सोल – अमेरिकाका उपराष्ट्रपति माइक पेन्स आइतबार दक्षिण कोरिया पुगेका छन् । एसियाको पहिलो भ्रमणको रुपमा उनले आइतबार दक्षिण कोरिया पुगेका हुन् |
भ्रमणका क्रममा अमेरिकी उपराष्ट्रपति पेन्सले दक्षिण कोरियाली उच्च व्यक्तित्वसँग उत्तर कोरियाको क्षेप्यास्त्र तथा परमाणु कार्यक्रमबारे छलफल गर्ने बताइएको छ ।
उत्तर कोरियाले असफल व्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेकै बेला उनले दक्षिण कोरियाको भ्रमण गरेका हुन् । उत्तर कोरियाले पूर्वी सिन्पो सहरबाट सो क्षेप्यास्त्र परीक्षण गरेको थियो ।
अमेरिका र उत्तर कोरियाको सम्बन्ध पछिल्लो समयमा थप नराम्रो हँदै गइरहेको छ ।उनले दक्षिण कोरियाको राष्ट्रपतिको समेत जिम्मेबारी सम्हाल्नु भएका प्रधानमन्त्री ह्वाङ क्योहनसँग भेटबार्ता गर्ने कार्यक्रम रहेको छ ।
तत्कालिन राष्ट्रपति पार्क गेउन हाइ भ्रष्टाचार गरेको महाअभियोग लागेर पदमुक्त भएकाले प्रधानमन्त्री क्योहनले राष्ट्रपतिको समेत जिम्मेबारी पाएका हुन् ।
उप राष्ट्रपति पेन्सले दक्षिण कोरियाको संसदका सभामुख चुङ से क्युनका साथै अन्य शिर्ष व्यक्तित्व तथा व्यवसायीहरुलाई पनि भेट्ने भ्रमण तालिका रहेको छ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक अलेक्सी नभाल्नीलाई मस्कोबाट २०० किलोमिटर पूर्वमा रहेको पूर्व भ्लादिमीर क्षेत्रमा रहेको एक जेलमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस