लहान – अनुमतिबिना लामो समयदेखि जिल्लाको विभिन्न स्थानमा सञ्चालित १० वटा निजी विद्यालयलाई जिल्ला शिक्षा कार्यालय सिरहाले बन्द गराएको छ । अनुमतिबिना अवैधरुपमा सञ्चालनमा रहेका निजी विद्यालयमाथि कारबाही अभियान सुरु गरेको जिशिकाले ती विद्यालय बन्द गराएका हुन् ।
पटकपटक विद्यालय बन्द गर्न जिशिकाले दिएको निर्देशन अटेर गरेकाले जिल्ला शिक्षा अधिकारी अरविन्दलाल कर्ण नेतृत्वको टोलीले जिल्लाको धनगढी स्रोत केन्द्र अन्तर्गतका चार, लहान स्रोत केन्द्र अन्तर्गतका चार तथा पोखरभिण्डा स्रोत केन्द्र अन्तर्गतका दुई वटा विद्यालय बन्द गराएको जिल्ला शिक्षा कार्यालय सिरहाले जनाएको छ ।
सिरहाको धनगढीमाई नगरपालिका–१० स्थित मेरिगोल्ड अङ्गे्रजी आवासीय विद्यालय, धनगढी नगरपालिका–११ स्थित क्रियटिभ अङ्ग्रेजी आवासीय विद्यालय, लहान–२२ सिसबोनस्थित ज्वालामुखी इङ्लिस बोर्डिङ स्कुल र गोविन्द बाबा इङ्लिस बोर्डिङ, लहान रेम्बो स्कुल र प्रिन्सन एकेडेमी स्कुलमा ताला लगाएर बन्द गराइएको जिल्ला शिक्षा अधिकारी अरविन्दलाल कर्णले जानकारी दिए ।
त्यसैगरी लहान स्रोत केन्द्रमा खटिएका विद्यालय निरीक्षक भवानी कटेल नेतृत्वको टोलीले लहान नगरपालिका–२२ स्थित न्यू शिशु निकेतन, लहान नगरपालिका–२३ स्थित एसएन गुरुकुल एजुकेशनल एकेडेमी र सरस्वती इङ्लिस बोर्डिङ स्कुल विष्णुपुर र डिलान्ड एकेडेमी कसहा बन्द गराएको जिशिका सिरहाले जनाएको छ ।
टोलीले स्थानीय अभिभावकको रोहबरमा विद्यालय बन्द गराएको सिलबन्दी मुचुल्का सञ्चालकलाई थमाएको छ ।
यही शैक्षिकसत्रबाट सुरु गरेको ज्वालामुखी इङ्लिस बोर्डिङ स्कुलले कक्षा ५ सम्मको कक्षा सञ्चालन गरिरहेको छ । मेरिगोल्ड अङ्गे्रजी आवासीय विद्यालयले ५ कक्षासम्म, क्रियटिभ अङ्ग्रेजी आवासीय विद्यालयले ८ कक्षासम्म र गोविन्द बाबा इङ्लिस बोर्डिङ स्कुलले ७ कक्षासम्म पढाउने गरेका छन् ।
गत चैतमा शिक्षा कार्यालयले गरेको अनुगमनका क्रममा सिरहामा ३६ वटा निजी विद्यालय अनुमतिबिना सञ्चालनमा रहेको फेला परेको थियो ।
नयााँ दिल्ली - भारतमा बुधबार एकै दिनमा कोभिड–१९ को कारण दुई हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसै अवधीमा भारतमा एकै दिनमा करिब ३ लाख व्यक्ति... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस