hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Tue, 26, Jan, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / प्रवास / एनआरएन

युएईमा अलपत्र नौ महिला फर्काइए

७ फाल्गुन २०७४, सोमबार ०५:१० मा प्रकाशित (2 बर्ष अघि) अनुमानित पढ्ने समय : २ मिनेट
hotpati admin

युएई – अवैधानिक बाटो हुँदै युएई आएर अलपत्र परेका नौजना नेपाली महिलाको एनआरएनए युएईको पहलमा उद्धार भएको छ । उद्धारपछि सबैलाई नेपाल पठाइएको छ ।

 

एनआरएनएले नौमती घर्ती, युना राई, रितु सुनार, स्वस्तिका योञ्जन, कल्पना विश्वकर्मा, गंगा थापा, अञ्जना लिम्बू र रीता सुनारलाई उद्धार गरी नेपाल पठाइएको एनआरएनए युएईका उपाध्यक्ष बालकृष्ण मरासिनीले बताए । उनका अनुसार दलाललाई फिर्ती टिकट कटाउन लगाएर उनीहरूलाई नेपाल पठाइएको हो ।

 

दलालमार्फत नै युएई ल्याइएकी गीता राई भने गत ५ फेब्रुअरीमा नेपाल फर्काइएकी थिइन् । उनी पाँच महिना नेपाली दूतावासको आश्रयस्थलमा बसेकी थिइन् । उनलाई नेपाल फर्काउन एनआरएनए युएईले टिकटको व्यवस्था गरिदिएको थियो ।

 

नौजनालाई नै भारतको बाटो हुँदै सारजाह विमानस्थलबाट युएई ल्याई थुनेर राखिएको थियो । उनीहरूलाई युएईमा रहेका एजेन्ट सुजन भण्डारीले आफ्नो कोठामा थुनेर राखेका थिए । आफूहरूलाई परिवारसँगको सम्पर्कबाट वञ्चित गरेर राखेको पीडितहरूले बताए ।

 

एजेन्ट भण्डारीले श्रीमती शान्तिमाया राई (एलिसा) र बिरु पौडेलको सहयोगमा उनीहरूलाई कोठामा थुनेका थिए । दलालले आफूहरूको मोबाइल र पासपोर्ट खोसेको उनीहरूले बताएका छन् । त्यस्तै, खाना नदिने, विभिन्न अरेबियनका घरमा जागिर लगाइदिने भन्दै लैजाने र तलब नदिने, केही कुरामा विमति राख्यो भने धम्की दिने र पिट्ने गरेका उनीहरूको गुनासो छ ।

 

आफूहरूलाई ओमन बेच्न लाने तयारी गरिरहेको अवस्थामा लुकाएको मोबाइलको सहायताले उनीहरू एनआरएन दुबई क्षेत्रीय समितिका सचिव प्रकाश सुनारको सम्पर्कमा पुगेका थिए । त्यसपछि एनआरएन युएईको विशेष पहलमा स्थानीय सिआइडीलाई खबर गरी उनीहरूको उद्धार गरिएको थियो ।

 

उनीहरूलाई उद्धार गर्न एनआरएनए युएईका उपाध्यक्ष बालकृष्ण मरासिनी, आइसिसी सदस्य मनोज श्रेष्ठ, दुबई क्षेत्रीय अध्यक्ष मदन अधिकारी, दुबई क्षेत्रीय सचिव प्रकाश सुनार, एभरेस्ट मार्सल आर्ट एन्ड स्पोर्टस् युएईका अध्यक्ष रवि शाहीसहितको टोली अजमान पुगेको थियो । टोलीले उनीहरूलाई लुकाएको कोठामा छापा मारेको जनाइएको छ ।

 

टोलीले दलाललाई पनि पक्राउ गरेर प्रहरीलाई बुझाएको छ । तीनजना दलाल दुबई प्रहरीको हिरासतमा छन् । अवैधानिक बाटो हुँदै युएई ल्याएर ओमन, कुवेत, लेबनानलगायत देशमा महिलाहरूको बिक्री गर्न नेपालीहरू नै सक्रिय छन् । दलालहरूले महिलालाई विभिन्न प्रलोभनमा ल्याउने र युएई ल्याइसकेपछि डर–धम्कीका भरमा जस्तोसुकै काम गर्न बाध्य पार्ने गरेका छन् ।

 

उद्धार गरेर नेपाल फर्काइएकी गीता राईका अनुसार उनी ३५ हजार रुपैयाँ तिरेर दलाल प्रवीण राईमार्फत युएई पुगेकी हुन् । एअरपोर्ट सेटिङ गरी ल्याइएकी उनलाई एजेन्ट सुजन भण्डारीकी श्रीमती शान्तिमाया राई (एलिसा)ले कोठामा लगेर थुनेकी थिइन् ।

 

उनलाई एलिसाले अरेबियनका घरमा कामका लागि पठाउने गर्थिन् । उनलाई दुई महिनासम्म तलब दिइएको थिएन । आफूलाई उज्वेकिस्तान पठाउन लागेको थाहा पाएपछि उनी त्यहाँबाट भागेर साथीहरूको सहयोगमा नेपाली दूतावास पुगेकी थिइन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

प्रवास / एनआरएन सम्बन्धि थप

  • एनआरएनले दोहोरो नागरिकता पाउनेएनआरएनले दोहोरो नागरिकता पाउने
  • साउदीमा कोरोना सक्रमणले एक नेपालीको मृत्युसाउदीमा कोरोना सक्रमणले एक नेपालीको मृत्यु
  • कोरियामा ओली बेपत्ताकोरियामा ओली बेपत्ता
  • एनआरएनए विज्ञ सम्मेलनको निष्कर्ष – सरकारको समन्वयमा कोरोनाबिरुध्हको लडाइँएनआरएनए विज्ञ सम्मेलनको निष्कर्ष – सरकारको समन्वयमा कोरोनाबिरुध्हको लडाइँ

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    कोरियामा ‘आमाको तासफोटो’ र ‘छकालै’ लोकार्पित

    कोरियामा ‘आमाको तासफोटो’ र ‘छकालै’ लोकार्पित

    ट्रम्पद्वारा फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना

    ट्रम्पद्वारा फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना

    सीमा नाका बन्द हुँदा चोरबाटोेको प्रयोग

    सीमा नाका बन्द हुँदा चोरबाटोेको प्रयोग

    उपत्यकाको ट्राफिक व्यवस्थापनमा स्काउटका ‘स्वयंसेवक’

    उपत्यकाको ट्राफिक व्यवस्थापनमा स्काउटका ‘स्वयंसेवक’

    सात वर्षीया बालिकाकाे उद्धार

    सात वर्षीया बालिकाकाे उद्धार

    मदन भण्डारी विश्वविद्यालयलाई निजी जग्गा अधिग्रहणको प्रक्रिया

    मदन भण्डारी विश्वविद्यालयलाई निजी जग्गा अधिग्रहणको प्रक्रिया

    प्रदेश नं १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने

    प्रदेश नं १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने

    रु ४०० ले उकालो लाग्यो सुन

    रु ४०० ले उकालो लाग्यो सुन

    ‘संसद विघटनको विरोध गर्ने लोकतन्त्रविरोधी हुन्’ -प्रधानमन्त्री ओली

    ‘संसद विघटनको विरोध गर्ने लोकतन्त्रविरोधी हुन्’ -प्रधानमन्त्री ओली

    निर्वाचन आयोगले दिएन नेकपा विभाजनलाई मान्यता, पहिलेकै पार्टी यथावत रहने निर्णय

    निर्वाचन आयोगले दिएन नेकपा विभाजनलाई मान्यता, पहिलेकै पार्टी यथावत रहने निर्णय

    झोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरु

    झोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरु

    बिव्लव बन्द प्रभाव: मा प्रेसर कुकर बम फेला

    बिव्लव बन्द प्रभाव: मा प्रेसर कुकर बम फेला

    खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गरिँदै

    खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गरिँदै

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    सीमा नाका बन्द हुँदा चोरबाटोेको प्रयोग

    सीमा नाका बन्द हुँदा चोरबाटोेको प्रयोग

    उपत्यकाको ट्राफिक व्यवस्थापनमा स्काउटका ‘स्वयंसेवक’

    उपत्यकाको ट्राफिक व्यवस्थापनमा स्काउटका ‘स्वयंसेवक’

    एक पालिका : एक खेलमैदान बनाइँदै

    एक पालिका : एक खेलमैदान बनाइँदै

    निजी आवास पुनःनिर्माणको काम ७५ प्रतिशत सम्पन्न

    निजी आवास पुनःनिर्माणको काम ७५ प्रतिशत सम्पन्न

    अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ ः गृहमन्त्री थापा

    अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ ः गृहमन्त्री थापा

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    ट्रम्पद्वारा फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना

    ट्रम्पद्वारा फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना

    पाल्म बिच- अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो गृहराज्य फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना गरेका छन्...  विस्तृतमा

    श्रीलङ्कामा भारतीय र रूसी खोपलाई अनुमति

    श्रीलङ्कामा भारतीय र रूसी खोपलाई अनुमति

    कोरोनाविरुद्धको खोप लगाएकालाई दुबईका रेस्टुरेन्टमा विषेश छुट

    कोरोनाविरुद्धको खोप लगाएकालाई दुबईका रेस्टुरेन्टमा विषेश छुट

    अस्ट्रेलियाले फाइजरको भ्याक्सिनलाई दियो अनुमति

    अस्ट्रेलियाले फाइजरको भ्याक्सिनलाई दियो अनुमति

    चीनमा सन् २०२० मा करिब दुई खर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन

    चीनमा सन् २०२० मा करिब दुई खर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन

    मेक्सिको–अमेरिकी सीमा नजिक १९ व्यक्ति मृत भेटिए

    मेक्सिको–अमेरिकी सीमा नजिक १९ व्यक्ति मृत भेटिए

    खानीभित्र फसेका ११ जनाको सकुशल उद्धार

    खानीभित्र फसेका ११ जनाको सकुशल उद्धार

    चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी

    चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी

    भारतमा कोभिड–१९ सङ्क्रमणमुक्त हुनेको दर ९६.८२ प्रतिशत

    भारतमा कोभिड–१९ सङ्क्रमणमुक्त हुनेको दर ९६.८२ प्रतिशत

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑