काठमाडौं – २३ औं विन्टर ओलम्पिक दक्षिण कोरियाको प्योङच्याङमा शुक्रबारबाट सुरु हुँदैछ । प्योङचाङमा उदघाटन समारोहको भव्य तयारी गरिएको छ |शुक्रबारदेखि शुरु हुने यो ओलम्पिक २५ फेब्रुअरीसम्म चल्ने छ । दक्षिण कोरियाका १३ स्थानमा १५ खेलको स्पर्धा हुनेछ ।
१०२ स्वर्ण पदकका लागि विश्वका ३ हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यस्तै सन् २०१४ को ओलम्पिकमा शक्तिवर्धक औषधि लिएको आरोपमा प्रतिवन्ध खेपेको रुसका १६९ खेलाडीले यो प्रतियोगितामा स्वतन्त्र रुपमा प्रतिस्पर्धा गर्दैछन् ।
यो ओलम्पिक पहिलो पटक दक्षिण कोरियामा आयोजना हुन लागेको हो । सोलमा १९८८ मा ग्रीष्मकालीन ओलम्पिक आयोजना भएको थियो । तर प्योङचाङ शीतकालीन ओलम्पिक आयोजना गर्ने दक्षिण कोरियाको पहिलो शहर बनेको छ ।
यही ओलम्पिकबाट उत्तर कोरिया र दक्षिण कोरियाबीच सम्बन्ध सुधार हुने विश्वास गरिएको छ । शत्रुतापूर्ण सम्बन्ध रहेका दुबै कोरियाली प्रायद्वीपका खेलाडीहरु यो ओलम्पिकमा एउटै झण्डामुनि आएका छन् । उदघाटन समारोहमा दुवै कोरियाली खेलाडीहरुले एउटै झण्डा लिएर मार्चपास गर्नेछन् ।
प्योङचाङ ओलम्पिक, इतिहासमै सबैभन्दा चिसो क्षेत्रमा भएको पहिलो ओलम्पिकसमेत हो । बिहीबार राति माइनस २० डिग्री रेकर्ड गरिएको तापक्रम अझै घट्ने अनुमान गरिएको छ ।
नयाँदिल्ली - भारतमा गत २४ घण्टामा थप २ लाख १७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको संख्या एक करोड ४२ लाख ९१ हजार... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस