सोल – उत्तर कोरियाले फेरि परमाणु वा अन्य क्षेप्यास्त्र परीक्षण गर्ने चिन्ता बढिरहँदा एक अमेरिकी पनडुब्बी दक्षिण कोरिया पुगेको छ।युएसएस मिशिगन नाम गरेको उक्त पनडुब्बी कोरियाली प्रायद्वीपमा अमेरिकाबाट आउँदै गरेको कार्ल भिन्सन नामक विमानवाहक जहाज युद्धपोतको नेतृत्वमा आउने युद्धपोतहरुको समूहहरु संगै मिसिने छ।
उत्तर कोरियाले मंगलबार आफ्नो सशस्त्र बल स्थापना भएको ८५ औं वर्षगाँठ मनाइरहेको छ। विगतमा उसले क्षप्यास्त्र परीक्षण गरेर आफ्ना प्रमुख दिवसहरु मनाउने गरेको थियो।
केही सातायता अमेरिका र उत्तर कोरियाबीच भइरहेको चर्को शब्दहरुको आदानप्रदानले सो क्षेत्रमा तनाव बढेको छ।विशेषज्ञहरुले प्योङ्याङ्गले अझै धेरै परीक्षण गर्ने योजना बनाइरहेको हुन सक्ने भय व्यक्त गरेका छन्।तर दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तरमा “कुनै पनि अस्वाभाविक गतिविधि भएको पत्ता नलागेको” बताएको छ।
बरु उत्तर कोरियाले सक्कली गोलीबारुदको प्रयोग गरेर वोनसान शहर वरपर ठूलोस्तरको सैन्य अभ्यास गरेको दक्षिण कोरियाले बताएको छ।
सेनाको एक प्रमुख कार्यालयले भनेको छ, “हाम्रा सेनाले उत्तर कोरियाको सेनाको गतिविधि नजिकबाट अनुगमन गरिरहेको छ।”उत्तर कोरियाले एप्रिल १६ मा ब्यालेस्टिक क्षेप्यास्त्रको विफल परीक्षण गरेको थियो।
यसले अमेरिकी उपराष्ट्रपति माइक पेन्सलाई राष्ट्रपति डोनल्ड ट्रम्पको परीक्षा नलिन भनेर चेतावनी दिने अवस्था सिर्जना गरेको थियो। यसैबीच अमेरिकाले एक अस्वभाविक कदम चाल्दै समग्र अमेरिकी सिनेटलाई उत्तर कोरियाबारे बुधाबार ह्वाइट हाउसमा हुन लागेको ब्रिफिङमा उपस्थित हुनु भनेको छ।
बेइजिङ– चीनको पूर्वी प्रान्तको एक सुनखानीमा सयौं मिटर भित्र फसेका ११ जना मजदुरलाई उद्धारकर्ताहरुले आइतबार सकुशल बाहिर निकालेका छन् । यस खानीमा अझै... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस