काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आइतबार एकता संयोजन समितिको बैठक बोलाउने सहमति भएको छ।
पार्टी एकताका विषयमा शनिवार बिहान ओली–प्रचण्डबीच भएको एक्लाएक्लै भेटघाट र छलफलले संयोजन समितिको बैठक आइतबार बोलाउने निर्णय गरेको हो।
बुधवार बसेको एकता संयोजन समितिको बैठकमा पार्टी एकतालाई लिएर विमति पैदा भएपछि ओली र प्रचण्ड पहिलोपटक एक्लाएक्लै छलफलमा बसेका हुन्।
प्रधानमन्त्री ओलीका प्रैस संयोजक चेतन अधिकारीका अनुसार दुई शीर्ष नेताबीच करिव ४५ मिनेट कुराकानी भएको थियो। ‘उहाँहरुबीच छलफल भयो, आइतबार एकता संयोजन समितिको बैठक बोलाउने सहमति भएको छ’, उनले भने।
पार्टी एकतामा असमझदारी पैदा भएपछि माओवादी केन्द्रले ओली सरकारमा मन्त्रीहरु पठाएको छैन। माओवादी केन्द्रले सरकारलाई समर्थन भएपनि पार्टी एकताका विषयमा टुंगो नलागी सरकारमा मन्त्री नपठाउने अडान राख्दै आएको छ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक अलेक्सी नभाल्नीलाई मस्कोबाट २०० किलोमिटर पूर्वमा रहेको पूर्व भ्लादिमीर क्षेत्रमा रहेको एक जेलमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस