hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Tue, 02, Mar, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / बिमा

पैसा जोगाएर राख्नुस , पाँच कम्पनीको एफपिओ आउदै

९ माघ २०७३, आईतवार १८:२१ मा प्रकाशित (4 बर्ष अघि) अनुमानित पढ्ने समय : २ मिनेट
hotpati admin

काठमाडौं – पछिल्लो समय फर्दर पब्लिक अफरिङ (एफपिओ)मा सर्वसाधारणको उल्लेख्य आकर्षण बढेको पाइन्छ।यसअघि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको एफपिओ निश्कासन गर्दा ५१ अर्ब ८८ करोड रुपैयाँ संकलन हुनुले यसैको पुष्टि गर्दछ।

एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सृजेश घिमिरे आईपिओमा भन्दा धेरै रकम लगानी हुने र बजारमाभन्दा सस्तो मूल्यमा पाइने भएकाले पनि एफपिओमा आकर्षण बढेको बताउँछन्।

‘एफपिओ हात लागेको भोलिपल्ट बजार मूल्यमा बेच्न पाइन्छ’ घिमिरेले सेतोपाटीसित भने ‘अर्को कुरा संचालन भएर नाफामा गएका कम्पनीले मात्रै जारी गर्ने भएकाले विश्वास पनि बढेको हो।’ एफपिओका लागि धितोपत्र बोर्डका केही कँसिला मापदण्डले पनि यसप्रति सर्वसाधारणको विश्वास बढ्दै गएको सरोकारवालाहरु बताउँछन्।

पछिल्ला तीन वर्ष लगातार नाफामा चलेको हुने, प्रिमियम रकम जगेडा कोषमा गएपछि बोनस सेयर पाइनेजस्ता कारणले पनि एफपिओमा आकर्षण बढेको हो। एफपिओको घोषणा गरेपछि बजारमा समेत कम्पनीको मूल्य सामान्यतः बढ्ने गरेको पाइन्छ।

हाल बैंक र बिमासहित पाँच कम्पनीले एफपिओ निश्कासनको प्रक्रिया अघि बढाएका छन्। दुई वाणिज्य बैंकहरु स्टाण्डर्ड चार्टड र एनएमबि बैंक तथा तीन बिमा कम्पनीहरु प्रिमियर, सगरमाथा र शिखर इन्स्योरेन्सले एफपिओ निश्कासन गर्ने छन्। तिमध्ये सबैभन्दा पहिला स्टाण्डर्ड चार्टडको आउनेछ।

स्टाण्डर्ड चार्टड बैंक
यतिबेला लगानीकर्ताको सबैभन्दा प्रतिक्षित विषय बनेको छ स्टाण्डर्ड चार्टड बैंकको एफपिओ। नेपाल लाइफ इन्स्योरेन्समा हालेको रकम फुकुवा भएपछि मात्रै एफपिओ आएमा रकमको जोहो गर्न सजिलो हुने कतिपयको सोच छ।

कतिपय भने फुकुवा नहुँदै आएमा आवेदन केही कम पर्न सक्ने र त्यसको लाभ आफूले लिन सक्ने अड्कलबाजीमा छन्। कम्पनीले अहिलेसम्म धितोपत्र बोर्डमा आवेदन दिएको छैन। स्टाण्डर्ड चार्टडको यसै साताभित्र नेपाल धितोपत्र बोर्डमा आवेदन दिने तयारीमा रहेको बिक्री प्रवद्र्धक एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत घिमिरेले जानकारी दिए।

‘यसै साताभित्र हामीले एफपिओ स्वीकृतिका लागि आवेदन दिने तयारीमा छौँ, प्रक्रिया चाँडो भएमा सम्भवतः फागुनको अन्त्यसम्ममा स्टाण्डर्ड चार्टडको एफपिओ जारी गर्नेछौँ’ उनले भने।

दोस्रो कुरा कम्पनीले भनेको मूल्यमै एफपिओ आउने हो कि केही घट्छ भन्नेमा पनि लगानीकर्ताको ध्यान खिचिएको छ। कम्पनीले प्रतिकित्ता १२ सय ९० रुपैयाँ तोकेको छ। बजारमा मूल्य प्रतिकित्ता २२ सय रुपैयाँको हाराहारीमा छ। २५ लाख ५८ हजार १ सय ४० कित्ता एफपिओ जारी हुनेछ।२५ करोड ५८ लाख रुपैयाँ प्रत्येक्ष र जगेडा कोषमा जाने रकमबाट समेत बोनस दिएर कम्पनीले ३ अर्ब ३० करोड पुँजी थप्ने छ।

 
एनएमबि बैंक
एनएमबि बैंकले पनि एफपिओ जारी गरेर सर्वसाधारणको लगानी हिस्सा बढाउने भएको छ। यसअघि पुस २४ गते बसेको साधारणसभाले एफपिओको निर्णयलाई पारित गरेको छ। एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत घिमिरेका अनुसार एफपिओपछि हाल रहेको संस्थापक र सर्वसाधारणको ६४ तथा ३६ को अनुपात ५१ तथा ४९ कायम हुनेछ।

यसअघि अन्तर्राष्ट्रिय साझेदार नेदरल्याण्डको एफएमओले ९४ लाख कित्ता एफपिओ प्रतिकित्ता २५० का दरले किनेर संस्थापक हिस्सा बढाएको छ। बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५ सय रुपैयाँको हाराहारीमा छ। ८८ करोड रुपैयाँ एफपिओबाट जुटाउने एनएमबिको तयारी छ।

प्रिमियर इन्स्योरेन्स
प्रिमियर इन्स्योरेन्सले ६ लाख ५९ हजार ५ सय ६५ कित्ता एफपिओ निश्कासन गर्ने भएको छ। कम्पनीको पुस १४ गते बसेको साधारणसभा बैठकले एफपिओ निश्कासनको निर्णय पारित गरेको हो। कम्पनीका डेपुटी जनरल म्यानेजर सहदेव तिवारीका अनुसार यसका लागि कम्पनीले एनएमबि क्यापिटल मार्केटलाई बिक्री प्रवन्धकको रुपमा नियूक्ति गरिसकेको छ।

‘अब क्रेडिट रेटिङको काम अघि बढिसकेको छ, यसै आर्थिक वर्षभित्र एफपिओ निश्कासन गर्ने तयारी छ’ सेतोपाटीसितको कुराकानीमा उनले भने। बजारमा हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४ सय रुपैयाँको हाराहारीमा रहेको छ।

 

शिखर इन्स्योरेन्स
गत पुस ८ गते बसेको शिखर इन्स्योरेन्सको बाह्रौ वार्षिक साधारणसभाले चुक्ता पुँजीको १० प्रतिशत एफपिओ निश्कासन गर्ने निर्णय गरेको हो। यसअनुसार १३ लाख ६९ हजारभन्दा बढी कित्ता हुन आउने कम्पनीका सहायक म्यानेजर सुजित श्रेष्ठले जानकारी दिए।

‘साधारणसभाले बाटो खोलिसकेको छ, रेटिङ गर्ने, इस्यु म्यानेजर नियूक्ति गर्ने लगायतका प्रक्रियागत काम भने बाँकी छ’ उनले सेतोपाटीलाई भने।

संस्थापकको हिस्सा घटाएर साधारण सेयरको ४० प्रतिशत बढी कायम गर्ने उद्देश्यले कम्पनीले एफपिओ जारी गर्ने भएको हो। कम्पनीको बजारमा सेयर मूल्य प्रतिकित्ता २१ सय रुपैयाँको हाराहारीमा छ। गत आर्थिक वर्षमा पनि कम्पनीले ६ लाख बढी कित्ता एफपिओ जारी गरेको थियो।

 

सगरमाथा इन्स्योरेन्स
त्यस्तै सगरमाथा इन्स्योरेन्सले पनि साधारण सेयरको हिस्सा ४० प्रतिशत कायम गर्न प्रिमियममा एफपिओ निश्कासन गर्ने भएको छ। कम्पनीको पुस २७ गते बसेको २० औं साधारणसभा बैठकले एफपिओ निश्कासन गर्नका लागि संचालक समितिलाई अख्तियारी दिएको छ।

सेयर शाखाका अधिकारी सुवोधलाल श्रेष्ठका अनुसार कति कित्ता एफपिओ निश्कासन गर्ने भन्ने बारेमा भने निर्णय हुन बाँकी छ। सेतोपाटीसित कुराकानी गर्दै उनले भने ‘अख्तियारी दिइसकेपछि प्रक्रिया सुरु भयो, प्रिमियम रकम तथा कित्ताको सम्वन्धमा निर्णय हुन बाँकी छ।’

केही महिनामै ठोस निर्णय हुने उनले जानकारी दिए। कम्पनीको बजारमा सेयर मूल्य प्रतिकित्ता साढे ११ सय रुपैयाँको हाराहारीमा छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

बिमा सम्बन्धि थप

  • नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण शेयरमा १८ अर्बको आवेदननेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण शेयरमा १८ अर्बको आवेदन
  • नेप्से दोहोरो अङकले घट्दा ६ अर्ब ७६ करोडको कारोबारनेप्से दोहोरो अङकले घट्दा ६ अर्ब ७६ करोडको कारोबार
  • नेप्सेमा झिनो गिरावट : रु पाँच अर्बको कारोवारनेप्सेमा झिनो गिरावट : रु पाँच अर्बको कारोवार
  • नेप्सेमा उछाल, सात अर्बको कारोवारनेप्सेमा उछाल, सात अर्बको कारोवार

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    कर्णालीका सुर्खेतबाहेक सबै जिल्ला कोरोना सङ्क्रमणमुक्त

    कर्णालीका सुर्खेतबाहेक सबै जिल्ला कोरोना सङ्क्रमणमुक्त

    सरकारसँग वार्ता गर्न विप्लब समूहले बनायो दुई सदस्यीय बार्ता टोली

    सरकारसँग वार्ता गर्न विप्लब समूहले बनायो दुई सदस्यीय बार्ता टोली

    ट्रम्प दम्पतीले कोरोनाको खोप जनवरीमै लगाएका थिएः पूर्व सल्लाहकार

    ट्रम्प दम्पतीले कोरोनाको खोप जनवरीमै लगाएका थिएः पूर्व सल्लाहकार

    छात्रा बेहोस हुन थालेपछि विद्यालय बन्द

    छात्रा बेहोस हुन थालेपछि विद्यालय बन्द

    अमेरिकाले जोन्सन एन्ड जोन्सनको ४० लाख डोज खोप मङ्गलबारसम्ममा वितरण गर्ने

    अमेरिकाले जोन्सन एन्ड जोन्सनको ४० लाख डोज खोप मङ्गलबारसम्ममा वितरण गर्ने

    बेलायती राजकुमार फिलिपलाई अर्को अस्पतालमा लगियो

    बेलायती राजकुमार फिलिपलाई अर्को अस्पतालमा लगियो

    भागरथीको परिवारलाई कोरियाबाट आर्थिक सहयोग

    भागरथीको परिवारलाई कोरियाबाट आर्थिक सहयोग

    ट्रक आपसमा जुद्धा दुई चालकको मृत्यु

    ट्रक आपसमा जुद्धा दुई चालकको मृत्यु

    सरकारसँग वार्ता गर्न विप्लब समूहले बनायो दुई सदस्यीय बार्ता टोली

    सरकारसँग वार्ता गर्न विप्लब समूहले बनायो दुई सदस्यीय बार्ता टोली

    केरुङ नाका सोमबारदेखि पुनःसञ्चालन हुँदै

    केरुङ नाका सोमबारदेखि पुनःसञ्चालन हुँदै

    विद्यालयमा आगलागी हुँदा एक करोडको क्षति

    विद्यालयमा आगलागी हुँदा एक करोडको क्षति

    प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

    प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

    देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्ने

    देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्ने

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    छात्रा बेहोस हुन थालेपछि विद्यालय बन्द

    छात्रा बेहोस हुन थालेपछि विद्यालय बन्द

    भागरथीको परिवारलाई कोरियाबाट आर्थिक सहयोग

    भागरथीको परिवारलाई कोरियाबाट आर्थिक सहयोग

    जापानसँग वार्ताका लागि तयार रहेको दक्षिण कोरियाका राष्ट्रपतिको भनाई

    जापानसँग वार्ताका लागि तयार रहेको दक्षिण कोरियाका राष्ट्रपतिको भनाई

    घरबासमा लोकसंस्कृति र पञ्चेबाजा

    घरबासमा लोकसंस्कृति र पञ्चेबाजा

    सुल्झाइँदै दुई जिल्लाको सिमा विवाद

    सुल्झाइँदै दुई जिल्लाको सिमा विवाद

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    ट्रम्प दम्पतीले कोरोनाको खोप जनवरीमै लगाएका थिएः पूर्व सल्लाहकार

    ट्रम्प दम्पतीले कोरोनाको खोप जनवरीमै लगाएका थिएः पूर्व सल्लाहकार

    वासिङ्टन -  अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतीले कोरोनाविरुद्धको खोप पहिले नै लगाउनु भएको तथ्य सार्वजनिक भएको छ । उहाँहरुले...  विस्तृतमा

    अमेरिकाले जोन्सन एन्ड जोन्सनको ४० लाख डोज खोप मङ्गलबारसम्ममा वितरण गर्ने

    अमेरिकाले जोन्सन एन्ड जोन्सनको ४० लाख डोज खोप मङ्गलबारसम्ममा वितरण गर्ने

    बेलायती राजकुमार फिलिपलाई अर्को अस्पतालमा लगियो

    बेलायती राजकुमार फिलिपलाई अर्को अस्पतालमा लगियो

    राष्ट्रसंघीय अधिकार विज्ञद्वारा नाभाल्नीमाथिको विष आक्रमण छानबिन गर्न आग्रह

    राष्ट्रसंघीय अधिकार विज्ञद्वारा नाभाल्नीमाथिको विष आक्रमण छानबिन गर्न आग्रह

    भारतका उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्टलाई कोरोनाको खोप

    भारतका उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्टलाई कोरोनाको खोप

    नाभाल्नीलाई मस्कोबाट २०० किलोमिटर पूर्व भ्लादिमिर क्षेत्रमा राखिने

    नाभाल्नीलाई मस्कोबाट २०० किलोमिटर पूर्व भ्लादिमिर क्षेत्रमा राखिने

    अमेरिकाले जोन्सनको खोपलाई दियो अनुमति

    अमेरिकाले जोन्सनको खोपलाई दियो अनुमति

    बेल्जियमको जेलमा कोभिड–१९ फैलिएपछि कैँदीका आफन्त प्रदर्शनमा

    बेल्जियमको जेलमा कोभिड–१९ फैलिएपछि कैँदीका आफन्त प्रदर्शनमा

    म्यान्मारमा सेनाले चलाएको गोली लागेर तीन प्रदर्शनकारी मारिए

    म्यान्मारमा सेनाले चलाएको गोली लागेर तीन प्रदर्शनकारी मारिए

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑