काठमाडौं – नेपालको सेयरबजारमा एक अर्ब रुपैयाँ बराबरको अर्को सामुहिक लगानी कोष थपिने भएको छ । लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी क्यापिटललाई एक अर्ब रुपैयाँ बराबरको लक्ष्मी इक्विटी फन्ड जारी गर्न धितोपत्र बोर्डले अनुमति प्रदान गरेको छ ।
यसअघि ४० करोडको सामुहिक लगानी कोष लक्ष्मी भ्यालु फण्ड जारी गरेको लक्ष्मी क्यापिटलको यो दोस्रो सामुहिक लगानी कोष हो । सात बर्षे बन्दमुखी लक्ष्मी इक्विटी फण्डको प्रति इकाई १० रुपैयाँ मूल्यको एक अर्ब बराबरको दश करोड ईकाई निष्कासन गर्ने अनुमति बोर्डले दिएको हो। कम्पनीले अबको तीन साता भित्र ईकाइ जारी गर्नेछ ।
नेपालमा हालसम्म दश वटा म्युुचुुअल फण्डहरु संचालनमा रहेका छन । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम १, सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्कीम, लक्ष्मी भ्यालु फण्ड,नवील ब्यालेन्स फण्ड १, एनआइबिएल समृद्धि फण्ड,एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड,ग्लोबल आइएमई समुुन्नति स्कीम, एनएमबी हाइब्रिड फण्ड १ र नवील इक्वीटी फण्ड संचालनमा रहेका छन ।
शेयर बजारमा जोखिम मूल्याङकन गरी लगानी गर्न नसक्नेहरुका लागि यस्ता सामुहिक लगानी कोष निकै उपयोगी हुने गरेका छन् । यस्ता कम्पनीहरुले शेयर बजारमा कम्पनीको अबस्था, संस्थागत सुशासन, प्रगति गर्नसक्ने संभावना, जोखिमको अबस्थालगायतका बिषय मूल्याङकन गरी लगानी गर्ने हुँदा ईकाईधनी सर्बसाधारणले ढुक्कले प्रतिफल पाउने गर्छन ।
बर्षेनी ईकाईधनीले लाभांश पाउनुकासाथै अवधि समाप्त भएपछि जम्मा प्रतिफलसहितको एकमुष्ट रकम फिर्ता पाउने भएकाले सामुहिक लगानी कोष अति नै सुरक्षित मान्निछ । पछिल्लो समयमा सेयरबजारका लगानीकर्ताको आर्कषण यस्ता सामुहिक कोषहरुमा बढ्दै गएको देखिन्छ ।
काठमाडौँ - भारत सरकारले नेपालसहित भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई कोभिड–१९ विरुद्धको खोप अनुदान सहायता स्वरुप उपलब्ध गराउने घोषणा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस