नेपाली संगितको इतिहासमा आज एउटा ईटा थपिएको छ । धेरै पहिलादेखिको कडा मेहेनत र लगन पछि गायक नारायण गजमेरले “निश्चल” नामक मुजिकल एल्बम बजारमा ल्याएका छन् ।
तरन ईन्टरटेन्ट द्वारा संयुक्त राज्य अमेरिकाको सिकागो शहरमा आयोजना गरिएको एक भव्य कार्याक्रममा ख्यातिप्राप्त गायक निमा रूम्बाको हातबाट यो एल्वम बिमोचन भएको थियो । कार्यक्रममा ख्याति प्राप्त गायक निमा रूम्बा र बेन्ड द्वारा नेपाली गीत संगीत प्रस्तुत गरिएको थियो । भौतिक रूपमा बिदेशी भुमीमा रहेता पनि तन मन नेपालमै रहेको नारायण गजमेर बताउँछन् । उनी यतिखेर नेपाली कला संस्कृतिलाई जोगाई राख्न लागिपरेका छन । अर्काको देशमा गएर दुःख गरेर समेत नेपाली गीत संगीतमा समय खर्चिने धेरै व्यक्तिहरुको सुचीमा रहेको छन उनी । त्यहि सूचीभित्र पर्न सफल एक नाम बनेका छन् गजमेर । बहुमुखी प्रतिभाको धनी उनी निरन्तर रुपले नेपाली गीत संगीतमा अग्रसर रुपमा लागेका छन् । धेरै उत्कृष्ट गीत संगीतहरु नेपाली दर्शक श्रोताहरुलाई प्रस्तुत गरेर सबैको मनमा आफ्नो छुट्टै पहिचान बनाईसेका उनले आफ्नो प्रस्तुतिलाई अझै बढी निखार्दै गईरहेका छन् । त्यसको फलस्वरूप उनले बिभिन्न गीतकारहरूको शब्दलाई बरिष्ट संगितकारहरूको धुनमा गायक गजमेरको स्वरमा सात वटा गीत समाबेश गरिएको छ । गीतहरु मार्मिक अनि सान्दर्भिक र मनोरंजनात्मक रहेका छन् । नेपाली गीत संगीतमा निरन्तर रुपमा लागि परेका गायकले सोही एल्बम भित्र रहेको हेप्पी भेलेन्टाईन नामक गीतको म्यूजिक भिडियो भर्खरै युटुबमा रिलिज गरेका छन् । मेहेनत र लगनको हिसाबले दर्शक श्रोताहरुले पनि उनलाई धेरै माया र साथ दिइरहेका छन् । त्यहि माया र साथले नै आफुलाई उर्जा मिल्ने र अझै राम्रो प्रस्तुति बाहिर लिएर आउन सक्ने कुरा गायकले प्रष्ट पारेका छन्
वासिङ्टन - अफगानिस्तान र इराक दुबै मुलुकमा अमेरिकी सेनाको सङ्ख्यालाई यही जनवरी १५ सम्ममा दुई हजार ५०० मा झारिएको पेन्टागनले शुक्रबार जनाएको छ । दुबै... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस