मेलवर्न – विश्व नम्बर एक राफेल नाडाल वर्षको पहिलो ग्रान्डसलाम अस्ट्रेलियन ओपन टेनिसको क्वार्टरफाइनलबाट बाहिरिएका छन् । नाडाल छैटौँ वरीयता मारिन सिलिकविरुद्धको रोमाञ्चक क्वार्टरफाइनलको पाँचौँ सेटमा रिटायर्ड हर्ट हुँदै प्रतियोगिताबाट बाहिरिए ।
क्रोएसियन स्टार सिलिकले सेमिफाइनलमा ब्रिटिस नम्बर दुई खेलाडी क्याले एडमन्डविरुद्ध प्रतिस्पर्धा गर्नेछन् । एडमन्डले सेमिफाइनलमा ग्रिगर दिमेत्रोमलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका थिए ।
विश्व नम्बर एक स्पेनिस नाडालले आफ्नो ग्रान्डसलाम करिअरमा दोस्रो पटक रिटायर्ड हर्ट भएर कोर्ट छोड्नुपर्यो । २ सय ६४ ओटा ग्रान्डसलाम खेल खेलेका उनले यसअघि ब्रिटिस एन्डी मुर्रेविरुद्ध अस्ट्रेलियन ओपन अन्तर्गत नै २०१० मा भएको क्वार्टरफाइनल दौरान रिटायर्ड हर्ट हुँदै क्रिज छाड्नुपरेको थियो ।
सिलिकले नाडालविरुद्ध ३–६, ६–३, ६–७, ६–२, ६–० लिड गरेका थिए । यस्तोमा नाडालको ढाडको चोट बल्झिएको थियो जसका कारण नाडालले खेल छोड्नुपरेको थियो ।
पछिल्लो २४ घन्टामा विश्व टेनिसका शीर्ष क्रमको दोस्रो महत्वपूर्ण खेलाडीले चोटकै कारण क्रिज छाड्नुपर्यो यसअघि नोभाक जोकोभिकले चोटकै कारण पराजित हुँदै मैदान छाडेका थिए ।
एडमन्डको सनसनीपूर्ण प्रदर्शन
ब्रिटिस नम्बर दुई क्याली एडमन्डले सनसनीपूर्ण प्रदर्शन गर्देै अन्तिम चारमा स्थान सुरक्षित गरे । पहिलोपटक ग्रान्डसलाम टेनिसको सेमिफाइनलमा प्रवेश गर्ने क्रममा एडमन्डले विश्व नम्बर तीन रहेका ग्रिगोर दिमित्रोभालाई ६–४, ३–६, ६–३ र ६–४ ले पराजित गरेका थिए । ४९औँ वरीयताका एडमन्ड फाइनल प्रवेशका लागि क्रोएसियन स्टार मारिन सिलिकविरुद्ध भिड्नेछन् ।
एडमन्ड ग्रान्डसलाममा सेमिफाइनलमा स्थान बनाउने छैटौँ ब्रिटिस खेलाडी पनि बने । उनी भन्दाअघि एन्डी मर्रे, ग्रेग रुसकी, जोन एललोइड, रोजर टेलर र टिम हेनमेनले ग्रान्डसलाम टेनिसमा पुरुष सिंगल्सतर्फ सेमिफाइनलमा स्थान बनाएका थिए । एडमन्डले खेल्दै गर्दा केही नसोचेको भए पनि खेलिसकेपछि गर्व गर्न आफूसँग अब केही बाँकी रहेको बताए ।
काठमाडौँ- पाकिस्तानको क्वेटा शहर स्थित होटलमा बम बिस्फोट हुँदा कम्तीमा चारजनाको ज्यान गएको छ । पाकिस्तानी सञ्चारमाध्यमले अरु ११ जना घाइते भएको... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस