सोल-दक्षिण कोरियाको सरकारी सञ्चार संस्था योनहाप समाचार संस्थाले सरकारी स्रोतलाई उद्धृत गर्दै उत्तर कोरियाली नेता किम जोङ उनका दाइलाई मलेसियाका प्रहरीले हत्या गरेको मृत्यु भएको समाचार प्रकाशित गरेका छन्।
समाचार अनुसार मलेसियाको प्रहरीले जोङका सौतेनी दाइ किम जोङ नामलार्इ मलेसियाको राजधानी क्वालालम्पुरमा मारेको पुष्टि गरेको हो।
मलेसियाको प्रहरीका अनुसार क्वालालम्पुरको विमानस्थलमा ४५ वर्षीय किम जोङ नामलाई निशाना बनाइएको थियो ।
त्यसैगरि बिबिसीले मलेसियाको प्रधानमन्त्री कार्यालय निकट स्रोतलाई उद्धृत गर्दै उनी मारिएको पुष्टि भएको बताएको छ। अहिले उनको शवको जाँचबुझ भइरहेको मलेसियाली प्रहरीले जनाएको छ।
मलेसियाका एक वरिष्ठ प्रहरी अधिकारीले सोमबार विमानस्थलबाट अस्पताल जाने क्रममा किम जोङ नाम गरेका व्यक्तिको मृत्यु भएको बताएको बिबिसीले जनाएको छ। मृत्यु भएका भनिएका किम उत्तर कोरियाका भूतपूर्व नेता किम जोङ इलका जेठा छोरा हुन् ।
यस अघि किम सन् २००१ मा नक्कली राहदानीको प्रयोग गरेर जापान जाने क्रममा पक्राउ परेका थिए। कुनै समयमा किम जोङ इलका सम्भावित उत्तराधिकारी ठानिएका किमको त्यो घटनापछि आफ्ना पितासँग सम्बन्ध बिग्रिएको थियो।
बुबासँग सम्बन्ध बिग्रिएसँगै जोङ इलको उत्तराधिकारी कान्छा भाइलाई बनाउने निर्णयसँगै किम जोङ सार्वजनिक रुपमा देखिएका थिएनन् । उनले यसअघिको समय समेत विदेशमै बिताएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
उनको हत्या कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको बताइए पनि हत्याको प्रक्रियाबारे भने केही बताइएको छैन् ।
काराकास - भेनेजुएलाले युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएला विरुद्ध... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस