काठमाडौँ- रोजगारीको सिलसिलामा साउदी अरब पुगेका २३ जना नेपाली युवा अलपत्र परेका छन् । काठमाडौंस्थित प्रिन्स अन्तरराष्ट्रीय रोजगार सेवा प्रालिबाट सात महिना अघि साउदी अरब पुगेका ती नेपालीको बिचल्ली भएको हो ।
साउदी अरबस्थित इम्पोर्टर सोलुसन कन्ट्राक्टिङ एस्ट कम्पनीमा रोजगारी गर्न पुगेका ती नेपाली काम नदिँदा उनीहरुको बिचल्ली भएको हो । उनीहरुलाई कम्पनीले खाना र ज्याला नदिएपछि कष्टकर जीवन बिताउन बाध्य भएका हुन् ।
‘आएको भोलिपल्टबाट काम आज दिन्छु, भोलि दिन्छु भन्दै आज ७ महिना बितिसक्दा पनि कम्पनीले केही दिएको छैन’, पीडित रामजतन कामतीले भने, ‘हामीले घरमा बालबच्चा परिवार छोडेर उनीहरुको बनाउन विदेश पस्यौँ तर यहाँ आएपछि न त काम मिल्यो न त माम नै ।’
काम नदिने कम्पनीलाई घर पठाइदेउ भन्दा पनि कुनै चासो नदेखाएको उनले गुनासो गरे । राहत र उद्दारको आशमा नेपाली राजदुतावासमा पटक पटक जाँदा पनि आश्वासन बाहेक केही नपाएको बताए । साउदी अरबको लेबर कोर्टमा सम्पर्क गर्दा पनि कुनै सुनुवाइ नभएको पीडितहरुले दुखेसो गरेका छन् ।
भोकभोकै बस्न बाध्य भएकामध्ये एक नेपाली उमेश उरावले दश औँला जोड्दै भने, ‘हामीलाई पटक पटक पुलिसले पक्रिँदै छाड्दै गर्छ । अहिलेसम्म ४ पटक लगिसकेको छ । फिंगर प्रिन्ट गराई छोडिदिने गरेको छ ।’
म्यानपावरमा सम्पर्क गर्दा कुनै सहयोग नपाएकाले सानो कोठामा कोचिएर बस्न बाध्य भएको उनले बताए । पीडितहरुले उद्दार गरिदिन भन्दै नेपाल सरकार र सम्बन्धित निकायलाई अपिल गरेका छन् । पीडितहरुले नेपाल फर्काउने गरिदिन सञ्चारमाध्यममार्फत आग्रह गरेका छन् ।
राम जतन कामती सिरहा, युधिर कामती-लक्ष्मीपुर पतारी-१, सिरहा,राम कुमार उराव- महनौर अर्नामा-१, सिरहा, देब कुमार उराव-महनौर अर्नामा-१ सिरहा, परमेश्वर उराव -महनौर अर्नामा-१ सिरहा, प्रभात कुमार उराव-महनौर अर्नामा -१ सिरहा, सन्जु उराव-महनौर अर्नामा-१ सिरहा, रञ्जीत उराव-महनौर अर्नामा-१ सिरहा, सञ्जय कुमार उराव-महनौर अर्नामा-१ सिरहा, नवीनकुमार उराव-महनौर अर्नामा-१ सिरहा, सगमलाल उराव-महनौर अर्नामा-१ सिरहा, मुनेश्वर उराव-बरहमपुरी अर्नामा-२ सिरहा रहेका छन् ।
त्यस्तै हेमन्ता उराव-भोक्राहा-४ सुनसरी, पवन उराव-भोक्राहा-४ सुनसरी, रामलाल उराव-भोक्राहा-४ सुनसरी, रञ्जीत उराव- भोक्राहा-४ सुनसरी, कालो उराव- भोक्राहा-४ सुनसरी, संदेव उराव-भोक्राहा-४ सुनसरी, पुष्पलाल उराव-गडही-४ सुनसरी, अशोक कुमार उराव-गढी-४ सुनसरी, सीताराम उराव-दुहबी-८ सुनसरी, बोवालाल उराव-रंगेली-२ मोरङ, उमेश उराव-बरहा-८ सुनसरी रहेका छन् ।
लन्डन – बोलायतको अर्थतन्त्र गत नोभेम्बर महिनामा २.६ प्रतिशतले खुम्चिएको सरकारले शुक्रबार सार्वजनिक गरेको तथ्याँकमा उल्लेख छ । कोरोनाभाइरसको दोस्रो... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस