काठमाडौं – छैठौ दिनसम्म निरन्तर दोहोरो अंकले ओरालो लागेको शेयर बजारमा मंगलबार तिब्र उतार चढाबका बिच केही स्थिर हुने संकेत देखा परेको छ । नयाँ अर्थमन्त्रीको नीति तथा कार्यक्रम कस्तो आउला भन्ने आशाका बिच बजार ५.८६ अंकको सुधार सहित बन्द भएकाे छ ।
बजार खुलेकाे एक घण्टा ४५ मिनेट समान्य रहेकाे बजार त्यसपछि १६ अंक माथि चढेर १३७७ विन्दुमा पुगेकाे थियाे । ६ दिनदेखि राताम्मे भएकाे बजार एक्कासी उकालाे लागेपछि सेयर विक्रीबतार्हरूकाे चाप थेग्न नसक्दा सो वृद्धि टिक्न सकेन र अन्त्यमा सेयर बजार परिसुचक नेप्से १३६४ दशमलव ८१ बिन्दुमा बन्द हुन पुग्याे ।
यसअघि ६ काराेबार दिनमा ६६ अंकले ओरालो लागेको बजारमा मंगलबार ५.८६ अंकको सुधार आउनु तथा कारोबार रकम समेत बढ्दै जानुले बजार स्थिर हुन खाजेको संकेत मिल्छ ।
मंगलबार सेयर बजारमा १५३ कम्पनीको ११ लाख ५१ हजार कित्ता सेयर ५५ करोड ६८ लाख रुपैयाँमा खरिदविक्री भएका छन् । कारोबारमा आएका नौ उपसमूहमध्ये पाँच उपसमूह बढेका छन् भने चार घटेका छन् । यसदिन होटल्स समूह ३१.२६ अंकले बढ्दा उत्पादन समूहमा १०.४१ अंकको गिरावट आएको छ ।
बजारमा सबैभन्दा बढी कारोबार हुने बाणिज्य बैंकको उपसमूह ५.८६ अंकले बढेको छ भने सेन्सेटिभ इन्डेक्स १.५१ अंकले बढेर २८९.१६ मा पुगेको छ । यसदिन अन्य समूह, फाइनान्स, लघुवित्त समूह हरियो बने भने बीमा,जलविद्युत्त र विकास बैंक उपसमूह घटेको छ ।
सोमबार ७० प्रतिशत लाभांश घोषणा गरेको नेपाल लाइफको ६ करोड ७१ लाख रुपैयाँ तथा प्रभु बैंकको दुई लाख ७१ हजार कित्ता सेयर विक्रीबाट ६ करोड १८ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल लाइफ र प्राइम लाईफ इन्स्योरेन्सको संस्थापक सेयर पाँच करोड बढीको खरिदविक्री भएका छन् ।
पाल्म बिच- अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो गृहराज्य फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना गरेका छन्... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस