hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Tue, 26, Jan, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / मुख्य समाचार

वैदेशिक रोजगार संकटमा पर्दै

१६ माघ २०७४, मंगलवार ०४:४४ मा प्रकाशित (2 बर्ष अघि) अनुमानित पढ्ने समय : २ मिनेट
hotpati admin

काठमाडौं – देशमा पर्याप्त रोजगारीको अवसर नभएकै अवस्थामा वैदेशिक रोजगारीमा पनि संकट आएको छ। नेपाली कामदार जाने प्रमुख मुलुकको आर्थिक समस्या र नेपाल सरकारका नीति र कार्यक्रमका कारण वैदेशिक रोजगारीमा संकट आएको हो। नेपाली कामदार प्रमुख गन्तव्य मलेसिया, साउदी, कतार, ओमन, बराइन, दुबई र कुवेत हुन्। वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारी सरकारी ऐन कानुन, निर्णय तथा कामदार आपूर्ति गर्ने राष्ट्रले भोग्दै आएको आर्थिक संकटलगायत कारण वैदेशिक रोजगारीमा समस्या आएको बताउँछन्।

 

पुराना गन्तव्यमा संकट उत्पन्न हुँदै गर्दा सरकारले नयाँ रोजगारीको गन्तव्य खोजी गर्न सकेको छैन। रोजगारीको अवसर पाउँदै आएका देशमा पनि सरकाले श्रम सम्झौता गरेर नेपाली कामदारको कोटा सुनिश्चित गर्न सकेको छैन। मन्त्रालयले नयाँ गन्तव्य खोजीदेखि वैदेशिक रोजगारको विषयमा विभागसँग छलफल नगर्दा पनि समस्या आएको उनको भनाइ छ। नयाँ गन्तव्यको खोजीमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा जिम्मा छ।

 

सरकारी निकायले सुरक्षित र बढी आम्दानी हुने गन्तव्यको खोजी र प्रवद्र्धनमा आक्रमक रूपमा अगाडि बढ्न नसकेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले स्वीकार गर्छन्। ‘हामीले अहिले निजी क्षेत्रको सहकार्यमा नयाँ गन्तव्यको खोजी अगाडि बढाएका छौं’, उनले भने, ‘रोजगारीमा जाने संख्या घटे पनि बढी आम्दानी हुने देश र कम्पनीको प्रवद्र्धन गर्नु हाम्रो लक्ष्य हो।’

 

बोर्डले कामदारसँग उनीहरूको सुरक्षाका अतिरिक्त नयाँ गन्तव्य प्रवद्र्धनका लागि जनही न्यूनतम १५ सय उठाउँदै आएको छ। सामाजिक सुरक्षा कोषमा अर्बौं रुपैयाँ जम्मा भए पनि नयाँ गन्तव्यको खोजी प्रयोग गर्न सकेको छैन। दुई पक्षीय श्रम सम्झौता गर्दै नेपाली कामदारको कोटा सुनिश्चित गर्ने अख्तियारी पाएको श्रम तथा रोजगार मन्त्रालयले कुनै पनि देशसँग श्रम सम्झौता प्रक्रिया अगाडि बढाएको छैन। केही महिना अगाडि मात्रै सरकारले जोर्डनसँग दुई पक्षीय श्रम सम्झौता गरेका छ। तर, यो देशमा वार्षिक पाँच सय कामदारको माग पनि नआउने वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान प्रथम उपाध्यक्ष कुमुद खनाल बताउँछन्।

 

मलेसिया र खाडीका ६ राष्ट्रसँग सरकारले दुई पक्षीय श्रम सम्झौता गर्न सकेका छैन। श्रम सम्झौता गर्दै नेपाली कामदारका लागि रोजगारी सुनिश्चत गर्न नसक्दा वैदेशिक रोजगारी संकटमा परेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ बताउँछन्।

 

नयाँ कामको लागि संस्थागत (म्यानपावर) मार्फत बढी कामदार जाने देशमा चुलिँदो आर्थिक संकटले पनि वैदेशिक रोजगारीका संकट आएको गुरुङ बताउँछन्। सन् २०१० देखि मलेसिया सरकारले बन्द गरेको बंगलादेशका कामदार फुकुवा गर्दा नेपाली कामदारले मलेसियाका पाउँदै आएको रोजगारी गुमाउन परेको उनको भनाइ छ। मलेसिया सरकारले सन् २०१५ देखि बंगलादेशको कामदारलाई फुकुवा गरेको थियो। यसैगरी खाडी राष्ट्रले कतारमाथि लगाएको नाकाबन्दीका कारण पनि रोजगारको अवसर गुम्दै छ।

 

कतारमाथिको नाकाबन्दीले कतारमा मात्रै असर नगरी समग्र खाडीको ६ राष्ट्रमै असर गरेको गुरुङ बताउँछन्। कतारमाथि नाकाबन्दीले साउदी अरबमा सबैभन्दा बढी असर परेको छ। साउदीले पनि बंगलादेशका कामदारमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्दा नेपाली कामदारले पाउँदै आएको रोजगारी गुमेको उनको दाबी छ।

 

दुई पक्षीय श्रम सम्झौतामार्फत नेपाली कामदारको कोटा सुनिश्चित गर्दै सरकारले फ्री भिसा तथा टिकट लागू गुर्नपथ्र्यो। तर, त्यो नहुँदा समस्या आएको व्यवसायीको दाबी छ। मलेसिया र खाडीका ६ राष्ट्रमा भारत, पाकिस्ता, श्रीलंका र बंगलादेशबाट पनि कामदार गइरहेका छन्। यस्ता देशबाट जाने कामदारले टिकट शुल्क आफै तिरेर जान्छन्। तर, रोजगारदाता कम्पनीले नेपालबाट कामदार लैजादा टिकटको समेत रकम तिर्नुपर्ने अवस्था छ। रोजगारदाता कम्पनी आर्थिक भार कम गर्न पनि नेपालभन्दा अन्य देशबाटै कामदार आपूर्ति गर्न थाल्दा नयाँ काममा लागि जानेको संख्यामा निरन्तर ओरालो लागेको खनाल बताउँछन्। पूर्व श्रम तथा रोजगार राज्य मन्त्री टेकबहादुर गुरुङले आफू लोकप्रिय बन्न फ्री भिसा तथा टिकटको निर्णय गर्दा रोजगारीका जानेको संख्या आरोलो लागेको उनको दाबी छ।

 

वैदेशिक रोजगारबाट करिब ६४ प्रतिशत घरधुरी प्रत्यक्ष लाभान्वित छन्। पेट्रोलियम पदार्थमा निर्भर दुबई बाहेक खाडी राष्ट्रले विकास निर्माणमा बजेट कटौती गर्दा पनि नेपाली कामदारले पाउँदै आएको रोजगारी संकटमा परेको सघंका पूर्वअध्यक्ष बलबहादुर तमाङ बताउँछन्। कामदार पठाउँदा म्यानपावर एजेन्सीले लिने सेवा शुल्क वैज्ञानिक मापदन्डअनुसार नहुँदा पनि समस्या आएको हो।

 

कामदारको संख्या घट्दो

रोजगारीका लागि विश्वका एक सय १० भन्दा बढी मुलुकमा नयाँ कामको खोजीमा जाने कामदारको संख्या विगत तीन वर्षदेखि ओरालो लागिरहेको छ। नेपालबाट सबैभन्दा बढी कामदार आर्थिक वर्ष २०७०÷०७१मा विदेसिएका थिए। उक्त वर्ष म्यानपावरमार्फत नयाँ कामका लागि विदेश जानेको संख्या चार लाख ५० हजार २७ जना थिए। यसैगरी सोही आवमा व्यक्तिगत भिसा र विभिन्न माध्यम प्रयोगरी गरी वैदेशिक रोजागरीमा व्यक्तिगत एकल वैधानिकरण गरी जाने कामदारको संख्या ७७ हजार सात सय ८७ थियो।

 

आव २०७०÷०७१ कुल पाँच लाख २७ हजार आठ सय १४ जना कामदार नयाँ काममा लागि विश्वका विभिन्न देशमा पुगरेको वैदेशिक रोजगार विभागले जनाएको छ। सरकारले २०७२ असारदेखि फ्री भिसा तथा टिकटको निर्णय लागू गरेसँगै निरन्तर रोजगारीमा जाने कामदारको संख्यामा गिरावट आएको छ। फ्री भिसा तथा टिकटको निर्णय लगैत व्यवसायीले एक महिनाभन्दा बढी समय कामदार विदेश पठाएका थिएन्।

 

तर, आव २०७१÷०७२ मा नयाँ कामका लागि रोजगारीमा जानेको संख्या आव २०७०÷०७१ को तुलनामा झन्डै १५ हजारले गिरावट आएको थियो। आव २०७१÷०७२ नयाँ भिसामा विदेश जानेको संख्या पाँच लाख १२ हजार आठ सय ८७ थियो। आव २०७१÷०७२ फ्री भिसा तथा फ्री टिकटको असर न्यून देखिएका पनि आव २०७२÷०७३ मा ठूलो असर देखिएको छ। आव २०७२÷०७३ मा म्यानपवार, व्यक्ति गत र एकल वैधानिकरण गरी नयाँ भिसामा विदेश जानेको संख्या झन्डै ९४ हजारले गिरावट आएको थियो।

 

आव आव २०७२÷०७३ मा रोजगारीका लागि विदेश जानेको संख्या चार लाख १८ हजार सात सय १३ थियो। यो संख्यामा पनि गत आव २०७३÷०७४ घटेर तीन लाख ९१ हजार सात सय ४३ मा झरेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ। चालू आवको ६ महिनामा नयाँ भिसामा म्यानपावर मार्फत रोजगारीका जानेका संख्या पनि घट्दो छ। चालू आवको ६ महिनामा व्यक्तिगत, एकल वैधानिकरण र म्यानपवारमार्फत वैदेशिक रोजगारीमा जानेको संख्या एक लाख ८३ हजार दुई सय ४३ मा झरेको छ। आजको अन्नपुर्ण दैनिकमा खबर छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

मुख्य समाचार सम्बन्धि थप

  • ‘संसद विघटनको विरोध गर्ने लोकतन्त्रविरोधी हुन्’ -प्रधानमन्त्री ओली‘संसद विघटनको विरोध गर्ने लोकतन्त्रविरोधी हुन्’ -प्रधानमन्त्री ओली
  • निर्वाचन आयोगले दिएन नेकपा विभाजनलाई मान्यता, पहिलेकै पार्टी यथावत रहने निर्णयनिर्वाचन आयोगले दिएन नेकपा विभाजनलाई मान्यता, पहिलेकै पार्टी यथावत रहने निर्णय
  • झोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरुझोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरु
  • बिव्लव बन्द प्रभाव: मा प्रेसर कुकर बम फेलाबिव्लव बन्द प्रभाव: मा प्रेसर कुकर बम फेला

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    कोरियामा ‘आमाको तासफोटो’ र ‘छकालै’ लोकार्पित

    कोरियामा ‘आमाको तासफोटो’ र ‘छकालै’ लोकार्पित

    ट्रम्पद्वारा फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना

    ट्रम्पद्वारा फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना

    सीमा नाका बन्द हुँदा चोरबाटोेको प्रयोग

    सीमा नाका बन्द हुँदा चोरबाटोेको प्रयोग

    उपत्यकाको ट्राफिक व्यवस्थापनमा स्काउटका ‘स्वयंसेवक’

    उपत्यकाको ट्राफिक व्यवस्थापनमा स्काउटका ‘स्वयंसेवक’

    सात वर्षीया बालिकाकाे उद्धार

    सात वर्षीया बालिकाकाे उद्धार

    मदन भण्डारी विश्वविद्यालयलाई निजी जग्गा अधिग्रहणको प्रक्रिया

    मदन भण्डारी विश्वविद्यालयलाई निजी जग्गा अधिग्रहणको प्रक्रिया

    प्रदेश नं १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने

    प्रदेश नं १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने

    रु ४०० ले उकालो लाग्यो सुन

    रु ४०० ले उकालो लाग्यो सुन

    ‘संसद विघटनको विरोध गर्ने लोकतन्त्रविरोधी हुन्’ -प्रधानमन्त्री ओली

    ‘संसद विघटनको विरोध गर्ने लोकतन्त्रविरोधी हुन्’ -प्रधानमन्त्री ओली

    निर्वाचन आयोगले दिएन नेकपा विभाजनलाई मान्यता, पहिलेकै पार्टी यथावत रहने निर्णय

    निर्वाचन आयोगले दिएन नेकपा विभाजनलाई मान्यता, पहिलेकै पार्टी यथावत रहने निर्णय

    झोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरु

    झोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरु

    बिव्लव बन्द प्रभाव: मा प्रेसर कुकर बम फेला

    बिव्लव बन्द प्रभाव: मा प्रेसर कुकर बम फेला

    खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गरिँदै

    खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गरिँदै

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    सीमा नाका बन्द हुँदा चोरबाटोेको प्रयोग

    सीमा नाका बन्द हुँदा चोरबाटोेको प्रयोग

    उपत्यकाको ट्राफिक व्यवस्थापनमा स्काउटका ‘स्वयंसेवक’

    उपत्यकाको ट्राफिक व्यवस्थापनमा स्काउटका ‘स्वयंसेवक’

    एक पालिका : एक खेलमैदान बनाइँदै

    एक पालिका : एक खेलमैदान बनाइँदै

    निजी आवास पुनःनिर्माणको काम ७५ प्रतिशत सम्पन्न

    निजी आवास पुनःनिर्माणको काम ७५ प्रतिशत सम्पन्न

    अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ ः गृहमन्त्री थापा

    अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ ः गृहमन्त्री थापा

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    ट्रम्पद्वारा फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना

    ट्रम्पद्वारा फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना

    पाल्म बिच- अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो गृहराज्य फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना गरेका छन्...  विस्तृतमा

    श्रीलङ्कामा भारतीय र रूसी खोपलाई अनुमति

    श्रीलङ्कामा भारतीय र रूसी खोपलाई अनुमति

    कोरोनाविरुद्धको खोप लगाएकालाई दुबईका रेस्टुरेन्टमा विषेश छुट

    कोरोनाविरुद्धको खोप लगाएकालाई दुबईका रेस्टुरेन्टमा विषेश छुट

    अस्ट्रेलियाले फाइजरको भ्याक्सिनलाई दियो अनुमति

    अस्ट्रेलियाले फाइजरको भ्याक्सिनलाई दियो अनुमति

    चीनमा सन् २०२० मा करिब दुई खर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन

    चीनमा सन् २०२० मा करिब दुई खर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन

    मेक्सिको–अमेरिकी सीमा नजिक १९ व्यक्ति मृत भेटिए

    मेक्सिको–अमेरिकी सीमा नजिक १९ व्यक्ति मृत भेटिए

    खानीभित्र फसेका ११ जनाको सकुशल उद्धार

    खानीभित्र फसेका ११ जनाको सकुशल उद्धार

    चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी

    चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी

    भारतमा कोभिड–१९ सङ्क्रमणमुक्त हुनेको दर ९६.८२ प्रतिशत

    भारतमा कोभिड–१९ सङ्क्रमणमुक्त हुनेको दर ९६.८२ प्रतिशत

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑