काठमाडौं – सवारी साधनको पार्टपुर्जा बिक्रीको आडमा मुद्राको अवैध ओसारपसार (हुन्डी)को कारोबार गर्दै आएका चारजनालाई प्रहरीले पक्राउ गरेको छ | वीरगन्जको लिंकरोड स्थित न्यू दक्षिणकाली अटो मोबाइल्समा छापामारी प्रहरीले रु ५५ लाख ६४ हजारसहित चारजनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मुख्य कारोबारी भारत बिहार रक्सौल निवासी रितेशकुमार गुप्ता भनिने अग्रवाल, लिंकरोड निवासी राजेश रौनियार, ठेगाना खुल्न नसकेका विमित अग्रवाल र मनोज पटेललाई पक्राउ गरिएको प्रहरी उपरीक्षक डा गणेश रेग्मीले जानकारी दिए।
न्यू दक्षिणकाली अटोमोबाइल्सबाट अवैध रकम ओसारपसार हुने गरेको पूर्वसूचनाको आधारमा छापामारी गर्दा कारोबारमा संलग्न दुई दर्जन बैंकका चेकबुक, दुई बोरा खाता, छ थान मोबाइल र नगद बरामद भएपछि आवश्यक अनुसन्धानका लागि चारैजनालाई नियन्त्रणमा लिइएको उपरीक्षक रेग्मीले जानकारी दिए।
प्रहरी नियन्त्रणमा रहेका मध्ये भारतीय नागरिक रितेश मुख्य कारोवारी र अन्य सहयोगी रहेकोे अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक रेग्मीले बताए। रितेशले वीरगन्जमा बुझेको रकम अवैधरुपमा अमेरिका, युएई, हङकङ, सिंगापुर, भारतलगायतको देशमा उपलब्ध गराउँदै आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
अटोमोबाइल्सबाट बरामद भएको सामान र पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय, पर्सामा राखी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। पक्राउ परेकामाथि संगठित अपराधमा मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ।
नयााँ दिल्ली - भारतमा बुधबार एकै दिनमा कोभिड–१९ को कारण दुई हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसै अवधीमा भारतमा एकै दिनमा करिब ३ लाख व्यक्ति... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस