काठमाडौं- रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षाको भोलिदेखि भर्न पाइने भएको छ ।
वैदेशिक रोजगार विभागको ईपीएस शाखाले अनलाइन फारम भर्ने प्रणाली सुरु गरेको हो । जसअनुसार परीक्षार्थीले आफैं फारम भर्न सक्ने छन् । विगतका समयमा फारम भर्नका लागि परीक्षार्थीलाई रातभर लाइनमा बस्नुपर्ने बाध्यता थियो । अब भने फारम घर वा कार्यालय जुनसुकै ठाउँबाट पनि भर्न सकिने भएको हो |
आवेदन खुलेपछि अनलाइन फारम भर्न www.eoers.epsnepal.gov.np लग–इन गर्नुपर्छ । यो साइटमा गएर मागिएका कुरा भरेपछि परीक्षार्थीको इमेलमा प्रवेशपत्र आउँछ । यो प्रवेश पत्रलाई रङ्गीन प्रिन्ट गर्नुपर्छ र परीक्षा दिन जाँदा सक्कली एमआरपीसँगै लिएर जानुपर्छ ।
अनलाइन फारम भर्नका लागि ईपीएस शाखाले तोकेको ग्लोबल आईएमई बैङ्कको शाखामा आवेदन शुल्क बुझाउनु पर्छ । बैङ्कले पैसा जम्मा गरेको कोड दिन्छ । यो कोड अनलाइन फारम भर्दा आवश्यक पर्छ । अर्को कुरा तपाईंसँग एमआरपी (मेसिन रिडेबल पासपोर्ट) हुनु अनिवार्य छ ।
फारम भर्दा एकजना व्यक्तिले एउटै मात्र क्षेत्रमा आवेदन दिनुपर्छ । पछि रोजगारका लागि फारम भर्दा पनि परीक्षा फारममा भरेको क्षेत्रमा भर्नुपर्ने हुन्छ । जस्तै ः तपाईंले उत्पादनका क्षेत्रमा फारम भर्नुभएको छ भने रोजगारका लागि आवेदन फारम भर्दा उत्पादन क्षेत्रलाई नै उल्लेख गर्नुपर्छ ।
उत्पादनमूलक क्षेत्रमा फारम भरेकाले तीनवटा उपक्षेत्र छान्न पाउनेछन् । कृषिमा फारम भरेकाले भने दुईवटा उपक्षेत्र छान्नुपर्छ ।
सन् २०१८ मा उत्पादनको क्षेत्र र कृषिमा गरी १० हजार २ सय नेपाली कामदार कोरिया जाँदैछन् । जसमा उत्पादनमूलक क्षेत्रमा ४ हजार र कृषिको क्षेत्रमा ६ हजार नेपाली कामदार कोरिया जाँदैछन् ।
ईपीएस परीक्षा आगामी २०७४ जेठ २७ र २८ गते हुँदैछ । परीक्षा केन्द्र र समय भने जेठ १९ गते सार्वजनिक गरिने ईपीएस कोरिया शाखाले जनाएको छ |
लन्डन – बोलायतको अर्थतन्त्र गत नोभेम्बर महिनामा २.६ प्रतिशतले खुम्चिएको सरकारले शुक्रबार सार्वजनिक गरेको तथ्याँकमा उल्लेख छ । कोरोनाभाइरसको दोस्रो... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस