hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Sun, 24, Jan, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / मुख्य समाचार

जब कोरियाबाट चिठी आयो…द्वन्द्व निर्देशक राजेन्द्र खड्गी परे

११ फाल्गुन २०७४, शुक्रबार ०६:४९ मा प्रकाशित (2 बर्ष अघि) अनुमानित पढ्ने समय : ३ मिनेट
hotpati admin

काठमाडौं – चर्चित द्वन्द्व निर्देशक राजेन्द्र खड्गी दुई सातादेखि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतमा छन् । थुप्रै चलचित्रमा खलनायकको भूमिकामा देखिएका खड्गी कुनै फिल्म सुटिङका क्रममा प्रहरी हिरासतमा बसेका होइनन् । ‘रिल’ लाइफमा खलनायकका रुपमा चिनिएका खड्गीमाथि ‘रियल लाइफ’मा पनि खलनायककै भूमिका खेलेको आरोप लागेको छ ।

 

हिरासतमा रहेका खड्गीमाथि मानव ओसारपसार तथा वेचविखनको गम्भीर अभियोग लागेको छ । यो मुद्दामा उनी दोषी ठहरिए भने अधिकतम २० वर्ष (जन्मकैद) सम्म जेल सजायँ हुन सक्छ ।

 

प्रहरी हिरासतमा रहेका खड्गीले प्रहरीलाई दिएको वयानमा उनीमाथि लागेको आरोप स्वीकार गरेका छन् । अन्य कलाकारहरुले पनि यस्तै काम गरेको देखेर आफूले गरेको खड्गीको वयान छ । उनको यस्तो वयानले नेपालका अन्य कलाकारहरु पनि मानव बेचविखनमा संलग्न रहेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

 

तर, कलाकार, खेलाडी अनि नेताहरुको आडमा हुने गरेको मानव ओसारपसार र बेचबिखनलाई उपल्लो तहबाटै बचाउ हुने गरेको प्रहरी अधिकारीहरु गुनासो गर्छन् । राजेन्द्र खड्कीकै केसमा पनि मकवानपुरका केही ठूला नेताहरु समेत बचाउमा लागिपरेको प्रहरीको गुनासो छ ।

 

जब कोरियाबाट चिठी आयो…

तीन साताअघि दक्षिण कोरियास्थित नेपाली दूतावासको कार्यालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई एउटा सूचना पठायो, जसमा भनिएको थियो- ‘नेपालबाट आएका एकजना कलाकारसँग यहाँ आएका ११ जना फर्किएका छैनन् ।’ दूतावासले पठाएको सूचनामा उल्लेख गरिएका कलाकार थिए- नेपालका चर्चित द्वन्द्व निर्देशक राजेन्द्र खड्गी ।

 

सुरुमा त प्रहरी अधिकारीहरुलाई विश्वास नै लागेन । तर, यसअघि पनि कार्यक्रमको बहानामा जाने कलाकार तथा नेतासँगै मानव तस्करी हुने गरेको पाइएको थियो । त्यसमाथि नेपाली दूताबासकै सूचना भएकाले अनुसन्धान अघि बढायो । प्रारम्भिक अनुसन्धानमा खड्गी दोषी देखिएपछि प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ ।

 

प्रहरी स्रोतका अनुसार सांस्कृतिक कार्यक्रममा भाग लिन भन्दै खड्गी १२ जनाको टोली लिएर कोरिया गएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनको रेकर्डले त्यही देखाउँछ तर, फर्किने बेलामा भने दुईजना मात्र नेपाल आएका छन् ।

 

१० लाखमा दक्षिण कोरिया !

कोरियामा आयोजित कार्यक्रमका लागि खड्गीले भिसा लिएका थिए । उनले प्राविधिकको टोलीका नाममा अरु ११ जना लगेका थिए । ‘कसैलाई टक्निसियन, कसैलाई लाइट म्यान र कसैलाई श्रृङ्गारमा काम गर्ने भनिएको छ’, सीआईबी स्रोत भन्छ ।

 

तर, खड्गीले सुटिङका क्रममा विभिन्न ठाउँमा भेटिएका व्यक्तिहरुबाट मोटो रकम लिएर कोरिया लगेको पाइएको छ । कतिपय भने आफैं खड्गीको सम्पर्कमा पुगेका रहेछन् ।

 

स्रोतका अनुसार खड्गीले प्रति व्यक्ति १० देखि १५ लाख रुपैयाँ लिएर कोरिया लगेका थिए । खड्गीले उनीहरुको डकुमेन्ट बनाउँदा युवा फर्किएनन् भने आफ्नो जिम्मेवारी हुने व्यहोरा उल्लेख भएको कागजातमा समेत हस्ताक्षर गरेका छन् ।

 

खड्गीको वयानः अरुले पनि यसै गर्थे, मैले पनि गरें

 

प्रहरी नियन्त्रणमा रहेका द्वन्द्व निर्देशक खड्गीले उनीहरुलाई कोरिया लगेको स्वीकार गरेर वयान दिएका छन् । प्रहरी स्रोतले उनको वयानलाई उदृत गर्दै भन्यो, ‘सबैले लगिरहेका थिए । त्यसैगरी मैले पनि लगेको हुँ । तर, यो अपराध भन्ने थाहा थिएन ।’ खड्गीको बयानबाट अन्य कलाकारले पनि अवैधानिक तरिकाले मानिसहरुलाई लैजाने गरेको देखाएको छ ।

 

‘मानव तस्करीको यो नयाँ शैली हो’, सीआईबीका एक अधिकारी भन्छन्, ‘खड्गीमार्फत गएका युवाहरु पीडित हुन् या हैनन् भन्ने बारेमा जानकारी लिने कोशिश भइरहेको छ ।’

 

दक्षिण कोरिया, जापान, अमेरिका लगायतका देशहरुमा भिसा लगाउन समस्या हुने भएकाले युवाले मोटो रकम बुझाएर अवैधानिक बाटोबाट त्यहाँ जाने गरेका छन् ।

अनलाईनखबरबाट साभार

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

मुख्य समाचार सम्बन्धि थप

  • झोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरुझोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरु
  • बिव्लव बन्द प्रभाव: मा प्रेसर कुकर बम फेलाबिव्लव बन्द प्रभाव: मा प्रेसर कुकर बम फेला
  • खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गरिँदैखोप लगाउने व्यक्तिको विवरण सूचीकृत गरिँदै
  • मलेशियाबाट १७ नेपालीको शव ल्याइँदैमलेशियाबाट १७ नेपालीको शव ल्याइँदै

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    भीरबाट लडेर वडा सदस्यको मृत्यु

    भीरबाट लडेर वडा सदस्यको मृत्यु

    आम निर्वाचन समाचार ः तयारीमा जुटे निर्वाचन कार्यालयहरु

    आम निर्वाचन समाचार ः तयारीमा जुटे निर्वाचन कार्यालयहरु

    खानीभित्र फसेका ११ जनाको सकुशल उद्धार

    खानीभित्र फसेका ११ जनाको सकुशल उद्धार

    कोरोना भाइरसका कारण विदेशमा थप नौ जनाको निधन

    कोरोना भाइरसका कारण विदेशमा थप नौ जनाको निधन

    देवर–भाउजूको मृत्यु

    देवर–भाउजूको मृत्यु

    सुदूरपश्चिममा कोभिडविरुद्ध १६ हजार मात्रा खोप आउँदै

    सुदूरपश्चिममा कोभिडविरुद्ध १६ हजार मात्रा खोप आउँदै

    चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी

    चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी

    अन्नपूर्ण सुगर मिलका सञ्चालक सम्पर्क विहीन

    अन्नपूर्ण सुगर मिलका सञ्चालक सम्पर्क विहीन

    झोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरु

    झोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरु

    बिव्लव बन्द प्रभाव: मा प्रेसर कुकर बम फेला

    बिव्लव बन्द प्रभाव: मा प्रेसर कुकर बम फेला

    खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गरिँदै

    खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गरिँदै

    मलेशियाबाट १७ नेपालीको शव ल्याइँदै

    मलेशियाबाट १७ नेपालीको शव ल्याइँदै

    मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश

    मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    भीरबाट लडेर वडा सदस्यको मृत्यु

    भीरबाट लडेर वडा सदस्यको मृत्यु

    आम निर्वाचन समाचार ः तयारीमा जुटे निर्वाचन कार्यालयहरु

    आम निर्वाचन समाचार ः तयारीमा जुटे निर्वाचन कार्यालयहरु

    कोरोना भाइरसका कारण विदेशमा थप नौ जनाको निधन

    कोरोना भाइरसका कारण विदेशमा थप नौ जनाको निधन

    देवर–भाउजूको मृत्यु

    देवर–भाउजूको मृत्यु

    सुदूरपश्चिममा कोभिडविरुद्ध १६ हजार मात्रा खोप आउँदै

    सुदूरपश्चिममा कोभिडविरुद्ध १६ हजार मात्रा खोप आउँदै

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    खानीभित्र फसेका ११ जनाको सकुशल उद्धार

    खानीभित्र फसेका ११ जनाको सकुशल उद्धार

    बेइजिङ– चीनको पूर्वी प्रान्तको एक सुनखानीमा सयौं मिटर भित्र फसेका ११ जना मजदुरलाई उद्धारकर्ताहरुले आइतबार सकुशल बाहिर निकालेका छन् । यस खानीमा अझै...  विस्तृतमा

    चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी

    चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी

    भारतमा कोभिड–१९ सङ्क्रमणमुक्त हुनेको दर ९६.८२ प्रतिशत

    भारतमा कोभिड–१९ सङ्क्रमणमुक्त हुनेको दर ९६.८२ प्रतिशत

    कोरोना खोपको अभावपछि यूरोपका कतिपय स्थानमा खोप अभियान नै स्थगित

    कोरोना खोपको अभावपछि यूरोपका कतिपय स्थानमा खोप अभियान नै स्थगित

    रेलमार्गमा टिकटक बनाउँदा एक पाकिस्तानी युवाको मृत्यु

    रेलमार्गमा टिकटक बनाउँदा एक पाकिस्तानी युवाको मृत्यु

    श्रीलङ्काले युद्धकालीन अपराध आरोपबारे अनुसन्धान सुरु गर्ने

    श्रीलङ्काले युद्धकालीन अपराध आरोपबारे अनुसन्धान सुरु गर्ने

    कारबाहीमा परी सोह्र तालिबान लडाकू मारिए

    कारबाहीमा परी सोह्र तालिबान लडाकू मारिए

    भारतमा कोभिड–१९ को कारण मृत्यु हुने व्यक्तिको संख्या १ लाख ५३ हजार नाघ्यो

    भारतमा कोभिड–१९ को कारण मृत्यु हुने व्यक्तिको संख्या १ लाख ५३ हजार नाघ्यो

    श्रीलङ्काद्धारा कोभिडका कारण बन्द सीमा सबै देशका लागि खुला

    श्रीलङ्काद्धारा कोभिडका कारण बन्द सीमा सबै देशका लागि खुला

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑