hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Sun, 24, Jan, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / मुख्य समाचार

सगुनले कोरियामा अन्तरक्रिया कार्यक्रम गर्दै , फेरी दोश्रो चरणको मिनी आईपओ खुल्दै

२ जेष्ठ २०७४, मंगलवार १९:१२ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : ५ मिनेट
hotpati admin

सोल -सामाजिक संजाल सगुन डट कमले दक्षिण कोरियामा लगानिकर्ताहरुसँग अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ | अस्ट्रेलिया, लन्डन् हुँदै सगुनका संस्थापक गोबिन्द गिरी सहितको टोली आउदो शनिबार कोरिया आउने सगुन कोरियाका कोर्डिनेटर केपी सिटौलाले जानकारी दिए । सगुन के हो ? यसले के गर्छ ? कसरी लाभ आर्जन गर्छ ? र लगानीकर्ताहरुलाई कसरी नाफा दिन्छ ? भाबी योजनाहरुको बारेमा अन्तरक्रिया हुने आयोजकले जनाएको छ | उक्त कार्यक्रममा कोरियाबासी नेपालीहरुलाई उपस्थितिका संस्थाले लागि अनुरोध गरेको छ |

मिति – २१ मे, २०१७ ( आईतवारको दिन )
समय – ठिक ११~ १ बजे (समयमै कार्यक्रम सन्चालन गरिने छ।)
स्थान – जोंगाक स्थित जोगेसा गुम्बाको हल (조계사)आउने तरिका: सबवे लाइन नं १, जोँगाक स्टेसन गेट नं १ बाट ३००मिटर हिडने
पुनश्च – १ – पहिलो चरणमा कोरिया स्थित सगुनका लगानी कर्ताहरुलाई मात्र प्रबेश गराइने)
२ – दोस्रो चरण कार्यक्रम: ठिक १:३०~२:३०बजे (समयमै कार्यक्रम सन्चालन गरिने छ। दोस्रो चरणमा कोरिया स्थित सबैलाई खुल्ला गराइने)

दोश्रो चरणको मिनी आईपओ खुल्दै

सगुन (www.sagoon.com) ले गत मार्च ३० देखि बन्द गरेको पहिलो राउण्डको मिनी आइपीओ पुनः खुल्ला हुने जानकारी गराएको छ । सगुनको हेडक्वार्टरबाट प्रेषित जानकारीमा जनाइए अनुसार मिनी आइपीओको दोश्रो राउण्ड बुस्टेड सेक्युरिटी एलएलसी नामको ब्रोकर कम्पनीले सञ्चालन गर्नेछ भने सर्वसाधारणहरुले १००० अमेरिकी डलर वा सो भन्दा माथि लगानी गर्न पाउने छन् । साथै यस राउण्डमा अमेरिकाका टेक्सस, फ्लोरिडा लगायतका राज्यहरु लगायत विश्वभरबाट लगानी गर्न पाइने छ ।


सगुनले प्रेषित गरेको जानकारीको पूर्ण पाठ यस प्रकार रहेको छः

(सगूनको हेडक्वार्टरबाट प्रेषित)
गत फेब्रुअरी ९ देखि मार्च ३० सम्म सगूनमा जम्मा पचास दिनको पहिलो चरणको लगानीको कार्यक्रम सम्पन्न भएको छ । उक्त समयमा सम्पूर्ण लगानीकर्ताहरुले सगून प्रति जाहेर गरेको विश्वास अविष्मरणीय रहेको छ । पहिलो राउण्डको लगानी कार्यक्रममा हामीले निम्न विशेषताहरु पाएका छौँः
⁕जम्मा ६१ देशहरुबाट लगानी गर्ने ३,४४६ लगानीकर्ताहरु मध्ये अधिकांश लगानीकर्ताहरु नेपाली मूलका रहेकाछन् ।
⁕अधिकांश लगानीकर्ताहरुले सगूनमा सानो स्केलको लगानी गरेकाछन् । लगानीको प्रावधान न्यूनतम २९९ अमेरिकी डलर रहेको भएता पनि सरदर लगानी ९०० अमेरिकी डलर रहेको छ ।
⁕यसले, हामी नेपाली सानो छौँ तर सामूहिकतामा विश्वास गर्छौं र अरुका लागि उदाहरण बन्न सक्छौँ भन्ने सन्देश दिएको छ ।
⁕उद्यमशीलता र इनोभेसन मार्फत विश्व बजारमा सगूनले प्रतिष्पर्धा गर्ने आँट गरेकोमा संसारभरका नेपालीहरुले गौरब र उत्साहका साथ हेरेका छन् ।
⁕सगूनमा लगानी गर्ने चासो अझ बढेर गएको पाइएको छ । तर समयावधीको कारणले सबैको यो चासो पुरा नभएको पनि महशुस भएको छ ।
⁕सगून विश्वभरिका नेपालीहरुलाई एउटै सूत्रमा बाँध्ने माध्यम (कडी) बनेको महशुस भएको छ र यसले नेपाली बीचको भाइचारा र ऐक्यवद्धतालाई बढाएको छ ।
⁕विश्वभरका नेपालीहरुमा आइटी क्षेत्र प्रतिको उद्यमशीलतामा जागरण आएको महशुस भएको छ ।


दोश्रो राउण्डको लगानी , दोश्रो राउण्डको लगानी

सगूनको दोश्रो राउण्डको लगानीको तयारी लगभग पुरा हुन लागेको छ । अमेरिकाको क्यालिफोर्निया स्थित Boustead Securities LLC – Broker placement agent (www.bustead1828.com ) ले दोश्रो राउण्डको लगानी सञ्चालन गर्ने संझौता गरेको छ । उक्त ब्रोकर डिलरले मे महिनाको दोश्रो हप्तातिर देखि लगानी खुल्ला गर्ने गरि तयारी गरिरहेको बुझिएको छ । सो ब्रोकर डिलरका अनुसार सगूनको बांकी लगानीको लक्ष्य (करिब १७ मिलियन अमेरिकी डलर) ठूला लगानीकर्ताहरुबाट उठाउने रहेको छ । तर मिनी आइपीओको पहिलो राउण्डमा लगानी गर्न समय अभाव भएकोले दोश्रो राउण्डमा लगानी गर्न सक्ने व्यवस्था मिलाउन विश्वभरिबाट सर्वसाधारणहरुको अनुरोध प्राप्त भइरहेको छ ।

यिनै कुराहरुलाई ध्यानमा राखेर ब्रोकर डिलरसंग सगूनले लिखित संझौता गरेको छ । जसअनुसार अबको राउण्डमा सर्वसाधारणले न्यूनतम १,००० अमेरिकी डलर वा सो भन्दा बढी लगानी गर्न पाउने छन् । ब्रोकर डिलरको चाहना अनुसारको न्यूनतम रकम सामान्यतया सर्वसाधारणको पहुँच भन्दा माथि रहन सक्थ्यो तर पहिलो राउण्डको सरदर लगानी (९०० डलर) को छेउछाउ पर्ने गरि न्यूनतम १,००० डलर वा सो भन्दा माथि देखि लगानी कार्यक्रम चलाउन गरिएको अुनरोधलाई उसले स्विकार गरेको छ । ब्रोकर डिलरको यो स्विकारले गर्दा दोश्रो राउण्डमा समेत सर्वसाधारणहरुले लगानी गर्ने अवसर प्राप्त गर्न सक्ने भएका छन् । जसले सगूनलाई हर्षित तुल्याएको छ । पहिलो राउण्डमा विक्री भइ बाँकि रहेको शेयर नै दोश्रो राउण्डमा विक्री हुने भएकोले शेयर मूल्य लगायत सम्पूर्ण प्रावधानहरु पहिलो राउण्ड अनुसार नै हुनेछ ।

दोश्रो राउण्डको लगानी कार्यक्रमको समयावधी पनि पहिलो राउण्डको जस्तै हुनेछ तर फरक के छ भने ब्रोकर डिलरले ठूला लगानीकर्तामा आफ्नो सम्पर्क बढाउँछ र दोश्रो राउण्डको लगानी खुल्ला भएको केहि दिन वा हप्तामा नै लगानी कार्यक्रम सकिन पनि सक्छ । किनकी ठूला (संस्थागत) लगानीकर्ताहरुबाट ठूलो रकमको लगानीको सम्भावना धेरै हुन्छ । ब्रोकर डिलरले लगानीकर्ताहरुको संख्यालाई भन्दा लक्षित लगानी रकमलाई प्राथमिकतामा राख्दछ । त्यसैले ठूला लगानीकर्ताहरुबाट लक्ष्य अनुसारको रकम लगानी हुने वित्तिकै ब्रोकर डिलरले जुनसुकै बेला यो अवसर बन्द गर्न सक्छ । सगूनले यो मिनी आइपिओ मार्फत २० मिलियन डलर बराबरको शेयर मात्र विक्री गर्ने इजाजत पाएको छ । त्यसैले इच्छुक लगानी कर्ताले यो राउण्डमा एक हजार डलर वा सो भन्दा बढी लगानी गर्न त पाइन्छ तर पहिलो राउण्डको जस्तो ‘‘पर्ख र हेर” को सुविधा प्राप्त नहुन सक्छ । त्यसैले लगानी गर्न इच्छा भएमा ब्रोकर डिलरबाट लगानी खुल्ला हुनासाथ लगानी गरी ढुक्क हुन सकिन्छ ।

सगूनको चाहनाः
पहिलो राउण्डको लगानी कार्यक्रमको सफलताबाट सगूनलाई ठूलो हौसला प्राप्त भएको छ । सगूनमा विश्वास गर्ने संसारभरि छरिएर रहेका नेपालीहरु नै सगूनको पहिलो शक्ति (उर्जा) र प्रेरणाको श्रोत हो भन्ने कुरा प्रमाणित भएको छ । इच्छुक लगानीकर्ता तथा विभिन्न कारणले छुटेका विदेशमा बस्ने नेपाली लगायत अन्य सबै सर्वसाधारणहरुले लगानी गर्ने अवसर अझै पाउनुपर्छ भन्ने सगूनको चाहनालाई मध्य नजर गरेर नै ब्रोकर डिलरसंग न्यूनतम १,००० अमेरिकी डलर वा सो भन्दा माथि लगानी गर्न पाउने प्रावधानको व्यवस्था गरिएको हो ।

मिनी आइपीओको पाँच वर्षे इतिहास (यु एस जब्स एक्ट २०१२ पछि) मा इलिओ मोटर कम्पनीले ६,६०० जना सर्वसाधारण लगानीकर्ता पु¥याएर रेकर्ड कायम गर्दै हालसम्मको पहिलो कम्पनी बनेको छ । सगूनले पहिलो राउण्डमा त्यसको आधा भन्दा बढी लगानीकर्ता एकत्रित गर्न सफल भइसकेको छ । अबको ब्रोकर डिलर मार्फत सञ्चालन हुने दोश्रो राउण्डमा थप ५,००० लगानीकर्ताहरु जुट्न सकेको खण्डमा सगूनले जम्मा ८,००० सर्वसाधारण लगानीकर्ता भित्र्याउने छ । जसले सगूनलाई अमेरिकाको पहिलो कम्पनीको रुपमा चिनाउने छ । यस्तो उपलब्धिले निम्न प्रकारका सम्भावना र सन्देशहरु एकैचोटी प्रवाह गर्नेछ:

-सानो देशका सानो जनसंख्या भएका नेपालीहरु विश्वभर छरिएर रहेता पनि विश्वमा नयाँ तरङ्ग ल्याउने विशेष काममा सामूहिकरुपमा जुट्न सक्छन् भन्ने उदाहरण हुनेछ ।
⁕अमेरिका लगायत विश्वमा नेपालीहरु एउटा नयाँ पहिचानबाट चिनिने छन् ।
⁕संसारका ठूला मेडिया हाउस तथा पत्रकारहरुका लागि सगून र यसका लगानीकर्ताहरुको संख्या नै ठूलो समाचार हुनेछ । जसले गर्दा सगूनको सन्देश विश्व बजारमा सजिलै पुग्न सक्छ र सगूनको मिसनलाई अघि बढाउन भरपुर सहयोग पुग्नेछ ।
⁕सगूनको सपना र भिजनमा संसारभरिका प्रतिभाशाली तथा अनुभवी दिमागको Venture Capital (VCs) लगायतका ठूला संस्थागत लगानीकर्ताहरुको आकर्षण बढने्छ । फलस्वरुप सगूनका महत्वकांक्षी योजनाहरु विश्व बजारमा ल्याउन अत्यन्त सहज हुनेछ ।

माथि उल्लेखित बुदाँहरुको सम्मष्टिगत योगदानका कारणले सगूनको मूल्याकंन (कम्पनीको मूल्य) र हैसियतले एकैचोटी ठूलो फडको मार्नेछ जसको प्रत्यक्ष फाइदा अब सञ्चालन हुने मिनी आइपीओको दोश्रो राउण्डसम्मका लगानीकर्ताहरुले प्राप्त गर्नेछन् ।

ब्रोकर डिलर स्वभावैले ठूला लगानीकर्ताहरु समात्न चाहन्छ । थोरै प्रयासमा धेरै लगानी गर्न पायो भने ब्रोकर डिलरको प्रशासनिक तथा प्राविधिक खर्चै पनि कम हुन्छ । त्यसैले यो राउण्ड खुल्ला भएको कुनै पनि समयमा लगानी पुरा हुन गई बन्द हुनसक्छ । हाम्रो चाहना बढी भन्दा बढी नेपालीले सगूनमा लगानी गरी यसको स्वामित्व ग्रहण गरुन भन्ने हो । लगानी खुल्ला भएको सूचना सगूनको वेभ साइटमा तुरुन्त राख्नेछौँ । आफूले खबर पाउनासाथ आफ्नो लगानीको अवसर सदुपयोग गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौँ ।

इच्छुक लगानीकर्ताहरु
आउनुहोस् एक पटक सगूनमा लगानी गरौँ । स्टार्ट अप कम्पनीमा लगानी गर्न विरलै पाइने यो अवसरको सदुपयोग गरौँ, आफैंले आफैलाई सहयोग गरौँ र समूहिक रुपमा भविष्यको लागि एउटा मजबूत जग बसालौँ । हामी साना लगानीकर्ताले निर्माण गर्ने गुरुत्वाकर्षणले ठूला लगानी कर्तालाई सजिलै तान्छ । हाम्रो महत्वपूर्ण पुंजी नै लगानी कर्ताको संख्या हो ।

हामीलाई थाहा छ कि ठूला लगानीकर्ताले सगूनमा लगानी गर्ने अवसर खोजि रहेकाछन । हामीलाई यो पनि थाहा छ कि ठूला लगानीकर्ता बेगर सगूनले आफ्नो मिसन पुरा गर्न पनि सक्दैन । तर सगूनको जग भनेको साना लगानीकर्ताहरु नै हुन् । सगून यहि विश्वासमा यहाँसम्म आइपुगको छ र आउँदा दिनहरुमा पनि यहि आधारभूत मान्यतामा विश्वास राख्दै अघि बढ्छ । आउनुहोस् नेपाली पहिचान निर्माण गर्न फेरि एक पटक प्रयास गरौँ । र सगूनमा आठ हजारको संख्यामा लगानी कर्ता पु¥याएर एउटा बेमिसाल इतिहास कामय गरौँ ।

थप जानकारीके लागिः www.sagoon.com/invest

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

मुख्य समाचार सम्बन्धि थप

  • झोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरुझोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरु
  • बिव्लव बन्द प्रभाव: मा प्रेसर कुकर बम फेलाबिव्लव बन्द प्रभाव: मा प्रेसर कुकर बम फेला
  • खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गरिँदैखोप लगाउने व्यक्तिको विवरण सूचीकृत गरिँदै
  • मलेशियाबाट १७ नेपालीको शव ल्याइँदैमलेशियाबाट १७ नेपालीको शव ल्याइँदै

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    भीरबाट लडेर वडा सदस्यको मृत्यु

    भीरबाट लडेर वडा सदस्यको मृत्यु

    आम निर्वाचन समाचार ः तयारीमा जुटे निर्वाचन कार्यालयहरु

    आम निर्वाचन समाचार ः तयारीमा जुटे निर्वाचन कार्यालयहरु

    खानीभित्र फसेका ११ जनाको सकुशल उद्धार

    खानीभित्र फसेका ११ जनाको सकुशल उद्धार

    कोरोना भाइरसका कारण विदेशमा थप नौ जनाको निधन

    कोरोना भाइरसका कारण विदेशमा थप नौ जनाको निधन

    देवर–भाउजूको मृत्यु

    देवर–भाउजूको मृत्यु

    सुदूरपश्चिममा कोभिडविरुद्ध १६ हजार मात्रा खोप आउँदै

    सुदूरपश्चिममा कोभिडविरुद्ध १६ हजार मात्रा खोप आउँदै

    चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी

    चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी

    अन्नपूर्ण सुगर मिलका सञ्चालक सम्पर्क विहीन

    अन्नपूर्ण सुगर मिलका सञ्चालक सम्पर्क विहीन

    झोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरु

    झोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरु

    बिव्लव बन्द प्रभाव: मा प्रेसर कुकर बम फेला

    बिव्लव बन्द प्रभाव: मा प्रेसर कुकर बम फेला

    खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गरिँदै

    खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गरिँदै

    मलेशियाबाट १७ नेपालीको शव ल्याइँदै

    मलेशियाबाट १७ नेपालीको शव ल्याइँदै

    मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश

    मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    भीरबाट लडेर वडा सदस्यको मृत्यु

    भीरबाट लडेर वडा सदस्यको मृत्यु

    आम निर्वाचन समाचार ः तयारीमा जुटे निर्वाचन कार्यालयहरु

    आम निर्वाचन समाचार ः तयारीमा जुटे निर्वाचन कार्यालयहरु

    कोरोना भाइरसका कारण विदेशमा थप नौ जनाको निधन

    कोरोना भाइरसका कारण विदेशमा थप नौ जनाको निधन

    देवर–भाउजूको मृत्यु

    देवर–भाउजूको मृत्यु

    सुदूरपश्चिममा कोभिडविरुद्ध १६ हजार मात्रा खोप आउँदै

    सुदूरपश्चिममा कोभिडविरुद्ध १६ हजार मात्रा खोप आउँदै

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    खानीभित्र फसेका ११ जनाको सकुशल उद्धार

    खानीभित्र फसेका ११ जनाको सकुशल उद्धार

    बेइजिङ– चीनको पूर्वी प्रान्तको एक सुनखानीमा सयौं मिटर भित्र फसेका ११ जना मजदुरलाई उद्धारकर्ताहरुले आइतबार सकुशल बाहिर निकालेका छन् । यस खानीमा अझै...  विस्तृतमा

    चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी

    चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी

    भारतमा कोभिड–१९ सङ्क्रमणमुक्त हुनेको दर ९६.८२ प्रतिशत

    भारतमा कोभिड–१९ सङ्क्रमणमुक्त हुनेको दर ९६.८२ प्रतिशत

    कोरोना खोपको अभावपछि यूरोपका कतिपय स्थानमा खोप अभियान नै स्थगित

    कोरोना खोपको अभावपछि यूरोपका कतिपय स्थानमा खोप अभियान नै स्थगित

    रेलमार्गमा टिकटक बनाउँदा एक पाकिस्तानी युवाको मृत्यु

    रेलमार्गमा टिकटक बनाउँदा एक पाकिस्तानी युवाको मृत्यु

    श्रीलङ्काले युद्धकालीन अपराध आरोपबारे अनुसन्धान सुरु गर्ने

    श्रीलङ्काले युद्धकालीन अपराध आरोपबारे अनुसन्धान सुरु गर्ने

    कारबाहीमा परी सोह्र तालिबान लडाकू मारिए

    कारबाहीमा परी सोह्र तालिबान लडाकू मारिए

    भारतमा कोभिड–१९ को कारण मृत्यु हुने व्यक्तिको संख्या १ लाख ५३ हजार नाघ्यो

    भारतमा कोभिड–१९ को कारण मृत्यु हुने व्यक्तिको संख्या १ लाख ५३ हजार नाघ्यो

    श्रीलङ्काद्धारा कोभिडका कारण बन्द सीमा सबै देशका लागि खुला

    श्रीलङ्काद्धारा कोभिडका कारण बन्द सीमा सबै देशका लागि खुला

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑