काठमाडौं- बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि कोरियाली कम्पनीले तयार पारेको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) उपयोग गर्न ६७ करोड रुपैयाँ तिर्नुपर्ने भएको छ ।
सन् २०११ मा सरकारले कोरियाली कम्पनी ल्यान्डमार्क वल्र्डवाइड (एलएमडल्लू)को डीपीआर विस्तृत अध्ययनका लागि भन्दै जिम्मा दिएको थियो । तत्कालीन समयमा ३५ करोड रुपैयाँमा डीपीपआर तयार पार्ने जिम्मा दिइएको भए पनि आयोजना निर्माण प्रक्रियामा ढिलाइ हँुदा कोरियाली कम्पनीले क्षतिपूर्तिसहित ६७ करोड रुपैयाँ दिनुपर्ने माग गरेको छ ।
कोरियाली कम्पनी र नेपाल सरकारबीच भएको सहमतिअनुसार निर्माणको जिम्मा कोरियाली कम्पनीलाई नदिए नेपाल सरकारले क्षतिपूर्तिसहित बेहोर्नुपर्ने सर्त थियो । सरकारले कोरियाली कम्पनीलाई निर्माणको जिम्मेवारी नदिएपछि उक्त डीपीआर उपयोग गर्न ६७ करोड रुपैयाँ तिर्नुपर्ने भएको हो ।
“कोरियाली कम्पनीले ६७ करोड रुपैयाँ मागेको छ, हामी के गर्न सकिन्छ भनेर छलफल चलाइरहेका छौं,” संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र देवले भने । कोरियाली कम्पनीको प्रतिवेदनकै आधारमा अर्काे डीपीआर तयार पार्न सरकारलाई सहज हुने भएकोले उक्त डीपीआर लिने तयारी सरकारले गरेको मन्त्री देवले जानकारी दिए ।
सन् २०११ मा कोरियाली कम्पनी ल्यान्डमार्क वल्र्डवाइड कम्पनी (एलएमडब्लू)ले एयरपोर्ट सिटीबाहेकका लागि ३ सय ५५ बिलियन अर्थात करिब ३ खर्ब ५५ अर्ब रुपैयाँ लाग्ने अनुमानसहितको विस्तृत अध्ययन प्रतिवेदन सरकारलाई बुझाएको थियो ।
यस्तै, एयरपोर्ट सिटीसहितका लागि झन्डै ७ खर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको थियो भने कम्पनीले पहिलो चरणको एकल धावनमार्गका लागि भने ६५ अर्ब रुपैयाँमा निर्माण सम्पन्न हुने कोरियाली कम्पनीले दिएको प्रतिवेदनमा उल्लेख छ ।
सरकारले सोही प्रतिवेदनको आधारमा अर्को डीपीआर तयार पार्ने तयारी गरेको छ । यता, ल्यान्डमार्कलाइनै निर्माणको जिम्मा दिनुपर्ने तत्कालको शर्त रहेकोले हालसम्म पनि आफैले पाउनु पर्ने दाबी कम्पनीले गर्दै आएको छ । निर्माण गर्न नदिने हो भने नेपाल सकारले ल्यान्डमार्कलाई ३५ करोड रुपैयाँ दिनुपर्ने सर्त त्यतिबेला नै राखिएको थियो । आजको कारोबारमा खबर छ ।
सन्फ्रान्सिस्को - विश्वप्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरका संस्थापक ज्याक डोर्सीले आफूले गरेको पहिलो ट्वीट बिक्रीका लागि लिलामीमा राख्नुभएको छ... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस