सोल – दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले अहिले नै उत्तर कोरियासँगको बैठक अलि चाँडो हुने प्रतिक्रिया दिएका छन् । हालैका दिनमा उत्तर र दक्षिण कोरियाबीचको सम्बन्धमा सुधार आएको छ । हालैमात्र दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिक खेलकुदमा उत्तर कोरियाको सहभागिताका कारण यी दुई देशबीचको सम्बन्ध विगतका तुलनामा केही सुधार भएको हो ।
यसैकारण उत्तर कोरियाले दक्षिण कोरियालाई बैठकको निमन्त्रणा दिएको छ । उत्तर कोरियाका नेता किम जोङ उनले उत्तर कोरियामा दुई देशको बैठकका लागि आमन्त्रण गरेका थिए । त्यस बैठकमा उनको उपस्थितिका लागि निमन्त्रणा पत्र दक्षिणका राष्ट्रपति मुनले प्राप्त गरेका छन् । उत्तर कोरियाका नेता जोङ उनकी बहिनीले उक्त पत्र मुनलाई हस्तान्तरण गरेकी थिइन् । उनी ओलम्पिकमा सहभागिताका लागि त्यहाँ गएकी थिइन् ।
दक्षिण कोरियाको पियनचोन नामक शहरमा रहेको प्रेस सेन्टरमा संवाददाताहरूसँग राष्ट्रपति मुनले भने, ‘दक्षिण कोरिया र उत्तरका बीचमा धेरै सम्भावना छन्, आगामी दिनमा आपसी वार्ताबाटै सबै कुराको टुंगो लगाउनुपर्छ ।’ कोरियालीहरूले हतारमा काम गर्ने भन्ने एउटा उखान पनि उनले सुनाए । उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघका विभिन्न नाकाबन्दी र प्रतिबन्ध अहिले पनि कायमै छन् । उसलाई सुरक्षा परिषद्ले पनि यस विषयमा कालो सूचीमा राखेको छ । उत्तर कोरियाले गतवर्ष धेरै आणविक परीक्षण गरेको थियो ।
उत्तर कोरिया र अमेरिकासँग पनि वार्ता गर्नुपर्ने विषयमा राष्ट्रिय सहमतिको वातावरण भने बनिरहेको मुनले बताए । ‘हामी पनि दक्षिण कोरियाका तर्फबाट तयार छौँ र उत्तर कोरियाले पनि वार्ताको पहल गरेको छ । यो राम्रो र सकारात्मक पहल हो’, मुनले भने । उनले यही अवस्थाबाट अघि बढेमा आगामी केही दिनमा प्रारम्भिक रूपमा वार्ता हुने र अर्काे बृहत् मात्राको बैठक भने केही पछि गर्नुपर्ने उनले खुलासा गरे ।
युरोपेली संघका सदस्य राष्ट्रहरुले आगामी अप्रिलदेखि मासिक १० करोड खोप पाउने भएका छन् । युरोपेली संघका प्रमुख उर्सुला भोन डर लेयनले संघ अन्तर्गतका... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस