hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Mon, 08, Mar, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / समाचार

काठमाडौं अब धुमपानमुक्त

१३ फाल्गुन २०७४, आईतवार ०४:२८ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : २ मिनेट
hotpati admin

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरलाई धुमपान तथा सूर्तीजन्य पदार्थमुक्त सहर घोषणा गर्ने तयारी गरेको छ। काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुखले सार्वजनिक स्थलमा धुमपान नियन्त्रण गर्न १८ महिने अभियान सुरु भएको भन्दै घोषणा सभामा चुरोट भाँचे।

 

सरकारले धुम्रपान तथा सूर्तिजन्य पदार्थ सेवनले स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएको भन्दै २०४९ सालदेखि सार्वजनिक स्थानमा धुमपान गर्न निषेध गरेको थियो। निषेध गरे पनि लुकिछिपी र खुला रूपमै पनि सार्वजनिक स्थानमै धुमपान हुँदै आएको छ। सरकारले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को टोबाको कन्ट्रोल कन्भेन्सन फ्रेमवर्क-२००६ को अनुमोदन गरेको थियो भने सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ समेत जारी गरिसकेको थियो।

 

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले राजधानीसमेत रहेको महानगर क्षेत्रलाई स्वस्थ सहर (हेल्दी सिटी) मा विकास गर्न धुमपान र सूर्तीजन्य पदार्थ प्रयोगमा नियन्त्रण गरिएको बताए। सूर्तीजन्य पदार्थबाट सरकारलाई भएको आम्दानीभन्दा धेरै गुणा बढी असर स्वास्थ्यमा परिरहेकाले यसमा सम्झौता नगर्ने उनको भनाइ छ। उनले भने, ‘अब सूर्तीजन्य वस्तुको नियमनमा कुनै सम्झौता हुँदैन।’

 

चार वर्षअघि गरिएको सर्वेक्षणअनुसार देशको जनसंख्याको करिब ३० दशमलव ५ प्रतिशतले कुनै न कुनै किसिमको धुमपान वा सूर्तीजन्य पदार्थ सेवन गर्छन् भने करिब ३६ दशमलव १ प्रतिशत अरुले गर्ने धुमपानबाट घर वा कार्यस्थलमा प्रभावित हुने गरेका छन्। डब्लूएचओको तथ्यांकअनुसार नेपालका करिब १५ प्रतिशत महिला विश्वमा सर्वाधिक धुमपान गर्नेमा पर्छन्। डब्लूएचओका अनुसार नसर्ने रोगका प्रमुख पाँच कारणमध्ये धुमपान, मदिरापान, अस्वस्थकर आहार र निष्क्रिय जीवनलगायत छन्। पछिल्लो समय नसर्ने रोग विश्वभर नै अकाल मृत्युको मुख्य कारण भएको पनि उसले जनाएको छ।

 

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले सूर्तिजन्य पदार्थको नियमन गर्न सके काठमाडौं दक्षिण एसियामा उदाहरणीय हुने धारणा राखे थिए। जनस्वास्थ्य राष्ट्रिय सूचना तथा सञ्चार केन्द्रका तर्फबाट राधिका थपलियाले मानवीय आचरण सुधारमा शिक्षा र सीप अभिवृद्धि गर्न सकेमात्र महानगरलाई धुमपानमुक्त बनाउन सकिने तर्क गरेकी थिइन्।

 

स्वस्थ सहर कार्यक्रम सञ्चालन गर्ने विश्वका ५० सहरमध्ये काठमाडौं पनि एक हो। धुमपान तथा सूर्तीजन्य वस्तुको प्रयोग घटाएर स्वस्थ सहर बनाउन कार्यक्रम थालिएको धुमपान तथा सूर्तिजन्य पदार्थ नियमन तथा नियन्त्रण समितिका सदस्यसचिव हरिकुमार श्रेष्ठको भनाइ छ। महानगरपालिकाको जनस्वास्थ्य विभाग प्रमुख श्रेष्ठका अनुसार मानिसको स्वास्थ्यलाई नसर्ने रोगको जोखिमबाट मुक्त गराउन महानगरपालिकाले बुलुम्बर्ग फिलानट्रोपिज तथा भाइटल स्ट्राटेजीको सहयोगमा धुमपान तथा सूर्तीजन्य पदार्थमुक्त अभियान सुरु गरेको हो।

 

सूर्तीजन्य पदार्थ ऐन २०६८ ले सरकारी कार्यालय, शिक्षण संस्था, पुस्तकालय, तालिम तथा स्वास्थ्यसम्बन्धी संस्था, विमानस्थल, सार्वजनिक शौचालय, उद्योग तथा कलकारखाना, सिनेमाघर, नाटकघर, होटल, मोटल, रिसोर्ट, रेस्टुराँ, बार, भोजनालय, चमेनागृह, छात्रावास, रंगशाला, पौडी पोखरी, डिपार्टमेन्टल स्टोर, धर्मशालालगायत सार्वजनिक स्थलमा धुमपान र सूर्ती सेवन गर्न नपाइने व्यवस्था गरेको छ। यी स्थानमा धुमपान गरे तत्काल एक सय रुपैयाँसम्म जरिवाना हुन सक्छ।

 

नियमनकारी निकायले सार्वजनिक स्थानमा धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन गर्न नपाइने सूचना सबैले देख्ने ठाउँमा टाँस्नुपर्नेछ। सार्वजनिक स्थलमा लाइटर, सलाईलगायत सामग्री राख्न पाइँदैन भने चुरोट, बिँडी वा सिगरेटका खिल्लीसमेत बिक्रीवितरण गर्न पाइँदैन। विक्रेताले १८ वर्ष नपुगेका व्यक्ति, गर्भवती महिलालाई सूर्तीजन्य पदार्थ बिक्री वितरण गर्न वा गर्न लगाउन वा निःशुल्क उपलब्ध गराउन पाइँदैन।

 

शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द, वृद्धा श्रम, अनाथालय र सरकारले तोकेको स्थलबाट कम्तिमा सय मिटरभित्र सूर्तीजन्य पदार्थको बिक्री वितरण गर्न पाइँदैन। ऐनविपरीत बिक्री गरे १० हजार र सूर्तिजन्य पदार्थको हानीका बारेमा सूचना टाँस नगरे ५ हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

समाचार सम्बन्धि थप

  • बङ्गलादेशको रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्नेबङ्गलादेशको रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने
  • कान्ति राजमार्गमा पाँच किमी तत्काल कालोपत्र नहुनेकान्ति राजमार्गमा पाँच किमी तत्काल कालोपत्र नहुने
  • ‘रेष्ट रुम’ स्थापनाबाट छात्राको चारदिने तनाव अन्त्य‘रेष्ट रुम’ स्थापनाबाट छात्राको चारदिने तनाव अन्त्य
  • महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गरिन्छ ः प्रधानमन्त्रीमहिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गरिन्छ ः प्रधानमन्त्री

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    बङ्गलादेशको रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने

    बङ्गलादेशको रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने

    अझै अघि बढेन तीनकुने पुल निर्माण

    अझै अघि बढेन तीनकुने पुल निर्माण

    कान्ति राजमार्गमा पाँच किमी तत्काल कालोपत्र नहुने

    कान्ति राजमार्गमा पाँच किमी तत्काल कालोपत्र नहुने

    ‘रेष्ट रुम’ स्थापनाबाट छात्राको चारदिने तनाव अन्त्य

    ‘रेष्ट रुम’ स्थापनाबाट छात्राको चारदिने तनाव अन्त्य

    महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गरिन्छ ः प्रधानमन्त्री

    महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गरिन्छ ः प्रधानमन्त्री

    बागलुङ–पर्वतः २० झोलुङ्गे पुलले जोडिएको बहुआयमिक सम्बन्ध

    बागलुङ–पर्वतः २० झोलुङ्गे पुलले जोडिएको बहुआयमिक सम्बन्ध

    कोभ्याक्सद्वारा उत्तर कोरियालाई १७ लाख डोज खोप उपलब्ध

    कोभ्याक्सद्वारा उत्तर कोरियालाई १७ लाख डोज खोप उपलब्ध

    स्वास्थ्य शिविरमा ६०० को निःशुल्क उपचार

    स्वास्थ्य शिविरमा ६०० को निःशुल्क उपचार

    अझै अघि बढेन तीनकुने पुल निर्माण

    अझै अघि बढेन तीनकुने पुल निर्माण

    दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक अाज

    दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक अाज

    अदालतको फैसला मान्छौँ, कार्यान्वयन गछौँ ः प्रम ओली

    अदालतको फैसला मान्छौँ, कार्यान्वयन गछौँ ः प्रम ओली

    सर्वोच्चको फैसला हामीले अपेक्षा गरेभन्दा फरक आएको लागेको छ: प्रचण्ड

    सर्वोच्चको फैसला हामीले अपेक्षा गरेभन्दा फरक आएको लागेको छ: प्रचण्ड

    सर्वोच्चद्वारा ऋषिराम कट्टेल अध्यक्ष रहेको नेकपाकाे पक्षमा फैसला (पूर्णपाठ सहित)

    सर्वोच्चद्वारा ऋषिराम कट्टेल अध्यक्ष रहेको नेकपाकाे पक्षमा फैसला (पूर्णपाठ सहित)

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    बङ्गलादेशको रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने

    बङ्गलादेशको रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने

    कान्ति राजमार्गमा पाँच किमी तत्काल कालोपत्र नहुने

    कान्ति राजमार्गमा पाँच किमी तत्काल कालोपत्र नहुने

    ‘रेष्ट रुम’ स्थापनाबाट छात्राको चारदिने तनाव अन्त्य

    ‘रेष्ट रुम’ स्थापनाबाट छात्राको चारदिने तनाव अन्त्य

    महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गरिन्छ ः प्रधानमन्त्री

    महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गरिन्छ ः प्रधानमन्त्री

    बागलुङ–पर्वतः २० झोलुङ्गे पुलले जोडिएको बहुआयमिक सम्बन्ध

    बागलुङ–पर्वतः २० झोलुङ्गे पुलले जोडिएको बहुआयमिक सम्बन्ध

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    ट्वीटरका संस्थापक डोर्सीको पहिलो ट्वीट लिलामीमा

    ट्वीटरका संस्थापक डोर्सीको पहिलो ट्वीट लिलामीमा

    सन्फ्रान्सिस्को  -  विश्वप्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरका संस्थापक ज्याक डोर्सीले आफूले गरेको पहिलो ट्वीट बिक्रीका लागि लिलामीमा राख्नुभएको छ...  विस्तृतमा

    अनिच्छापूर्वक बन्ध्याकरण’ गराइएका पेरूका नागरिकद्वारा न्याय पाउने आशा व्यक्त

    अनिच्छापूर्वक बन्ध्याकरण’ गराइएका पेरूका नागरिकद्वारा न्याय पाउने आशा व्यक्त

    पाकिस्तानी प्रधानमन्त्री खान विश्वासको मत पुष्टि गर्न सफल

    पाकिस्तानी प्रधानमन्त्री खान विश्वासको मत पुष्टि गर्न सफल

    चीनले अरब लिगलाई कोभिड–१९ को खोप उपलब्ध गरायो

    चीनले अरब लिगलाई कोभिड–१९ को खोप उपलब्ध गरायो

    टोकियोमा सङ्कटकालको अवधि फेरि थपियो

    टोकियोमा सङ्कटकालको अवधि फेरि थपियो

    अमेरिकामा कोभिड–१९ बाट संक्रमित पाँच महिना यताकै सबैभन्दा कम

    अमेरिकामा कोभिड–१९ बाट संक्रमित पाँच महिना यताकै सबैभन्दा कम

    कोभिड–१९ बाट अत्यधिक प्रभावित इटलीमा गरीबीको दर उच्च

    कोभिड–१९ बाट अत्यधिक प्रभावित इटलीमा गरीबीको दर उच्च

    बेलायती राजकुमार फिलिपको स्वास्थ्यमा सुधार ः चिकित्सक

    बेलायती राजकुमार फिलिपको स्वास्थ्यमा सुधार ः चिकित्सक

    म्यानमारमा सेनाले सत्ता सम्हालेदेखि बिहीबारसम्म ५४ को मृत्यु, राष्ट्रसंघद्वारा चासो व्यक्त

    म्यानमारमा सेनाले सत्ता सम्हालेदेखि बिहीबारसम्म ५४ को मृत्यु, राष्ट्रसंघद्वारा चासो व्यक्त

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑