काठमाडौं – लस एन्जल्सबाट सञ्चालित बजनेट नामक सोसल मिडिया नेटवर्कले गरेको पोलमा गायिका वियोन्से विश्वकै सर्वाधिक सुन्दरीमा सूचीकृत भएकी छन् भने उनलाई बलिउड नायिका प्रियंका चोपडाले पछ्याएकी छन् ।
अमेरिकी टिभी सिरिज ‘क्वान्टिको’ एक्ट्रेस प्रियंकाले मोडल टेलर हिललाई तेस्रो स्थानमा छोडेकी हुन् । फिल्म ‘बेवाच’ मार्फत् हलिउड डेब्यु गर्न लागेकी प्रियंका पछिल्ला समय हुने गरेका सौन्दर्यसम्बन्धी पोलमा अगाडि रहँदै आएकी छन् । त्यसो त उनी लगातार दुई वर्ष पिपुल्स च्वाइस अवार्ड पनि जित्न सफल बलिउड नायिका हुन् ।
सर्वाधिक सुन्दरीको सूचीमा एम्मा वाट्सन चौथो, डाकोटा जोहन्सन पाँचौं स्थानमा अटाएका छन् भने हिलारी क्लिन्टन छैटौंमा परेकी छन् । जबकी हलिउडकी चर्चित नायिका एन्जेलिना जोली आठौं सुन्दर महिलाका रुपमा मत पाएकी छन् । यस वर्षको ओस्कार अवार्ड विजयी नायिका एम्मा स्टोन भने १२ औं नम्बरमा परेकी छन् ।
प्रियंका फिल्म नायिका हुँदै यतिबेला आफूलाई गायिकाका रुपमा पनि चिनाउन तल्लीन छिन् । गीत नै गाउन अमेरिका छिरेकी थिइन् प्रियंका । फिल्ममा पनि भिन्न चरित्र निर्वाहका लागि प्रयोग गरिरहन रुचाउने ३३ वर्षीया प्रियंका वास्तविकतामा पनि विभिन्न भूमिकामा आफूलाई सिद्ध गर्न चाहन्छिन् ।
हालै उनले आफ्नो इन्स्टाग्राममा पेन्टिङ गर्दै गरेको फोटो सेयर गरेकी छन् । क्याप्सनमा उनी आफू पेन्टिङ सिक्दै गरेको पनि खुलाउनुले प्रियंकाको पेन्टिङ आर्टिस्ट हुने मोह पनि झल्कन्छ । त्यसो त बलिउडमा सलमान खान र सोनाक्षी सिन्हा पनि फुर्सदको समयमा आफूलाई पेन्टिङ बनाउनमा व्यस्त राख्छन् ।
लन्डन – बोलायतको अर्थतन्त्र गत नोभेम्बर महिनामा २.६ प्रतिशतले खुम्चिएको सरकारले शुक्रबार सार्वजनिक गरेको तथ्याँकमा उल्लेख छ । कोरोनाभाइरसको दोस्रो... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस