काठमाडौँ-अवैध बिदेशी मुद्रा सहित बा.१ य १२३२ नम्बरको स्कर्पियो गाडीका चालक पेम्बा तामाङ्ग, चाईनिज नागरीक चाङ तोङ फाङ, चौ स्लिडयन, चाउ लियाङ फङलाई प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न व्यक्तिहरुले ठुलो परिमाणमा अमेरीकी डलर, युरो लगायत विभिन्न देशका मुद्राहरु राजश्व छली गरी अवैध रुपमा ओसारपसार तथा कारोबार गर्ने गरेको गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो |
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले शनिबार चन्द्रागिरी नगरपालिका–३ नागढुंगामा शंकास्पद सवारी साधनहरु चेकजाँच गर्ने क्रममा उक्त गाडीलाई शंका लागि चेकजाँच गर्दा उनीहरुको साथमा रहेको हेण्ड ब्याग तथा सुटकेशमा लुकाई छिपाई ल्याएको युएस २,७४,१५१ युरो १,२८,८५० अष्ट्रेलियन डलर ४,६५० क्यानेडियन डलर २,५०० जापानी येन २२,०८,००० चाईनिज युयान ३,१७२ स्वीस फ्रयांक २,००० हङकङ डलर ३० मुद्रा बरामद गरेको हो ।
बरामद विदेशी मुद्राको नेपाली ४,७१,१३,७९०।– (चार करोड एकहत्तर लाख तेह्रहजार सात सय नब्बे रुपैया) रहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान कार्य जारी राखेको छ ।
नयाँदिल्ली - भारतमा गत २४ घण्टामा थप २ लाख १७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको संख्या एक करोड ४२ लाख ९१ हजार... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस