hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Sat, 27, Feb, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / साहित्य

कोरियामा विश्व नेपाली काव्य गोष्ठी

२६ बैशाख २०७४, मंगलवार २०:५६ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
hotpati admin

सोल-दक्षिण कोरियामा ‘प्रथम एसियाली नेपाली साहित्य सम्मेलन’ तथा विश्व नेपाली काव्य गोष्ठी सम्पन्न भएको छ ।अनेसास कोरिया च्याप्टरको आयोजनामा दुई दिनसम्म चलेको उक्त सम्मेलनमा अमेरिका, अस्ट्रेलिया, जापान, हंकङ, नेपाल, सिक्किम, कोरिया लगायतका साहित्यिक स्रष्टा, सर्जक तथा भाषाविदहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको पहिलो दिनको सत्रमा आमन्त्रित अथिति तथा विज्ञहरुबाट विविध विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो । अनेसास केन्द्रका उपाध्यक्ष भीमसेन सापकोटाले सकारात्मक सोंच र नेपाली साहित्यमा यसको आवश्यकता विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने भयवादका प्रवर्तक देश सुब्बाले नेपाली साहित्यमा भयवाद विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। अनेसास सिक्किम च्याप्टरकी अध्यक्ष डा. पुष्पा शर्माले भारतमा नेपाली साहित्यको अवस्थाका विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिईन |

त्यसै गरी प्रा.डा.खगेन्द्रप्रसाद लुइंटेलले मानक नेपाली भाषाको चुनौती र हालसम्मका कार्यप्रगतिका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। अनेसासका अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोरियाको लागि कार्यवाहक राजदुत किरण शाक्यको सहभागिता थियो ।

अनेसास कोरियाले प्रथम एसियाली अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन तथा विश्व काव्य गोष्ठी समारोहका प्रमुख अतिथि, मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष, त्रिभुवन विश्वविद्यालयका वरिष्ठ प्राध्यापक तथा डायस्पोरा नेपाली साहित्यका विज्ञ वरिष्ठ समालोचक, साहित्यकार, भाषाविद् प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलज्यूलाई नेपाली भाषासाहित्यको विकास, विस्तार र उन्नयन, डायस्पोरा नेपाली साहित्यलाई स्पष्ट दिशानिर्देश, नेपाली साहित्यको विश्वव्यापीकरणका साथै भाषिक आन्दोलनको कुशल नेतृत्व गरी मानक नेपाली भाषाको पुनःस्थापना तथा मानकीकरणमा अतुलनीय एवं अद्वितीय योगदानको उच्च कदर गर्दै विशिष्ट सम्मान र अभिनन्दन गरेको थियो।

त्यसै गरी केन्द्रका अध्यक्ष पदम विश्वकर्मालाई साहित्य सिर्जनाका साथै लामो समयसम्म अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय नेतृत्वमा रही संसारका विभिन्न मुलुकमा स्वयं पुगेर अनेसासलाई संसारभर विस्तार गर्न विशिष्ट योगदान पु¥याउनु भएकाले सम्मान प्रदान गरेको थियो । सो अवसरमा आयोजकले देश सुब्बा, डा. पुष्पा शर्मा र भीमसेन सापकोटाज्यूलाई प्रसंशा पत्र प्रदान गरेको थियो भने अनेसास संगीत सम्मान डिआर अटुलाई प्रदान गरेको थियो ।

अध्यक्ष विश्वकर्माले नेपाली साहित्यको विकासमा अनेसास कोरियाको योगदानको कदर गर्दै कोरिया च्याप्टरलाई प्रसंशापत्र प्रदान गर्नु भएको थियो । आयोजकले साहित्यकार राधेश्याम लेकालीकृत ‘आउदैछ एउटा मान्छे’विमोचन गरेको थियो ।

सो अवसरमा राधेश्याम लेकाली, विष्णुप्रसाद घिमिरे ,प्रकाश पौडेल ‘माइला’,कृश बाबु गुल्मेली, प्रमोद सारंग, बिनोद परिवर्तित, बलदेव भट्टराइ, डी .आ.र नेउपाने ‘सुर्य’ सरोज सर्वहारा ,गङ्गा बस्नेत ,गोपिकृष्ण लामिछाने, जीवन भण्डारी,जनक सन्याल, जुनु गुरुङ ,लक्ष्मी गुरुङ ,अन्जु के.सि. लगायत सयौँलाई प्रसंसापत्र र कदरपत्र प्रदान गरिएको थियो ।

अनेसास कोरिया च्याप्टरका संयोजक तथा महासचिव प्रमोद सारंगले यो कार्यक्रम एतिहाँसिक र राष्ट्रिय गौरब रहेको र नेपाली साहित्यको विकास, विस्तार र उन्नयनमा इँटा थपेको बताए । अनेसास कोरियाको विगत र वर्तमानबारे बोल्दै आगामी दिनमा अझ नवीन कार्यक्रमहरु गर्ने तयारीमा रहेको उनको भनाइ थियो |

सम्मेलनमा विभिन्न एसियाली मुलुक तथा कोरियामा रहेर कलम चलाउने सयभन्दा बढी सर्जकको सहभागिता रहेको थियो । दोश्रो दिनको सत्रमा सहभागीहरुले आफ्ना विभिन्न साहित्यिक सृजनाहरु प्रस्तुत गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

साहित्य सम्बन्धि थप

  • झर्रोवादी साहित्यकार रेग्मी पुरस्कृतझर्रोवादी साहित्यकार रेग्मी पुरस्कृत
  • ‘सिंहदरबारको घुम्ने मेच’ सार्बजनिक‘सिंहदरबारको घुम्ने मेच’ सार्बजनिक
  • सीको नेपाल यात्रा -सचित्र पुस्तकमासीको नेपाल यात्रा -सचित्र पुस्तकमा
  • राष्ट्रिय कविता महोत्सव मङ्सिरमाराष्ट्रिय कविता महोत्सव मङ्सिरमा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    युवक मृत फेला

    युवक मृत फेला

    राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना

    राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना

    विद्यालयमा आगलागी हुँदा एक करोडको क्षति

    विद्यालयमा आगलागी हुँदा एक करोडको क्षति

    नगर प्रमुखद्वारा जन्मदिनमा ट्रष्ट स्थापना

    नगर प्रमुखद्वारा जन्मदिनमा ट्रष्ट स्थापना

    पालिका र वडा थप गर्न सिफारिस

    पालिका र वडा थप गर्न सिफारिस

    सबै गाउँपालिकामा पुग्यो केन्द्रीय प्रसारण लाइन

    सबै गाउँपालिकामा पुग्यो केन्द्रीय प्रसारण लाइन

    कृषक समूहलाई पावर टिलर हस्तान्तरण

    कृषक समूहलाई पावर टिलर हस्तान्तरण

    कोरोना–सङ्क्रमणमुक्त हुँदै काभ्रे

    कोरोना–सङ्क्रमणमुक्त हुँदै काभ्रे

    विद्यालयमा आगलागी हुँदा एक करोडको क्षति

    विद्यालयमा आगलागी हुँदा एक करोडको क्षति

    प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

    प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

    देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्ने

    देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्ने

    प्रधानमन्त्री ओली राजीनामा गर्न तयार

    प्रधानमन्त्री ओली राजीनामा गर्न तयार

    नेकपा स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्ने

    नेकपा स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्ने

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना

    राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना

    नगर प्रमुखद्वारा जन्मदिनमा ट्रष्ट स्थापना

    नगर प्रमुखद्वारा जन्मदिनमा ट्रष्ट स्थापना

    पालिका र वडा थप गर्न सिफारिस

    पालिका र वडा थप गर्न सिफारिस

    सबै गाउँपालिकामा पुग्यो केन्द्रीय प्रसारण लाइन

    सबै गाउँपालिकामा पुग्यो केन्द्रीय प्रसारण लाइन

    कोरोना–सङ्क्रमणमुक्त हुँदै काभ्रे

    कोरोना–सङ्क्रमणमुक्त हुँदै काभ्रे

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    कोभिड–१९ को दीर्घकालीन प्रभाव स्वास्थ्य अधिकारीको ‘प्रष्ट प्राथमिकता’मा पर्नुपर्छ ः डब्लुएचओ

    कोभिड–१९ को दीर्घकालीन प्रभाव स्वास्थ्य अधिकारीको ‘प्रष्ट प्राथमिकता’मा पर्नुपर्छ ः डब्लुएचओ

    कोपेनहेगन - कोभिड–१९ सङ्क्रमणमुक्त भएपश्चात सङ्क्रमित व्यक्तिले सुनाएका अनुभवलाई स्वास्थ्यकर्मीहरूले विशेष सावधानी वा प्राथमिकताका साथ...  विस्तृतमा

    घानामा खोप अभियान सुरु हुँदै, राष्ट्रपतिले खोप लगाएर अभियान थालिने

    घानामा खोप अभियान सुरु हुँदै, राष्ट्रपतिले खोप लगाएर अभियान थालिने

    इन्डोनेसियामा पनि पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु

    इन्डोनेसियामा पनि पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु

    भारतका कुल सङ्क्रमित मध्ये ९० प्रतिशत सङ्क्रमित ७ प्रदेशमा

    भारतका कुल सङ्क्रमित मध्ये ९० प्रतिशत सङ्क्रमित ७ प्रदेशमा

    युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश

    युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश

    इजिप्टले रुसद्वारा निर्मित खोप प्रयोगका लागि अनुमति दियो

    इजिप्टले रुसद्वारा निर्मित खोप प्रयोगका लागि अनुमति दियो

    अष्ट्रेलियामा गुगल र फेसबुकले समाचार राखे वापत पैसा दिनु पर्ने कानुन पारित

    अष्ट्रेलियामा गुगल र फेसबुकले समाचार राखे वापत पैसा दिनु पर्ने कानुन पारित

    युरोपेली मुलुकमध्ये हङ्गेरीमा मात्रै चिनियाँ खोपको प्रयोग

    युरोपेली मुलुकमध्ये हङ्गेरीमा मात्रै चिनियाँ खोपको प्रयोग

    इक्वेडरमा जेलमा भएको दङ्गामा कम्तीमा ७५ जनाको मृत्यु

    इक्वेडरमा जेलमा भएको दङ्गामा कम्तीमा ७५ जनाको मृत्यु

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑