काठमाडौं – सरकारले मुलुकमा पर्याप्त रोजगारी सृजना गर्ने उद्देश्यका साथ आगामी १० वर्षमा २ सय ५० खर्ब रुपैयाँ विदेशी लगानी भित्र्याउने लक्ष्य अगाडि सारेको छ। आगामी १० वर्षमा कुनै पनि नेपाली युवा रोजगारीका लागि विदेशिनु नपर्ने गरी मुलुकमा औद्योगिक विकास आवश्यक रहेको भन्दै उद्योग मन्त्रालयले त्यसका लागि आवश्यक विदेशी लगानी भित्र्याउने लक्ष्य तय गरेको हो।
आगामी आर्थिक वर्ष २०७३—७४ का लागि बजेट तयारीका क्रममा रहेको मन्त्रालयले विभिन्न पाँचओटा प्राथमिकतालाई अगाडि सारेको छ । आगामी आर्थिक वर्षदेखि नै मन्त्रालयले मुलुकको आर्थिक समृद्धिका लागि प्राथमिकताका क्षेत्र छुट्ट्याएर कार्यक्रमको तयारी थालेको हो।
आगामी १० वर्षभित्र रोजगारीका लागि विदेशमा जान बाध्य नहुने गरी देशभित्रै रोजगारीको अवसर सृजना गर्ने उद्देश्य प्राप्तिका लागि आगामी आर्थिक वर्षदेखि नै आवश्यक कार्यक्रमहरू कार्यान्वयन गरिने मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाले बताए। त्यसका लागि अबको पहिलो वर्षमा १० खर्ब वैदेशिक लगानी भित्र्याउने र प्रत्येक वर्ष वैदेशिक लगानी वृद्धि गर्दै लैजाने गरी आवश्यक कार्यक्रम निर्माण गरिने उनले जानकारी दिए।
आगामी आवको बजेट तथा कार्यक्रममा निजीक्षेत्रका सुझावलाई समेट्न उक्त छलफल कार्यक्रम आयोजना गरिएको थियो । ‘अन्तरराष्ट्रिय लगानी सम्मेलनमा व्यक्त प्रतिबद्धताका परियोजनाहरूमा लगानीकर्तालाई सहजतापूर्वक लगानी गर्ने वातावरण निर्माण गरिनेछ,’ उनले भने।
करीब १ खर्ब रुपैयाँ लगानी भित्रिँदा १८ हजार प्रत्यक्ष तथा ४५ हजार अप्रत्यक्ष रोजगारी सृजना गर्न सकिने मन्त्रालयको प्रक्षेपण छ । यस आधारमा आउँदो पहिलो वर्षमा करीब ५० हजारलाई प्रत्यक्ष रोजगारी दिनसकिने मन्त्रालयको अनुमान छ।
लगानी सहजताका लागि प्रशासनिक अड्चन हटाएर औद्योगिक सुशासनको प्रत्याभूति दिलाउने मन्त्रालयको प्रतिबद्धता छ । त्यसबाहेक स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न लगानीमैत्री वातावरण बनाउने, लघु उद्यमशीलता विकास, औद्योगिक पूर्वाधार निर्माण र समावेशी आर्थिक समृद्धिलाई मन्त्रालयले आफ्नो पहिलो पाँच प्राथमिकताका रूपमा समेट्ने बताइएको छ।
कार्यक्रममा उद्योग मन्त्री नवीन्द्रराज जोशीले मुलुकमा आर्थिक समृद्धिका लागि औद्योगिकीकरणमार्फत रोजगारी सृजना गर्ने गरी आवश्यक कार्यक्रम र बजेट निर्माण निर्माण गर्न चाहेको भन्दै त्यसका लागि निजीक्षेत्रको सुझाव महत्त्वपूर्ण रहेको बताए।
कार्यक्रममा निजीक्षेत्रका प्रतिनिधिहरूले मुलुकमा राजनीतिक स्थायित्वसँगै नीतिगत स्थायित्वको पनि उत्तिकै आवश्यकता रहेकोमा जोड दिएका थिए । उद्योग स्थापनाका लागि जग्गाको समस्या समाधान गर्न, कच्चा पदार्थ आयात सहज बनाउन, प्रक्रियागत झन्झट हटाउन, अन्तरमन्त्रालय समन्वयलाई चुस्त बनाउन पनि उनीहरूले सुझाव दिएका थिए।
काराकास - भेनेजुएलाले युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएला विरुद्ध... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस