hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Thu, 21, Jan, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / साहित्य

‘कविशिरोमणि रचनावली’ नेपालयले प्रकाशन गर्ने

४ फाल्गुन २०७४, शुक्रबार १०:१२ मा प्रकाशित (2 बर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
hotpati admin

काठमाण्डौ-पब्लिकेशन्स नेपालयले नेपाली साहित्यका स्थापित रचनाकारहरूका कृतिहरू प्रकाशन गर्ने क्रमलाई निरन्तरता दिएको छ । प्रकाशन संस्थाले यस्ता कृतिहरूको प्रकाशनको शृंखलालाई ‘नेपालय क्लासिक्स’नाम दिँदै आएको छ । यही शृंखला अन्तर्गत यसपाली कविशिरोमणि लेखनाथ पौड्यालका कृतिहरू परेका छन् । ‘कविशिरोमणि रचनावली’ भित्र लेखनाथ पौड्यालका सम्पूर्ण सृजनाहरू समावेस छन् ।

वि. सं. १९४१ पुसमा कास्कीको अर्घौ अर्चलेमा जन्मिएका कवि शिरोमणि लेखनाथ पौड्याल नेपाली साहित्यका एक शीर्ष साधक हुन् । पौड्याल नेपाली पद्य साहित्यमा शास्त्रियता र दर्शनलाई कलापूर्ण, सरल र सरस तरिकाले प्रस्तुत गर्ने सिपका अगुवा कवि मानिन्छन् । सँस्कृत भाषाको पृष्ठभूमिमा हुर्किएर पनि नेपाली भाषाको काव्य सृजनालाई आधुनिक युगमा प्रवेश गराउने कामको आरम्भ लेखनाथबाटै भएको मानिन्छ ।

कविशिरोमणि लेखनाथलाई परिष्कारवादी धाराका प्रणेता पनि मानिन्छ । यी कविले आफ्ना प्रकाशित कृतिलाई समेत पुनःपरिमार्जित गर्ने गरेको पाइन्छ । कविशिरोमणिका ‘पिजराको सुगा’, ‘कालमहिमा’, ‘सत्य—सन्देश’, ‘गौंथलीको चिरिबिरि’, ‘जीवन—चङ्गा’ जस्ता अनेकौं रचनाहरू आम पाठकका बीच पनि लोकप्रिय रहेका सृजनाहरू हुन् । उनका कतिपय कविताका हरफहरू त लोकोक्ति बनेर समेत फैलिएका छन् ।

कालिदास र मैथलिशरण गुप्तालाई मन पराउने कविशिरोमणि लेखनाथ पौड्याल महाकवि लक्ष्मीप्रसाद देकोटा र माधवप्रसाद घीमिरेलाई पनि औधि मन पराउथे । महाकवि लक्ष्मीप्रसाद देवकोटाका शब्दमा लेखनाथ पौड्याल ‘ऋषिकल्प प्राज्ञ’थिए । लेखनाथलाई औपचारिक शिक्षा थोरै भएको भन्दै प्रज्ञाप्रतिष्ठानको सदस्यता दिन हिचकिचाउने राजा महेन्द्र सामु देवकोटाले ‘ऋषिकल्प प्राज्ञ’नभएको संस्थामा आफू रहनु उचित नहुने धारणा राखेको सन्दर्भलाई उल्लेख्य मानिन्छ ।

लेखनाथको निधनको आधा शताब्दीपछिसम्म पनि उनका केही रचनाहरू अप्रकाशितै थिए । ती कृतिसमेत खोजबीन गरी प्राध्यापक सनतकुमार वस्तीले ‘कविशिरोमणि रचनावली’ लाई पूर्णता दिएका हुन् । नेपाल संस्कृत विश्वविद्यालयका साहित्य विषयका प्राध्यापक वस्तीले लेखनाथका जटिल पद—पदावलीलाई सन्दर्भ सहित सरल बनादिएको हुनाले यो सँग्रह पाठकका निम्ति थप आकर्षक बन्न सक्छ ।

‘हरेक नेपालीका घरमा श्रद्धासाथ राख्न मिल्ने गरी बाबाका कृतिहरूको संकलन प्रकाशित होस् भन्ने चाहना थियो; साहित्यकार जगदिश घिमिरेले कोट्याउनु भएको कुरामा परिवारका सदस्य, लेखनाथ प्रतिष्ठान, प्राध्यापक सनतकुमार वस्ती र सुभचिन्तक सबैबाट अनुपम सहयोग प्राप्त भयो र हाम्रो हातमा यति आकर्षक ‘कविशिरोमणि रचनावली’ आइपुग्यो; मेरो खुसीको सिमा छैन ।’रचनावली हातमा परेपछि लेखनाथकी नातिनी डा. प्रतिभा पाण्डेको प्रतिक्रिया थियो ।

‘नेपाली साहित्यमा स्थापित सृजनशील साधकका अमूल्य कृतिहरू बजारमा अप्राप्य छन् । त्यस्ता साहित्यिक कृतिहरू स्तरीय रुपमा आजका पाठकका निम्ति पनि उपलब्ध हुनुपर्छ भन्ने ध्येयले हामीले ‘नेपालय क्लासिक्स’ शुरु गरेका हौं । यो क्रममा कविशिरोमणिका कृतिलाई प्रकाशनमा ल्याउन पाउनु हाम्रो अहोभाग्य हो ।’पब्लिकेशन्स नेपालयका किरण कृष्ण श्रेष्ठले भने ।

कविशिरोमणिका सम्पूर्ण कृतिको संगालो ‘कविशीरोमणि रचनावली’ ले नेपाली साहित्यको विकासक्रमलाई समेत बुझ्न सघाउ पु¥याउने विश्वास गर्न सकिन्छ । उनका समग्र सिर्जनाहरूलाई एकगठ पारेर प्रकाशित ‘कविशिरोमणि रचनावली’ लाई विधागत् पाँच भागमा संगालिएको छ । कविशिरोमणि लेखनाथको देहावसान वि.सं. २०२२ फागुन ७ गते भएको थियो । ‘कविशीरोमणि रचनावली’ रचनाकारको पुण्यमितिको अवसर पारेर, यही फागुन ७ गते सार्वजनिक हुने भएको छ । आकर्षक र बाक्लो गातामा सजिएको यस सँग्रहको मूल्य रु.६९७५ रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

साहित्य सम्बन्धि थप

  • झर्रोवादी साहित्यकार रेग्मी पुरस्कृतझर्रोवादी साहित्यकार रेग्मी पुरस्कृत
  • ‘सिंहदरबारको घुम्ने मेच’ सार्बजनिक‘सिंहदरबारको घुम्ने मेच’ सार्बजनिक
  • सीको नेपाल यात्रा -सचित्र पुस्तकमासीको नेपाल यात्रा -सचित्र पुस्तकमा
  • राष्ट्रिय कविता महोत्सव मङ्सिरमाराष्ट्रिय कविता महोत्सव मङ्सिरमा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    काडमाडौँ महानगरपालिकाद्वारा तीन विधेयक पारित

    काडमाडौँ महानगरपालिकाद्वारा तीन विधेयक पारित

    जिम्बाब्बेका विदेश मन्त्रीको कोरोनाका कारण निधन

    जिम्बाब्बेका विदेश मन्त्रीको कोरोनाका कारण निधन

    ऐतिहासिक टासी छ्योलिङ गुम्बा संरक्षणको पर्खाइमा

    ऐतिहासिक टासी छ्योलिङ गुम्बा संरक्षणको पर्खाइमा

    निर्वाचन चहलपहल : भोजपुरका आधा दर्जन मतदानस्थल परिवर्तन, छ वटा केन्द्र थप

    निर्वाचन चहलपहल : भोजपुरका आधा दर्जन मतदानस्थल परिवर्तन, छ वटा केन्द्र थप

    छ महिनामा २१६ दुर्घटना

    छ महिनामा २१६ दुर्घटना

    मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

    मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

    सर्लाहीमा यात्रु बस पल्टियो, दुईको मृत्यु १९ जना घाइते

    सर्लाहीमा यात्रु बस पल्टियो, दुईको मृत्यु १९ जना घाइते

    नेपालगञ्ज भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा बढी राजस्व असुली

    नेपालगञ्ज भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा बढी राजस्व असुली

    ओलीको छायाँलाई नपछयाऊँ-कांग्रेस

    ओलीको छायाँलाई नपछयाऊँ-कांग्रेस

    नेपाललाई भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोप

    नेपाललाई भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोप

    प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार छैन

    प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार छैन

    प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

    प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

    प्रतिनिधिसभा विघटनविरुद्धको बहस लम्बिने

    प्रतिनिधिसभा विघटनविरुद्धको बहस लम्बिने

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    ऐतिहासिक टासी छ्योलिङ गुम्बा संरक्षणको पर्खाइमा

    ऐतिहासिक टासी छ्योलिङ गुम्बा संरक्षणको पर्खाइमा

    निर्वाचन चहलपहल : भोजपुरका आधा दर्जन मतदानस्थल परिवर्तन, छ वटा केन्द्र थप

    निर्वाचन चहलपहल : भोजपुरका आधा दर्जन मतदानस्थल परिवर्तन, छ वटा केन्द्र थप

    वनका कर्मचारीको प्रश्न : ‘हामीलाई किन फाजिल बनाइयो ?

    वनका कर्मचारीको प्रश्न : ‘हामीलाई किन फाजिल बनाइयो ?

    महिला बेपत्ताः साइकल फेला

    महिला बेपत्ताः साइकल फेला

    खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही

    खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    जिम्बाब्बेका विदेश मन्त्रीको कोरोनाका कारण निधन

    जिम्बाब्बेका विदेश मन्त्रीको कोरोनाका कारण निधन

    हरारे - जिम्बाब्बेका विदेशमन्त्री सिबुसिसो मोयोको बुधबार निधन भएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको एक दिनपछि बुधबार उहाँको निधन भएको...  विस्तृतमा

    अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिए सपथ

    अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिए सपथ

    अनुदानमा कोरोनाको खोप

    अनुदानमा कोरोनाको खोप

    नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

    नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

    राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ

    राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ

    ‘इङ्ल्यान्डमा हरेक आठमध्ये एक व्यक्ति कोभिड सङ्क्रमित’

    ‘इङ्ल्यान्डमा हरेक आठमध्ये एक व्यक्ति कोभिड सङ्क्रमित’

    सुडानको डार्फर क्षेत्र मङ्गलबार शान्त, जातीय झडपमा मृत्यु हुनेको सङ्ख्या १५५ पुग्यो

    सुडानको डार्फर क्षेत्र मङ्गलबार शान्त, जातीय झडपमा मृत्यु हुनेको सङ्ख्या १५५ पुग्यो

    उपराष्ट्रपतिमा नवनिर्वाचित ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा

    उपराष्ट्रपतिमा नवनिर्वाचित ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा

    भारत–अस्ट्रेलिया टेस्ट क्रिकेटः भारतको रोमाञ्चक जित

    भारत–अस्ट्रेलिया टेस्ट क्रिकेटः भारतको रोमाञ्चक जित

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑