hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Sat, 16, Jan, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / समाचार

रोजगारीको नाममा मानव अंग तस्करी बढदो

४ बैशाख २०७४, सोमबार ०८:५९ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
hotpati admin

काठमाडौं – मानव तस्करी भन्नासाथ हामी महिला बेचबिखन सम्झन्छौं । तर, पछिल्लो दिनमा नेपालमा महिलाको तुलनामा पुरुषहरु बेचबिखनमा पर्ने क्रम बढेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ ।

वैदेशिक रोजगारीका नाममा म्यानपावर कम्पनीहरुमार्फत पुरुषहरु तस्करीमा पर्ने गरेका छन् । आर्थिक वर्ष ७१/७२ मा मात्र ३६ पुरुष बेचविखनमा परेको उजुरी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा परेको छ ।

अधिकांश पुरुषहरु ‘सेक्युरिटी गार्ड’मा काम गर्ने नाममा नाइजेरियामा तस्करी हुने गरेको फेला परेको छ । जहाँ उनीहरुलाई घरेलु कामदार, श्रम शोषण तथा मानव अंग तस्करीका लागि लगिने गरेको पाइएको छ ।

साथै मानव तस्करीको अवस्था भयावह बन्दै गएको सरोकारबालाहरुले बताएका छन् । उनीहरुका अनुसार छिमेकी देश भारतदेखि नाइजेरियासम्म नेपालका महिला तथा पुरुषहरु बेचिन थालेका छन् ।

नेपाल प्रहरीको तथ्यांकअनुसार पाँच वर्षमा मानव बेचविखन सम्बन्धि उजुरीमा लगाता वृद्धि भइरहेको छ । आर्थिक वर्ष ०७२/७३ मा मानव वेचविखन सम्बन्धि उजुरी गर्नेको संख्या २ सय १२ पुगेको छ, जुन चार वर्ष अघि ११८ थियो ।

पछिल्लो तीन वर्षमा सबैभन्दा धेरै मानव तस्करी वेश्यावृत्तीका लागि हुने गरेको देखिएको छ । आव ०७२/७३ मा वेश्यावृत्तिका लागि १९२ जना बेचिएका छन् । यस्तै श्रम शोषणमा १ सय ४० जना, जर्वजस्ती विवाहका नाममा ६ जना तथा अन्य कारणवस १०९ गरी जम्मा ४४७ जना मावन तस्करीमा परेको तथ्यांकमा उल्लेख छ । यो संख्या आ.व ०७०/७१ मा १८५ तथा ०७१/७२ मा २८० मा सिमित रहेको थियो ।

पाँच वर्षको अवधिमा मानव तस्करी हुने मुख्य ठाउँमा विराटनगर पहिलो स्थानमा छ । ०७२/७३ मा विराटनगरबाट मात्र झण्डै ४५ जना मानव तस्करीमा परेका छन् ।

फैलिँदै मानव तस्करीका आयाम

नेपालमा मानव तस्करीको आयामहरु पछिल्लो समय बढ्दै गएका छन् । वैदेशिक रोजगारी, एजुकेसन कन्सल्टेन्सी, नक्कली विवाह, मनोरञ्जन, विदेशीसितको नक्कली विवाह तथा भूकम्प पीडितका नाममा मानव तस्करी हुने गरेको छ । तस्करीले श्रम शोषण, वेश्यावृत्ति, घरेलु कामदार तथा मानव अंग वेचविखनलाई समेत बढावा दिइरहेको केन्द्रीय अनुसन्धान व्युरोकी एसएसपी किरण बज्राचार्य बताउँछिन् ।

मानव बेचविखनको बिरूद्दको क्षेत्रमा सक्रिय संस्था जनअधिकार संरक्षण मञ्चका निर्देशक सतिशकुमार शर्माले चरम गरीबी, स्थान परिवर्तन, बेरोजगारी, जर्ववस्ती विवाह, लगायतले मानव तस्करीमा वृद्धि भइरहेको बताए ।

उनका अनुसार काठमाडौंको थानकोट, मुलपानी, साँखु लगायत सिन्धुपाल्चोकसँग जोडिएका ठाउँहरुमा मृगौला तस्करीमा पर्नेहरुको संख्या बढ्दोछ । उनले भने, ‘अहिले नेपालमा मानव तस्करीको संख्यामा जति वृद्धि भइरहेको छ, मानव अंग तस्करीमा पनि त्यति नै वृद्धि भइरहेको छ । त्यसमा पनि मृगौला बेचविखनको स्थिति भयावह छ ।’

मानव अंग तस्करीका तीन मात्र उजुरी

पछिल्लो समय मानव अंग तस्करी तीव्ररुपमा बढिरहेको भए तापनि अहिलेसम्म नेपाल प्रहरीमा यससम्वन्धी तीनवटा मुद्दा मात्र परेका छन् । सामाजिक परिवेश, तस्करहरुको डर-धम्कीलगायतका कारणहरुले यस्ता घटना बाहिर नआउने गरेको केन्द्रीय अनुसन्धान व्युरोले जनाएको छ ।

‘मानव अंग तस्करी सम्बन्धि घटनाहरु त धेरै भेटिएका छन्,’ ब्यूरोकी प्रहरी उपरीक्षक बज्राचार्य भन्छिन्, ‘तर पीडितको उजुरीको अभावमा यसको यकिन तथ्यांक आउन सकेको छैन ।’ बज्राचार्यका अनुसार अहिले मृगौला, छाला, स्टिम सेल, व्लड सेल, प्लाज्मा लगायतको तस्करी हुने गरेको पाइएको छ । तर, यसबारे प्रहरीमा जाहेरी खासै नपरेकाले प्रहरीले कारवाही गर्न नसकेको उनको भनाइ छ ।

मानव अंग तस्करीको गन्तव्यका रुपमा भारतको चेन्नई, चन्डिगढ, मुम्बई लगायतका ठाउँ प्रयोग हुने गरेको जनअधिकार संरक्षण मञ्चले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

समाचार सम्बन्धि थप

  • न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ ः वरिष्ठ नेता पौडेलन्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ ः वरिष्ठ नेता पौडेल
  • ‘राजाको पुल’ पुनःनिर्माणः स्थानीयवासी खुशी‘राजाको पुल’ पुनःनिर्माणः स्थानीयवासी खुशी
  • लडेर प्रहरी हवल्दारको मृत्युलडेर प्रहरी हवल्दारको मृत्यु
  • निर्वाचनको तयारीमा जुट्न आह्वाननिर्वाचनको तयारीमा जुट्न आह्वान

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

    सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

    सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

    सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

    कर्णालीमा जसपाको साङ्गठनिक एकता घोषणा

    कर्णालीमा जसपाको साङ्गठनिक एकता घोषणा

    न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ ः वरिष्ठ नेता पौडेल

    न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ ः वरिष्ठ नेता पौडेल

    अफगानिस्तान र इराकमा अमेरिकी सेनाको उपस्थिति न्यून बनाइयो

    अफगानिस्तान र इराकमा अमेरिकी सेनाको उपस्थिति न्यून बनाइयो

    सुरक्षा कारबाहीमा परी ४६ विद्रोही मारिए

    सुरक्षा कारबाहीमा परी ४६ विद्रोही मारिए

    सीमासम्बन्धी बाँकी काम चाँडो पूरा गर्ने प्रतिबद्धताका साथ संयुक्त आयोगको बैठक सम्पन्न

    सीमासम्बन्धी बाँकी काम चाँडो पूरा गर्ने प्रतिबद्धताका साथ संयुक्त आयोगको बैठक सम्पन्न

    ‘राजाको पुल’ पुनःनिर्माणः स्थानीयवासी खुशी

    प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने

    प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने

    नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

    नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

    लिमी गाउँ पाँच महिनाका लागि बन्द

    लिमी गाउँ पाँच महिनाका लागि बन्द

    परराष्ट्रमन्त्री नयाँदिल्ली प्रस्थानः सीमा विषयमा छलफल हुने

    परराष्ट्रमन्त्री नयाँदिल्ली प्रस्थानः सीमा विषयमा छलफल हुने

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ ः वरिष्ठ नेता पौडेल

    न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ ः वरिष्ठ नेता पौडेल

    ‘राजाको पुल’ पुनःनिर्माणः स्थानीयवासी खुशी

    ‘राजाको पुल’ पुनःनिर्माणः स्थानीयवासी खुशी

    लडेर प्रहरी हवल्दारको मृत्यु

    लडेर प्रहरी हवल्दारको मृत्यु

    निर्वाचनको तयारीमा जुट्न आह्वान

    निर्वाचनको तयारीमा जुट्न आह्वान

    मध्यपुरथिमिमा आइतबारदेखि विद्यालय सञ्चालन हुने

    मध्यपुरथिमिमा आइतबारदेखि विद्यालय सञ्चालन हुने

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    अफगानिस्तान र इराकमा अमेरिकी सेनाको उपस्थिति न्यून बनाइयो

    अफगानिस्तान र इराकमा अमेरिकी सेनाको उपस्थिति न्यून बनाइयो

    वासिङ्टन - अफगानिस्तान र इराक दुबै मुलुकमा अमेरिकी सेनाको सङ्ख्यालाई यही जनवरी १५ सम्ममा दुई हजार ५०० मा झारिएको पेन्टागनले शुक्रबार जनाएको छ । दुबै...  विस्तृतमा

    सुरक्षा कारबाहीमा परी ४६ विद्रोही मारिए

    सुरक्षा कारबाहीमा परी ४६ विद्रोही मारिए

    बेलायतको अर्थतन्त्र नोभेम्बरमा २.६ प्रतिशत खुम्चियो

    बेलायतको अर्थतन्त्र नोभेम्बरमा २.६ प्रतिशत खुम्चियो

    बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना सार्वजनिक

    बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना सार्वजनिक

    रोहिंग्या शरणार्थी शिविरमा आगलागी, सयौँको विचल्ली

    रोहिंग्या शरणार्थी शिविरमा आगलागी, सयौँको विचल्ली

    कोरियाली पूर्वराष्ट्रपतिलाई १८ अर्ब जरिवाना र २० बर्ष जेल सजायँ

    कोरियाली पूर्वराष्ट्रपतिलाई १८ अर्ब जरिवाना र २० बर्ष जेल सजायँ

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो पटक महाभियोग

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो पटक महाभियोग

    अमेरिकासँग चीनको व्यापार बचत बढ्यो

    अमेरिकासँग चीनको व्यापार बचत बढ्यो

    भारतको दिल्लीका विद्यालय खुल्ने

    भारतको दिल्लीका विद्यालय खुल्ने

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |

    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑