hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Sat, 16, Jan, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / फोकस कोरिया

ईपीएस परीक्षा पास गर्ने सजिलो उपाय

२८ बैशाख २०७४, बिहीबार ०८:०७ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : ३ मिनेट
hotpati admin

सोल-दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तरगत नेपाली कामदारको माग बढाएको छ । सन् २०१८का लागि उसले १० हजार भन्दा बढी कोटा छुट्याएको छ | कोटा धेरै भएकाले आवेदकको संख्या पनि हालसम्म कै धेरै रहेको छ | जेठ २७ र २८ मा हुने परीक्षा उतिर्ण गर्नका लागि ८ उपाय अपनाउन सुझाब दिइएको छ |

१. गतिलो इन्सिच्युट र प्रशिक्षक छान्नुस्

कोरियन भाषा तरिका लगाएएर पढ्ने र सिक्न खोज्नेका लागि यो छिचोल्नै नसकिने पहाड हैन । भाषा सिक्नका लागि कक्षा लिनु त अनिवार्यजस्तै छ । त्यसैले भाषा सिक्दा राम्रो इन्सिच्युट रोज्नु पनि विद्यार्थीको पहिलो बुद्धिमतापूर्ण निर्णय हुन्छ ।

दक्ष भाषा प्रशिक्षक र संस्थाको खोजी गर्नुपर्छ ।इन्सिच्युटमा कस्ता भाषा प्रशिक्षक छन् र यसअघि संस्थाको रिजल्ट कस्तो थियो भनेर सुरुमै खोजी गर्नुपर्छ । तोकिएको पाठ्यक्रममा पढाइ हुन्छ कि हुँदैन भनेर पनि याद गर्नुपर्छ ।

केहीइन्सिच्युटको नियत अहिले कमाउने मात्रै देखिँदा विद्यार्थीको समय र लगानी त्यसैखेर जाने पनि गरेको छ । त्यसैले उत्तम प्रशिक्षक भएको र पढाउँदा बढी प्राक्टिकलमा जोड दिने भाषा सिकाउने केन्द्रको पहिचान गर्नु विद्यार्थीको पहिलो काम हुन्छ । फेरि क्लासकै भरमा मात्रै भाषा परीक्षा पास भइन्छ भन्ने सोचियो भने त्यो मूर्खता हुन्छ । आफ्नो लगनशीलता नै त्यसपछिको मुख्य हतियार हो ।

२. बोल्नुस् , सुन्नुस्, युट्युब हेर्नुस्

कोरियन भाषामा ‘बाह्रखरी’ जस्तै सिक्नु पहिलो चरणको काम हो । त्यसपछि शब्दार्थ घोक्नतर्फ लाग्नुपर्छ । सुरु-सुरुमा शब्दार्थ नघोकी सुखै छैन । त्यसपछि भने अडियो सुन्ने र भाषा नै बोल्ने अभ्यास नै कोरियन सिक्ने सबैभन्दा सरल उपाय हो । भाषाका शब्दार्थलाई सम्झने वा घोक्नमा धेरै केन्दि्रत हुनैपर्छ । कोरियन भाषामा द्वीअर्थी शब्दहरुबारे पनि क्लियर हुनुपर्छ । कक्षामा पढेका विषयलाई बारम्बार दोहोर्‍याएर पढ्नुपर्छ । कोरियन भाषाका लागि परीक्षा आउनुअघिको दुई महिना सबैभन्दा महत्वपूर्ण हुन्छ । यो समयमा भाषामा निपुर्ण हुन सकियो भने पास गर्न निकै सहज हुन्छ ।

जुनसुकै समयमा पनि भाषा सिक्ने गरी तारतम्य मिलाउन सक्नुपर्छ । बसमा चढ्दा पनि कोरियन भाषाका मोबाइलमार्फत अडियोहरु सुनेर हिँड्नुपर्छ । टीभी हेर्दा पनि कोरियन फिल्महरु हेर्नुपर्छ । यसका लागि इन्टरनेटको पनि प्रयोग गर्न सकिन्छ । युट्युबमा पनि कोरियन भाषा सिक्ने विभिन्न भिडियो तथा अडियोहरु उपलब्ध हुन्छन् । कोरियन फिल्म तथा गीत सुनेर पनि भाषालाई सुधार्न सकिन्छ । अरुका अगाडि बोल्न लजाउनुभयो वा लुकाएर पढेर नै पास गर्छु भन्नुभयो भने तपाईं सफल हुन सक्नुहुन्न । तपाईं कोरियन भाषालाई जति धेरै दैनिकीमा प्रयोगमा ल्याउनुहुन्छ त्यो नै तपाईंको पास गर्ने धारिलो हतियार बन्ने छ । यसो गर्दा अरुलाई दिक्क चाहिँ नलागोस् भन्नेमा सचेत भने हुनैपर्छ ।

३. एप प्रयोग गर्नुस्

अहिले स्मार्टफोनमा मोबाइल एप्समार्फत पनि तपाईं कोरियन भाषा सिक्न सक्नुहुन्छ । कोरियन भाषाका विभिन्न एप्सहरु उपलब्ध छन् । त्यसलाई मोबाइलमा डाउनलोड गरेर सिक्न सकिन्छ । सबैभन्दा प्रभावकारी पनि यही नै हुनेछ । किनभने अभ्यासमा लागि यस्ता एप्सहरु निकै उपयोगी हुन्छन् । एपहरुमा विभिन्न किसिमका भाषा सिकाइका विधिहरु हुन्छन् । अभ्यासका लागि पनि त्यहाँ प्रशस्तै ‘कन्टेन्ट’ हुन्छन् । रमाइलो गर्दै भाषा सिकिने भएकाले यो गेम खेल्नुजस्तै हुनेछ ।त्यसैले यस्ता एप डानलोड गर्नुस् र फुर्सदमा यसमा रमाउनुस् । भाषा सिक्न यो निकै उपयोगी हुन्छ ।

४. साथीभाइ र आफन्तको सहयोग लिनुस्

धेरैले कोरियन भाषा परीक्षामा सबैभन्दा अप्ठेरो सुनेर चिन्ह लगाउनुपर्ने परीक्षालाई मान्छन् । पर्याप्त सुन्ने र त्यसलाई मनन गर्ने अभ्यास अत्यावश्यक हुन्छ । विशेष गरी उच्चारण ख्याल गर्न नसक्दा धेरै विद्यार्थीहरु यसमा चुक्छन् । तर, विभिन्न माध्यमबाट कोरियन भाषा बोलेको सुनियो र हेरियो भने विस्तारै त्यसमा अभ्यस्त भइन्छ । घरमै पटक-पटक परीक्षाको ट्रायल गर्ने गरेमा पनि निकै सहज हुन्छ । भाषा परीक्षाकै तयारी गरिरहेको अर्को साथीसँग पालैपालो भाषा बोल्ने, सुन्ने र परीक्षा दिने अभ्यास गर्नुपर्छ । यसले पनि निकै सहयोग पुग्छ । आफ्ना साथी भाइ, आफन्तसँग पनि भेट्दा सकेसम्म कोरियन भाषा बोल्न प्रयास गर्नुपर्छ । यसका लागि साथीभाइ र अन्यको सहयोग पनि माग्न सकिन्छ ।

५. परीक्षाको पूर्वयोजना बनाउनुस्

कोरियन भाषा परीक्षाको पद्दतिबारे पनि तपाईं अपडेट हुनुपर्छ । कुनै कन्फ्युजनहरु छन् भने पहिले नै हटाउनुपर्छ । त्यसैअनुसार तपाईंले परीक्षाको पूर्वयोजना बनाउनुपर्छ । कोरियन भाषा परीक्षामा सबै प्रश्न अप्सनसहित हुन्छ । दुई सय अंकको परीक्षामा ५० प्रश्न सोधिन्छ । २५ वटा प्रश्न पढेर र बुझेर सही उत्तरमा चिन्ह लगाउनुपर्छ । प्रश्नको र उत्तरका लागि फरक-फरक सीट दिइएको हुन्छ । २५ वटा प्रश्नको भने अडियो सुनेर सही उत्तरमा चिन्ह लगाउनुपर्छ ।

कोरियन भाषा परीक्षाको परीक्षामा ५० प्रश्नको उत्तर ७० मिनेटभित्रै दिनुपर्छ । यही नै सबैभन्दा चुनौतिपूर्ण हुन्छ । तर, धेरैले हतार गरे उत्तर दिने गर्छन् । हतारले भन्दा पनि परीक्षामा होसले काम लिनुपर्छ । हतारमा जानेकै प्रश्नको उत्तर पनि गलत भइदिन सक्छ । हतारमा लतारपतार हुन नदिन विद्यार्थी निकै सजग हुनुपर्छ । यसको मतलब डराउने हैन । अत्माविश्वास लिएर चनाखो हुने बानीको विकास गर्नुपर्छ । यो परीक्षामा उत्तर लेख्नु नपर्ने भएकाले धेरै हतार गर्नुपर्दैन । तर, समयको ख्याल भने गर्नैपर्छ । चित्र हेरेर र संकेत चिनेर लेख्ने प्रश्नहरुमा विशेष चनाखो हुनुपर्छ । कतिपय अवस्थामा उत्तर निकै सजिलो भए पनि परीक्षार्थीलाई साना कुरामा दिमाख लगाउन लगाइएको हुन्छ । त्यसतर्फ आफूले निकै ध्यान पुर्‍याउनुपर्छ । बोल्ने, बुझ्ने, सुन्ने र लगातार अभ्यास गर्नेलाई परीक्षामा कम्तिमा ४५ वटा प्रश्नको उत्तर मिलाउन ठूलो कठिनाइ पर्दैन । तर, यी कुनैमध्ये एउटा पक्षमा मात्रै कमजोर भए परीक्षा बिग्रन सक्छ ।

६. सम्भावित कन्फ्युनलाई अभ्यासले चिर्नुस्

त्यसैले यो भाषा परीक्षाको तयारीलाई ब्यवहारिक बनाउनुपर्छ । कण्ठ गर्नेले मात्रै भाषा परीक्षा पास गर्नै सक्दैन । भाषालाई सुनेर बुझ्ने अनि नहडबडाई उत्तर ‘क्याच’ गर्न सक्नु नै महत्वपूर्ण हुन्छ । अर्को महत्वपूर्ण कुरा, परीक्षामा प्रश्नको उत्तरको संरचना र बनोट लगभग एकै प्रकृतिको हुन्छ । विशेष ‘लिसनिङ’मा उस्तै उस्तै उच्चारण भएका शब्दसहित उत्तरहरु राखिन्छ । त्यसले नै परीक्षार्थीलाई धेरै कन्फ्युज गर्छ । त्यसैले त्यस्तै मोडलमा सुन्ने र बुझ्ने अभ्यास परीक्षा पूर्व नै मज्जाले गर्नुपर्छ । परीक्षामा हुन सक्ने कन्फ्युजनलाई अभ्यासबाटै चिर्नुपर्छ । यसका लागि भाषा प्रशिक्षकसँग सहयोग माग्न सकिन्छ । आइडिया लिन भाषा गुरुसँग समय माग्ने र पाएको समयमा त्यसलाई भरपुर उपयोग गर्ने गर्नुपर्छ । एउटै प्रश्नमा धेरैबेर अल्भिmनु पनि उपयुक्त हुँदैन । पछि समयको अभावले जानेको प्रश्नको उत्तर पनि बिग्रने खतरा हुन्छ ।

७. चिटिङको मानसिकता त्याग्नुस्

भाषा परीक्षामा छेउछाउमा बसेकाबाट चिटिङ गर्छु भन्ने मानसिकताले फेल मात्रै गराउँछ । कुनैपनि तरिकाले चिटिङ गर्छु भन्ने सोच्नुभएको छ भने त्यसलाई त्याग गर्नुभए हुन्छ । कोरियाकै मानव संशाधन विभागले परीक्षामा सीट सेटिङ गर्छ । एउटै ‘रो’ र बेञ्चमा बसेकालाई पनि प्रश्न नम्बर फरक-फरक पारेर प्रश्नपत्र वितरण गरिएको हुन्छ । समग्रमा एउटै प्रश्नहरु राखिए पनि प्रश्न नम्बरहरु फरक-फरक राखिएको हुन्छ । परीक्षामा पनि निकै कसिलो ब्यवस्थापन गरिएको हुन्छ । त्यसैले चिटिङको कुनै सम्भावना नै हुँदैन । यसैलाई आत्मसात गरेर परीक्षाको तयारी गर्नुपर्छ । कोरियाले कम्प्युटर प्रणालीबाट कपी जाँच्ने भएकाले कसैलाई आर्थिक प्रलोभनमा पारेर भाषा परीक्षा पास हुन सकिँदैन ।

८. काम र पढाइ नछाड्नुस्, ब्यवस्थापन गर्नुस्

भाषा परीक्षामा अहिलेसम्मको नतिजालाई केलाउने हो भने २३ देखि ३० वर्षसम्मका युवाले बढी भाषा परीक्षा पास गर्न सकका छन् । कुनै समयमा थोरै प्रश्न मिलाए पनि पास हुने अवस्था थियो । अहिले भने त्यो अवस्था फिटिक्कै छैन । त्यसैले तयारीलाई बेतोड गर्नुपर्छ । भाषा परीक्षा पास गर्ने धुनमा सबैथोक छाडेर लाग्नुपनि उपयुक्त होइन । भाषा परीक्षा पास भएका सबैले कोरिया जान पाउँदैनन् । त्यसैले आफ्नो काम र पढाईलाई ब्यवस्थापन गर्दै भाषा बढ्नुपर्छ । यसलाई छाडेर पढ्ने धेरैले पछि भिसा नआउँदा समस्या भोगेका छन् । लगातारको मिहेनत त पास हुनका लागि लागि आवश्य पर्छ नै, तर बुद्धिमतापूर्ण रुपमा भाषाको अभ्यास गर्ने र दैनिकीलाई नै सिक्ने अवसर बनाउने सीप भएकाहरुलाई पास गर्न बिघ्न अप्ठेरो पर्नेछैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

फोकस कोरिया सम्बन्धि थप

  • दक्षिण कोरियामा लकडाउनको समयमा लट्री टिकट बिक्रीले रच्यो नयाँ इतिहासदक्षिण कोरियामा लकडाउनको समयमा लट्री टिकट बिक्रीले रच्यो नयाँ इतिहास
  • दक्षिण कोरियामा ४० लाख मानिस बेरोजगार!दक्षिण कोरियामा ४० लाख मानिस बेरोजगार!
  • दक्षिण काेरियाकाे राजधानीमा १० बर्ष यताकै न्युन तापक्रम, नदि नै जम्याेदक्षिण काेरियाकाे राजधानीमा १० बर्ष यताकै न्युन तापक्रम, नदि नै जम्याे
  • दक्षिण कोरियाली राजधानी सोल विश्वकै छैटौँ महंगो शहरदक्षिण कोरियाली राजधानी सोल विश्वकै छैटौँ महंगो शहर

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    कोरोना सङ्क्रमितको जागिर गुम्यो

    कोरोना सङ्क्रमितको जागिर गुम्यो

    सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

    सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

    सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

    सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

    कर्णालीमा जसपाको साङ्गठनिक एकता घोषणा

    कर्णालीमा जसपाको साङ्गठनिक एकता घोषणा

    न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ ः वरिष्ठ नेता पौडेल

    न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ ः वरिष्ठ नेता पौडेल

    अफगानिस्तान र इराकमा अमेरिकी सेनाको उपस्थिति न्यून बनाइयो

    अफगानिस्तान र इराकमा अमेरिकी सेनाको उपस्थिति न्यून बनाइयो

    सुरक्षा कारबाहीमा परी ४६ विद्रोही मारिए

    सुरक्षा कारबाहीमा परी ४६ विद्रोही मारिए

    सीमासम्बन्धी बाँकी काम चाँडो पूरा गर्ने प्रतिबद्धताका साथ संयुक्त आयोगको बैठक सम्पन्न

    सीमासम्बन्धी बाँकी काम चाँडो पूरा गर्ने प्रतिबद्धताका साथ संयुक्त आयोगको बैठक सम्पन्न

    सीमासम्बन्धी बाँकी काम चाँडो पूरा गर्ने प्रतिबद्धताका साथ संयुक्त आयोगको बैठक सम्पन्न

    सीमासम्बन्धी बाँकी काम चाँडो पूरा गर्ने प्रतिबद्धताका साथ संयुक्त आयोगको बैठक सम्पन्न

    प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने

    प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने

    नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

    नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

    लिमी गाउँ पाँच महिनाका लागि बन्द

    लिमी गाउँ पाँच महिनाका लागि बन्द

    परराष्ट्रमन्त्री नयाँदिल्ली प्रस्थानः सीमा विषयमा छलफल हुने

    परराष्ट्रमन्त्री नयाँदिल्ली प्रस्थानः सीमा विषयमा छलफल हुने

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    कोरोना सङ्क्रमितको जागिर गुम्यो

    कोरोना सङ्क्रमितको जागिर गुम्यो

    न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ ः वरिष्ठ नेता पौडेल

    न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ ः वरिष्ठ नेता पौडेल

    ‘राजाको पुल’ पुनःनिर्माणः स्थानीयवासी खुशी

    ‘राजाको पुल’ पुनःनिर्माणः स्थानीयवासी खुशी

    लडेर प्रहरी हवल्दारको मृत्यु

    लडेर प्रहरी हवल्दारको मृत्यु

    निर्वाचनको तयारीमा जुट्न आह्वान

    निर्वाचनको तयारीमा जुट्न आह्वान

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    अफगानिस्तान र इराकमा अमेरिकी सेनाको उपस्थिति न्यून बनाइयो

    अफगानिस्तान र इराकमा अमेरिकी सेनाको उपस्थिति न्यून बनाइयो

    वासिङ्टन - अफगानिस्तान र इराक दुबै मुलुकमा अमेरिकी सेनाको सङ्ख्यालाई यही जनवरी १५ सम्ममा दुई हजार ५०० मा झारिएको पेन्टागनले शुक्रबार जनाएको छ । दुबै...  विस्तृतमा

    सुरक्षा कारबाहीमा परी ४६ विद्रोही मारिए

    सुरक्षा कारबाहीमा परी ४६ विद्रोही मारिए

    बेलायतको अर्थतन्त्र नोभेम्बरमा २.६ प्रतिशत खुम्चियो

    बेलायतको अर्थतन्त्र नोभेम्बरमा २.६ प्रतिशत खुम्चियो

    बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना सार्वजनिक

    बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना सार्वजनिक

    रोहिंग्या शरणार्थी शिविरमा आगलागी, सयौँको विचल्ली

    रोहिंग्या शरणार्थी शिविरमा आगलागी, सयौँको विचल्ली

    कोरियाली पूर्वराष्ट्रपतिलाई १८ अर्ब जरिवाना र २० बर्ष जेल सजायँ

    कोरियाली पूर्वराष्ट्रपतिलाई १८ अर्ब जरिवाना र २० बर्ष जेल सजायँ

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो पटक महाभियोग

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो पटक महाभियोग

    अमेरिकासँग चीनको व्यापार बचत बढ्यो

    अमेरिकासँग चीनको व्यापार बचत बढ्यो

    भारतको दिल्लीका विद्यालय खुल्ने

    भारतको दिल्लीका विद्यालय खुल्ने

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑