hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Sun, 07, Mar, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / मुख्य समाचार

चार बर्ष पछि कोरियालीका आँखामा खुसीका आँसु

२१ माघ २०७४, आईतवार ०५:१६ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : २ मिनेट
hotpati admin

काठमाडौँ – गएको बुधबार दक्षिण कोरियामा उत्तर कोरियाको झण्डा फहराएपछि त्यहाँ उपस्थित उत्तर र दक्षिण कोरियाका नागरिकका आँखा रसाए।

 

हुनतः त्यो झण्डा फहराएसँगै यी दुई देशको आन्तरिक दुश्मनी मेटिएको होइन, तर पनि यतिखेर यी दुई देश आपसमा नजिकिएकाले दुवै देशका नागरिक आफ्नो करिब ६५ वर्ष पुरानो बिछोड सम्झिएर भावुक बनेका हुन्।

 

यति लामो समयपछि पहिलो पटक यी दुई देश यतिखेर नजिकिएका छन्। उत्तर कोरियाका उच्च सरकारी अधिकारी मात्र नभएर सर्वसाधारण नागरिक पनि यतिखेर दक्षिण कोरिया पुगेका छन्। त्यस्तै चार वर्षपछि पहिलो पटक उत्तर कोरियाका महिला अधिकारीले दक्षिणको भ्रमण गर्ने अनुमति पाएसँगै त्यहाँ पुगेका छन्। उत्तरको सबैभन्दा लोकप्रिय गीतसंगीत समूह पनि दक्षिण कोरिया पुगेको छ भने दुवै देशका झण्डा साथसाथ फहराइएको छ।

 

यतिमात्र होइन, आगामी शुक्रबार यी दुवै देशका अधिकारी र खेलाडीले संयुक्त मार्च गर्ने तयारीसमेत गरेका छन्। दुवै देशका खेलाडीले आगामी शीतकालीन खेलको एउटा श्पर्धामा एकै समूहबाट खेल्ने भएका छन्। लाग्छ यी दुई कोरियाको साढे छ दशक पुरानो दुश्मनीपछिको एक अति रोमाञ्चक तथा भावनात्मक क्षण हुनेछ। त्यसो त यसरी एकै समूहबाट खेल्ने यो प्रयासलाई दक्षिण कोरियाभित्रैका पुरातनपन्थीले विरोध गरेका छन्। जापानले पनि उत्तरसँग दक्षिणको अस्वाभाविक र बढी झुकाव भनेर टिप्पणी पनि गरेको छ।

 

तर यस क्षणलाई बढो रोमाञ्चकरुपमा नियाल्दै दुई देशका नागरिकले भने आफ्नो पुरानो बिछोडको स्मरण गरिरहेका छन्। सन् १९५३ मा कोरिया टुक्रिएर दुई कोरिया बन्न पुगेको र त्यसपछि जो जहाँ छन् त्यहीँ बस्नुपर्ने भएकाले एकै परिवारका सदस्य पनि दुई देशका नागरिक मात्र नभएर ‘शत्रु’ का रुपमा बाँच्नु परिरहेको पीडालाई बुधबार फहराएको झण्डाले कम गर्नसके हुन्थ्यो भनेर उनीहरुले कामना गरिरहेका छन्।

 

यतिखेर दक्षिण कोरियामा शीतकालीन ओलम्पिक खेलको व्यापक तयारी भइरहेको छ। आगामी शुक्रबारदेखि यो खेल शुरु हुँदैछ। यस खेलका लागि अरु देशका प्रतिनिधि र खेलाडीसँगै यतिखेर दक्षिण कोरियाको राजधानी सोलमा पाहुनाको ठूलो भिड लागेको छ। त्यस भिडमा सबैभन्दा चासोपूर्ण रुपमा खोजिएका खेलाडी र अधिकारी भनेका उत्तर कोरियाका हुन्। उनीहरुलाई अरुले भन्दा बढी पश्चिमा र दक्षिण कोरियाली पत्रकारले बढी खोजिरहेका छन्।

 

उत्तर दक्षिण कोरियाका खेलाडी र अधिकारीका क्रियाकलापलाई पत्रकारले बढी ख्याल गरिरहेका छन्। ती पत्रकार र विश्वले नै दक्षिण कोरियाद्वारा आयोजित यो ओलम्पिक खेलमा उत्तर कोरियाले सहभागिता जनाउने जानकारी दिएदेखि नै पछ्याउन शुरु गरेका हुन्। यसरी यो खेलकूदका माध्यमबाट पछिल्लो समयमा दुई कोरियाबीचको कूटनीति विकास भएको छ। यसलाई पश्चिमा जगत्का विश्लेषक र सञ्चारले कोरियामा बढ्दो खेलकूद कूटनीतिका रुपमा पनि विश्लेषण गर्ने गरेका छन्।

नयाँ वर्ष सन् २०१८ को शुभकामनास्वरुप देशवासीका नाममा उत्तर कोरियाली नेता किम जोङ उनले गरेको सम्बोधनबाट उत्तर र दक्षिण कोरियामा यतिखेर नाटकीय परिवर्तन आएको हो भने यसले संसारमा नै सकारात्मक तरंग ल्याइदिएको छ। र उत्पन्न यस तरंगका कारण कोरियाली प्रायद्वीप हुँदै विश्वसम्म नै शान्तिको आशाको सञ्चार पनि भएको छ।

 

शुरुमा उक्त खेलकूदमा उत्तर कोरियाको सहभागिता नहुने हो कि भनी दुविधामा रहेको दक्षिण कोरिया पनि उत्तरको सहभागिताको सुनिश्चिततासँगै भरमग्दूर तयारीमा लागेको हो। उसले कुनै पनि कसर बाँकी नराखी यो खेलकूदमा उत्तरलाई बढीभन्दा बढी सहभागी गराउने र उत्तरका अधिकारीलाई जतिसक्दो भव्य स्वागत गर्ने काममा लागेको देखिएको छ।

 

बारम्बारको क्षेप्यास्त्र परीक्षण र अमेरिका र दक्षिण कोरियामाथि नै आक्रमणको धम्कीका कारण गएको वर्षभरि लगभग विश्व राजनीतिको केन्द्रमा रहेको र अमेरिका तथा विश्वकै टाउको दुखाइ बनेको उत्तर कोरियाली नेतामा अहिले देखापरेको यो नरमपनले शान्ति र सौहार्द रुप लेओस भन्ने मनोकांक्षा पनि यतिखेर विश्वका नागरिकमा देखिएको छ। त्यसैले पनि यस खेलकूदमा विश्वका नेताहरुले आफ्नो प्रतिनिधि र विशेषदूत पठाउने घोषणा गरेका छन्।

 

यसको पहिलो घोषणा चिनियाँ राष्ट्रपति सि चिनफिङले शुक्रबार आफ्नो प्रतिनिधि दक्षिण कोरिया पठाउने भनेर गरेका हुन्। त्यस्तै अमेरिका, जापान र अरु देशबाट पनि यहाँ प्रतिनिधि जाने भएका छन् । खेलकूदमा सहभागिताभन्दा पनि ती देशका प्रतिनिधिले यहाँ विकसित खेलकूद कूटनीतिलाई बढी प्रवर्धन गर्नछन्।

 

सन् १९५० जुन २० देखि १९५३ जूलाई सम्म पटकपटक भएका युद्धमा हजारौँ कोरियालीले ज्यान गुमाए र अन्ततः सन् १९५३ मा कोरिया विभाजन भयो। उत्तर र दक्षिणमा विभाजित यी देशको सिमानासँगै देशबासीका आफन्त पनि छुट्टिए। दुई देशबीच बेलाबखतमा यी आफन्तको मेलमिलाप भएको दृश्यले विश्वको कुनै पनि स्थानमा बसोबास गरिरहेका व्यक्तिको हृदय छुन्छ। बाबु–छोरा, दिदी–बहिनी, दाजुभाइजस्ता रगतको नाताका सदस्य पनि दुई देशका नागरिक र त्यो पनि शत्रुतापूर्ण रुपमा बाँच्नु परिरहेको छ।

 

यही खेलकूदमा सहभागिताको सुनिश्चिततापछि पछिल्लो समयमा यी दुई देशबीचको सम्बन्धमा सुधार आएको छ। दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले उत्तर कोरियाली नेताले उक्त खेलकूदमा सहभागी हुने भनी दिएको स्वीकारोक्तिको तत्कालै स्वागत गरे र तत्कालै मन्त्रिपरिषद्को बैठक डाकेर उच्चस्तरीय द्विपक्षीय वार्ताको तयारी थाल्न निर्देशन दिए।

 

दक्षिण कोरियाले आयोजना गरी सहभागिताका लागि उत्तर कोरियालाई आमन्त्रण गरेको शीतकालीन ओलम्पिक खेलमा पनि उत्तर कोरियाले सहभागिता जनाउने खबर पठाएकोले खेलकूदको तयारी गर्न निर्देशन दिए। दक्षिण कोरियाको राष्ट्रपतिमा निर्वाचित भएपछि इनले दुई कोरियाको एकीकरणसम्मको आकांक्षा व्यक्त गरेका थिए। दुई कोरियाको विभाजनपश्चात् उनका पिता मुन योङ्ग–ह्युङ्ग उत्तर कोरियाबाट पलायन भई शरणार्थीको रुपमा दक्षिण कोरिया प्रवेश गरेका थिए। इन पनि आफ्ना पिताजीसँगसँगै दक्षिण कोरिया आएका हुन, यद्यपि उनको जन्म भने दक्षिणमा नै भएको हो।

 

उनले बाल्यकालमा रमाएको भूमिमा पुगेर सद्भाव देखाउने र छिट्टै प्योङ्याङ भ्रमण गर्ने इच्छा व्यक्त गरेका थिए। यसमार्फत दुई कोरियाकै एकीकरणमा पनि आफूले सार्थक पहल थाल्ने उनको चाहना आजसम्म दुई कोरियाको उच्चस्तरीय वार्तासम्म पनि पुग्न सकेको छैन। यस्तो अपेक्षित सार्थक वार्ताको लागि यस खेलकूदले एक सशक्त कूटनीतिको भूमिका निर्वाह गर्नसक्ने पनि देखिएको छ।

 

उत्तरको आणविक होडले आपसमा झन शत्रुता थपेको भए पनि एकीकरणको सपना पालेर बाँचिरहेका यी दुई देशका नागरिकले यतिखेरको प्रयासले सार्थकता पाउन सकोस् भन्ने कामना गरिरहेका छन्। दुई देशका बीचमा पलाएको यो पछिल्लो झिनो आशाले सद्भावको विकास गर्दै दुई देशकै एकीकरणसम्म पु¥याउन सकोस भन्ने कामना दुई कोरियाली नागरिकमात्र नभएर विश्वका शान्तिप्रिय नागरिकले पनि गरेका छन्। यस कार्यका लागि यो खेलकूद कूटनीति सफल हुन सकोस् भन्ने चाहना उनीहरुको छ। नेपालखबरबाट

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

मुख्य समाचार सम्बन्धि थप

  • अदालतको फैसला मान्छौँ, कार्यान्वयन गछौँ ः प्रम ओलीअदालतको फैसला मान्छौँ, कार्यान्वयन गछौँ ः प्रम ओली
  • सर्वोच्चको फैसला हामीले अपेक्षा गरेभन्दा फरक आएको लागेको छ: प्रचण्डसर्वोच्चको फैसला हामीले अपेक्षा गरेभन्दा फरक आएको लागेको छ: प्रचण्ड
  • सर्वोच्चद्वारा ऋषिराम कट्टेल अध्यक्ष रहेको नेकपाकाे पक्षमा फैसला (पूर्णपाठ सहित)सर्वोच्चद्वारा ऋषिराम कट्टेल अध्यक्ष रहेको नेकपाकाे पक्षमा फैसला (पूर्णपाठ सहित)
  • ‘कोभ्याक्स’काे तीन लाख ४८ हजार मात्र खोप आइपुग्यो‘कोभ्याक्स’काे तीन लाख ४८ हजार मात्र खोप आइपुग्यो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    अदालतको फैसला मान्छौँ, कार्यान्वयन गछौँ ः प्रम ओली

    अदालतको फैसला मान्छौँ, कार्यान्वयन गछौँ ः प्रम ओली

    उत्तर कोरियाले पेट्रोलियम आयातमा तोकिएको सीमा उल्लङ्घन

    उत्तर कोरियाले पेट्रोलियम आयातमा तोकिएको सीमा उल्लङ्घन

    सर्वोच्चको फैसला हामीले अपेक्षा गरेभन्दा फरक आएको लागेको छ: प्रचण्ड

    सर्वोच्चको फैसला हामीले अपेक्षा गरेभन्दा फरक आएको लागेको छ: प्रचण्ड

    सर्वोच्चद्वारा ऋषिराम कट्टेल अध्यक्ष रहेको नेकपाकाे पक्षमा फैसला (पूर्णपाठ सहित)

    सर्वोच्चद्वारा ऋषिराम कट्टेल अध्यक्ष रहेको नेकपाकाे पक्षमा फैसला (पूर्णपाठ सहित)

    ट्वीटरका संस्थापक डोर्सीको पहिलो ट्वीट लिलामीमा

    ट्वीटरका संस्थापक डोर्सीको पहिलो ट्वीट लिलामीमा

    ‘कोभ्याक्स’काे तीन लाख ४८ हजार मात्र खोप आइपुग्यो

    ‘कोभ्याक्स’काे तीन लाख ४८ हजार मात्र खोप आइपुग्यो

    गलत औषधिले माछा मरेको भन्दै क्षतिपूर्ति माग

    गलत औषधिले माछा मरेको भन्दै क्षतिपूर्ति माग

    अनिच्छापूर्वक बन्ध्याकरण’ गराइएका पेरूका नागरिकद्वारा न्याय पाउने आशा व्यक्त

    अनिच्छापूर्वक बन्ध्याकरण’ गराइएका पेरूका नागरिकद्वारा न्याय पाउने आशा व्यक्त

    अदालतको फैसला मान्छौँ, कार्यान्वयन गछौँ ः प्रम ओली

    अदालतको फैसला मान्छौँ, कार्यान्वयन गछौँ ः प्रम ओली

    सर्वोच्चको फैसला हामीले अपेक्षा गरेभन्दा फरक आएको लागेको छ: प्रचण्ड

    सर्वोच्चको फैसला हामीले अपेक्षा गरेभन्दा फरक आएको लागेको छ: प्रचण्ड

    सर्वोच्चद्वारा ऋषिराम कट्टेल अध्यक्ष रहेको नेकपाकाे पक्षमा फैसला (पूर्णपाठ सहित)

    सर्वोच्चद्वारा ऋषिराम कट्टेल अध्यक्ष रहेको नेकपाकाे पक्षमा फैसला (पूर्णपाठ सहित)

    ‘कोभ्याक्स’काे तीन लाख ४८ हजार मात्र खोप आइपुग्यो

    ‘कोभ्याक्स’काे तीन लाख ४८ हजार मात्र खोप आइपुग्यो

    तयारीका साथ संसद्मा प्रस्तुत हुन प्रमको निर्देशन

    तयारीका साथ संसद्मा प्रस्तुत हुन प्रमको निर्देशन

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ

    नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ

    कोरोना प्रभाव कम गर्न सबै पक्षसँग छलफल गर्छौँ : अर्थमन्त्री

    कोरोना प्रभाव कम गर्न सबै पक्षसँग छलफल गर्छौँ : अर्थमन्त्री

    प्रधानसेनापति खुला म्याराथनको उपाधि सेनाका बस्नेतलाई

    प्रधानसेनापति खुला म्याराथनको उपाधि सेनाका बस्नेतलाई

    केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    राष्ट्रपतिबाट खातुनलाई बधाई

    राष्ट्रपतिबाट खातुनलाई बधाई

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    ट्वीटरका संस्थापक डोर्सीको पहिलो ट्वीट लिलामीमा

    ट्वीटरका संस्थापक डोर्सीको पहिलो ट्वीट लिलामीमा

    सन्फ्रान्सिस्को  -  विश्वप्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरका संस्थापक ज्याक डोर्सीले आफूले गरेको पहिलो ट्वीट बिक्रीका लागि लिलामीमा राख्नुभएको छ...  विस्तृतमा

    अनिच्छापूर्वक बन्ध्याकरण’ गराइएका पेरूका नागरिकद्वारा न्याय पाउने आशा व्यक्त

    अनिच्छापूर्वक बन्ध्याकरण’ गराइएका पेरूका नागरिकद्वारा न्याय पाउने आशा व्यक्त

    पाकिस्तानी प्रधानमन्त्री खान विश्वासको मत पुष्टि गर्न सफल

    पाकिस्तानी प्रधानमन्त्री खान विश्वासको मत पुष्टि गर्न सफल

    चीनले अरब लिगलाई कोभिड–१९ को खोप उपलब्ध गरायो

    चीनले अरब लिगलाई कोभिड–१९ को खोप उपलब्ध गरायो

    टोकियोमा सङ्कटकालको अवधि फेरि थपियो

    टोकियोमा सङ्कटकालको अवधि फेरि थपियो

    अमेरिकामा कोभिड–१९ बाट संक्रमित पाँच महिना यताकै सबैभन्दा कम

    अमेरिकामा कोभिड–१९ बाट संक्रमित पाँच महिना यताकै सबैभन्दा कम

    कोभिड–१९ बाट अत्यधिक प्रभावित इटलीमा गरीबीको दर उच्च

    कोभिड–१९ बाट अत्यधिक प्रभावित इटलीमा गरीबीको दर उच्च

    बेलायती राजकुमार फिलिपको स्वास्थ्यमा सुधार ः चिकित्सक

    बेलायती राजकुमार फिलिपको स्वास्थ्यमा सुधार ः चिकित्सक

    म्यानमारमा सेनाले सत्ता सम्हालेदेखि बिहीबारसम्म ५४ को मृत्यु, राष्ट्रसंघद्वारा चासो व्यक्त

    म्यानमारमा सेनाले सत्ता सम्हालेदेखि बिहीबारसम्म ५४ को मृत्यु, राष्ट्रसंघद्वारा चासो व्यक्त

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑