hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Thu, 25, Feb, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / मुख्य समाचार

कोरियाको कहर

४ मंसिर २०७४, सोमबार ०७:४१ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
hotpati admin

काठमाडौं – सहरका सडकहरूमा देखिने स्थायी सूचना हो, कामदार चाहियो । राजधानीको नयाँ सडकका सुनचाँदी पसलेलाई कारिगर चाहिएको सूचना हुन्छन् । सुन्धारामा होटलहरूले कामदार चाहिएको सूचना टाँसेका हुन्छन् । डिपार्टमेन्टल स्टोर वा मलहरूमा सेल्स ब्याई/गर्लको आवश्कताको नोटिस हुन्छ । विराटनगरमा उद्यमीहरू, वीरगंजका व्यापारीहरू जो कोही कामदारकै खोजीमा हुन्छन् ।

कृषिलाई उद्यम बनाउने योजना बनाउनेहरूका कुरा सुन्ने हो भने उनीहरूको प्रमुख समस्या हुन्छ, कृषि मजदुर कसरी जुटाउने । सडकमा गाडी चलाउनेदेखि मुलुकको नीतिनिर्माणको तहमा जताततै दक्ष कामदारको अभाव खड्किएको छ मुलुकमा । मुलुकको वास्तविकता जनशक्तिको अभाव हो तर व्यवहारमा दैनिक हजारौँ मानिस कामका लागि अन्य देश उड्दै छन् । कुन देशमा कति नेपाली मजदुरको रुपमा कार्यरत छन्, त्यसको यकिन रिपोर्ट हामीकहाँ छैन । वैधानिक र अवैधानिक दुवै तरिकाबाट विदेशिने भएकाले यकिन तथ्यांक राख्न र अद्यावधिक गर्न समस्या छन् ।

नेपालमा कामदारको अभाव छ तर हामीकहाँबाट किन ठूलो संख्या दैनिक विदेशिन्छन् ? प्रश्नको उत्तर खोजिदैन । नेपालको राजनीतिक अस्थिरता, न्यून आर्थिक कारोबार प्रमुख कारण हो त जनशक्ति विदेशिनुका पछाडि ? निश्चय पनि हाम्रो राजनीति, आर्थिक प्रमुख कारण हुनसक्छ तर हामीले हाम्रो सामाजिक अवस्था र सामाजिक कारणको लेखाजोखा गर्दैनौं । लामो समयदेखि ठूलो सानोको भेद, जातपात, छुवाछुतका जस्ता प्रथाले जड्किएको नेपाली समाजमा आफ्नो काम गर्न, आफ्नो गाउँसहरमा काम गर्न लाज लाग्ने र विदेशमा जस्तोसुकै काम गर्न पछि नपर्ने मनोविज्ञानले काम गरेको देखिन्छ । वैदैशिक रोजगारीमा जानु पर्नाका कारण हामीकहाँको सीमित श्रम बजार, पारिश्रमिक, सेवा, सुविधाका कुरा पनि छन् ।

दिनभरि उद्यममा काम गर्ने मजदुरले विहान बेलुकाको छाक टार्न पनि मुस्किल हुने खालको पारिश्रमिक व्यवस्थामा अब परिवर्तन आवश्यक छ । काम लगाउने उद्यमीले नेपालमा जनशक्ति अभाव छ भनेर चिन्ता गर्ने भन्दा कामदारलाई कसरी अड्याउने भन्ने नीति अख्तियार गर्न आवश्यक छ । अर्को कारण नेपालमा अवैधानिक पैसाको ठूलो चलखेल हुन्छ । तस्करी, भ्रष्टाचार, कालोबजारीजस्ता कामबाट आर्जन हुने पैसाका कारण नेपालमा इमान्दारीका साथ उद्यम, व्यापार गर्नेहरू निरुत्साहित भएको हामी पाउँछौं । छिटो र सजिलो किसिमले पैसा कमाउनु पर्छ भन्ने चाहनाले पनि हजारौँ युवा अर्काको देशमा हातपाखुरा चलाउन बाध्य छन् ।

निश्चय पनि विदेशमा काम गर्न गएकाहरूले पठाएको पैसा जसलाई अर्थशास्त्रीहरू रेमिटेन्स भन्छन्, रेमिटेन्सले घरघरको अर्थतन्त्र धानेको छ । सामान्यभन्दा सामान्य मानिसले राम्रो खान, लाउन पाएका छन् । सामान्यभन्दा सामान्य परिवारको सदस्य, जो विदेश गएका छन्, तिनका लालाबालाले ‘बोर्डिङ स्कुल’ पढ्न पाएका छन् । मानवीय विकासका दृष्टिकोणले यो सकारात्मक पक्ष हो ।

नागरिकले राम्रो खान, लाउन तथा शिक्षा, स्वास्थ्यजस्ता सेवा प्राप्त गर्नुपर्छ तर यसले पार्ने सामाजिक, आर्थिक असरहरूबारे हाम्रो समाजमा खासै छलफल भएको र राज्यले नीति निर्माण गरेको पाइँदैन । राज्य सकेसम्म नेपाली विदेश जाऊन् र कमाएर ल्याऊन् भन्ने मनोविज्ञानबाट ग्रसित भएको देखिन्छ । वैदेशिक रोजगारीलाई कतिपय अर्थविद्हरू खहरे खोला झैँ भन्छन् । खहरे खोलाको क्षणिक गर्जनजस्तै अवस्था हो भने नीतिनिर्र्माण गर्नेहरूले वैदेशिक रोजगारीबारे बैलैमा व्यवहारिक नीति बनाउन आवश्यक छ । २० देखि ४० वर्ष उमेर समूहका पुरुष विदेशमा काम गर्न गएको अवस्था, उनीहरूले पठाउने पैसाले ल्याउने खुसीका साथसाथै त्यो उमेर समूहका महिला पुरुषहरू लामो समय बेग्लाबेग्लै बस्नुपर्ने अवस्थाले निम्त्याउने शारीरिक, मनोवैज्ञानिक असरहरूको विश्लेषण आवश्यक छ । पैसा भएपछि मानिसका सबै चाहना–आकांक्षा पूरा हुन्छन् भन्ने होइन ।

सरकारी तथ्यांकअनुसार मजदुरी गर्न विदेश जान चाहनेहरु जस–जसले श्रम स्वीकृति लिएका छन्, तिनको संख्या करिब ४५ लाख मानिन्छ । जसमध्ये आधाजसो विदेशमा छन् । यो तथ्यांक मजदुरी गर्न जाने खाडी मुलुक, जापान, कोरियाको हो । युरोप, अमेरिका जहाँ मजदुरी गर्ने उद्देश्यले जान पाइँदैन, त्यहाँ विद्यार्थीको रुपमा जाने र काममा घोटिनेको संख्या त्यत्तिकै छ ।

वैदेशिक रोजगारीले सुखद् परिणाम मात्र ल्याउँदैन भन्ने उदाहरण दक्षिण कोरिया बन्न गएको छ । पछिल्लो समय कोरिया काम गर्न जानेहरूमा राति सुतेकै अवस्थामा मृत्यु हुने र आत्महत्या गर्ने संख्या अन्य देशको तुलनामा धेरै देखिएको छ । र, यो अवस्थाबाट कोरिया सरकार झस्किएको देखिन्छ । अन्य देशको तुलनामा ६ गुणा कमाई हुने कोरियामा जाने नेपाली कमाईको तुलनामा धेरै सन्तुष्ट हुनुपर्ने हो तर परिणाम उल्टो छ । आत्महत्या बढेर गएको छ । सन् २००७ यता कोरिया गएकामध्ये एक सय ३० जनाको निधन हुँदा ३६ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा अधिकांश २२ देखि २८ वर्षका युवायुवती रहेको बताइएको छ ।

कोरिया एउटा कारण हुनसक्छ, त्यस्तै कतिपय मुलुकबाट फर्किएकाहरूमा मृगौला फेल हुने लगायतका कडा रोगको सिकार भएको समाचारहरू बेलाबेला आउँछन् । सरकार, राजनीतिक पार्टीहरू, नीति निर्माताहरू र ठूलो संख्यामा रोजगारी दिने हैसियत राख्ने निजी क्षेत्रको मुख्य उदेश्य कामका लागि विदेशिने नेपालीहरूले मुलुकभित्रै रोजगार पाउने नीति र कार्यक्रम आवश्यक भइसकेको छ । कामका लागि विदेशिने नेपाली युवाहरूभन्दा युवा शक्ति प्रयोग गर्न नसक्ने सरकार बढी जिम्मेवार हुन्छ ।

शुक्रबार साप्ताहिकबाट साभार

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

मुख्य समाचार सम्बन्धि थप

  • प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशनप्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन
  • देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्नेदेशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्ने
  • प्रधानमन्त्री ओली राजीनामा गर्न तयारप्रधानमन्त्री ओली राजीनामा गर्न तयार
  • नेकपा स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्नेनेकपा स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्ने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    ‘प्रतिबद्ध कामदार’ लाई कोरिया प्रवेशमा प्राथमिकता

    ‘प्रतिबद्ध कामदार’ लाई कोरिया प्रवेशमा प्राथमिकता

    छिचोलियो कर्णाली करिडोर अन्तर्गत कुरिल्लाको ढेस्ने भीर

    छिचोलियो कर्णाली करिडोर अन्तर्गत कुरिल्लाको ढेस्ने भीर

    युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश

    युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश

    इजिप्टले रुसद्वारा निर्मित खोप प्रयोगका लागि अनुमति दियो

    इजिप्टले रुसद्वारा निर्मित खोप प्रयोगका लागि अनुमति दियो

    खोपले काम गरेन, भटाभट मरे कुखुरा

    खोपले काम गरेन, भटाभट मरे कुखुरा

    कुहिएको अवस्थामा महिलाको शव फेला

    कुहिएको अवस्थामा महिलाको शव फेला

    अष्ट्रेलियामा गुगल र फेसबुकले समाचार राखे वापत पैसा दिनु पर्ने कानुन पारित

    अष्ट्रेलियामा गुगल र फेसबुकले समाचार राखे वापत पैसा दिनु पर्ने कानुन पारित

    विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि विद्यालय बन्द

    विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि विद्यालय बन्द

    प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

    प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

    देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्ने

    देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्ने

    प्रधानमन्त्री ओली राजीनामा गर्न तयार

    प्रधानमन्त्री ओली राजीनामा गर्न तयार

    नेकपा स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्ने

    नेकपा स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्ने

    मुलुकभरको सुरक्षामा उच्च सतर्कता

    मुलुकभरको सुरक्षामा उच्च सतर्कता

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    छिचोलियो कर्णाली करिडोर अन्तर्गत कुरिल्लाको ढेस्ने भीर

    छिचोलियो कर्णाली करिडोर अन्तर्गत कुरिल्लाको ढेस्ने भीर

    विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि विद्यालय बन्द

    विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि विद्यालय बन्द

    पाँच वर्षअघि उपभोग मिति समाप्त दाल बिक्री

    पाँच वर्षअघि उपभोग मिति समाप्त दाल बिक्री

    बाघको पुर्ख्याैली थातथलो मासिए पछि आक्रमण बढ्यो

    बाघको पुर्ख्याैली थातथलो मासिए पछि आक्रमण बढ्यो

    जनता र संविधानको जित : सभामुख

    जनता र संविधानको जित : सभामुख

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश

    युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश

    काराकास - भेनेजुएलाले युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएला विरुद्ध...  विस्तृतमा

    इजिप्टले रुसद्वारा निर्मित खोप प्रयोगका लागि अनुमति दियो

    इजिप्टले रुसद्वारा निर्मित खोप प्रयोगका लागि अनुमति दियो

    अष्ट्रेलियामा गुगल र फेसबुकले समाचार राखे वापत पैसा दिनु पर्ने कानुन पारित

    अष्ट्रेलियामा गुगल र फेसबुकले समाचार राखे वापत पैसा दिनु पर्ने कानुन पारित

    युरोपेली मुलुकमध्ये हङ्गेरीमा मात्रै चिनियाँ खोपको प्रयोग

    युरोपेली मुलुकमध्ये हङ्गेरीमा मात्रै चिनियाँ खोपको प्रयोग

    इक्वेडरमा जेलमा भएको दङ्गामा कम्तीमा ७५ जनाको मृत्यु

    इक्वेडरमा जेलमा भएको दङ्गामा कम्तीमा ७५ जनाको मृत्यु

    इन्डोनेसियामा शिक्षकहरूलाई खोप लगाउन सुरु

    इन्डोनेसियामा शिक्षकहरूलाई खोप लगाउन सुरु

    हुवावेद्वारा फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन सार्वजनिक

    हुवावेद्वारा फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन सार्वजनिक

    भारतको उत्तराखण्डमा पाँच प्रदेशबाट आउनेलाई अनिवार्य कोरोना परीक्षण

    भारतको उत्तराखण्डमा पाँच प्रदेशबाट आउनेलाई अनिवार्य कोरोना परीक्षण

    जी–७ द्वारा म्यानमार प्रदर्शनकारीविरूद्ध गरिएका सैनिक कारबाहीको कडा शब्दमा आलोचना

    जी–७ द्वारा म्यानमार प्रदर्शनकारीविरूद्ध गरिएका सैनिक कारबाहीको कडा शब्दमा आलोचना

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑