यक्ष जानकारी लिनेछ ।
‘उपत्यकाभित्रको बढ्दो ट्राफिक जाम र ट्राफिक उल्लंघनका घटनालाई मध्यनजर गर्दै हामीले महाशाखालाई ड्रोन हस्तान्तरण गरेका हौँ,’ पौडेलले भने।
ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रकाश अर्यालले ट्राफिक प्रहरीले ट्राफिक व्यपस्थापनमा एकपछि अर्को प्रविधि भित्र्याउँदै आएकोले उपत्यकाको ट्राफिक प्रहरी व्यवस्थापन पनि सहजतर्फ उन्मुख भएको बताए ।
काेलाेम्बाे - सरकारले रूसमा विकास गरिएको स्पुतनिक–भी र भारतमा विकास गरिएको कोभ्याक्सीनलाई प्रयोगका लागि अनुमति दिइएको हो । श्रीलङ्काको पत्रिका द... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस