सोल – दक्षिण कोरियाली रक्षा मन्त्रालयले उत्तर कोरियाले गरेको एउटा क्षेप्यास्त्र परीक्षणको प्रयास विफल भएको बताएको छ।अमेरिकी रक्षा मन्त्रलाय पेन्टागनले उक्त परीक्षणको पुष्टि गर्दै सो ब्यालेस्टिक क्षेप्यास्त्र तत्कालै पडकिएको जनाएको छ।
शनिबार मात्रै एक जना उत्तर कोरियाली सैनिक अधिकारीले अमेरिकाले कुनै किसिमको आक्रमण गरे जवाफ दिन तयार रहेको प्रतिक्रिया दिएका थिए।
कोरियाली प्रायद्वीपमा तनाव बढ्दै जाँदा यसअघि चीनले त्यहाँ जुनसुकै बेला द्वन्द्व शुरु हुन सक्ने चेतावनी दिएको थियो।
उत्तर कोरियाको पूर्वी तटीय क्षेत्रमा अवस्थित सिन्पो नजिकै गरिएको उक्त परीक्षण गरिएको खबर उत्तरले आफ्ना संस्थापक नेताको सम्मानमा भव्य परेड आयोजना गरेको भोलिपल्टै आएको हो।
सो सैन्य प्रदर्शनीमा नयाँ प्रकृतिका ब्यालेस्टिक क्षेप्यास्त्रहरु पनि देखाइएका थिए।तर आइतबार परीक्षण गरिएको क्षेप्यास्त्रको प्रकार भन्ने अझै खुलेको छैन्।
दक्षिण कोरियाली रक्षा मन्त्रालयले उत्तर कोरियाले प्रकार नखुलेको क्षेप्यास्त्र परीक्षणको प्रयास गरेको र त्यो असफल भएको जानकारी दिएको छ।
उसले त्यसबारे आफूले थप छानविन गरिरहेको पनि जनाएको छ।
यसअघि नै उत्तर कोरियाले पाँच वटा परमाणु अस्त्र परीक्षण गरेको छ र श्रृखंलाबद्ध रुपमा क्षेप्यास्त्रहरुको परीक्षण गरेको छ।अमेरिकी सेनाको प्रशान्त महासागरमा रहेको कमान्डले उक्त असफल परीक्षणको पुष्टि गरेको छ।
यसैबीच अमेरिकी उपराष्ट्रपति माइक पेन्स उत्तर कोरियाको क्षेप्यास्त्र तथा परमाणु कार्यक्रमबारे छलफल गर्न दक्षिण कोरियाको राजधानी सोल पुग्दैछन्।
यसअघि यसै महिनाको सुरुमा चीन र अमेरिकी नेताहरुबीच वार्ता चलिरहँदा उत्तर कोरियाले उक्त क्षेत्रबाटै एउटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो। बिबिसीले जनाएको छ |
पाल्म बिच- अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो गृहराज्य फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना गरेका छन्... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस