हटपाटी संवाददाता –
एसवाई प्यानलको प्रयोग गरि रोहिणी हाउजिङ तथा सप्लायर्स प्रालिले हेटौंडामा भूकम्पप्रतिरोधात्मक आधुनिक डिजाइनको घरहरु निमार्ण कार्य सुरु गरेको छ ।
प्रदेश नं ३ को राजधानी समेत रहेको हेटौंडा बजारबाट १० किमि पूर्वबाट आईरहेको धरानचतराको मुख्य बाटो संग जोडिएको हेटौंडा १७ हटिया रामनगर चोकमा घरहरुको निमार्ण भइरहेको प्रालिका संचालक ध्रुव घिमिरेले बताए ।पहिलो पटक हेटौंडामा सामूहिक घरहरुको निमार्ण गर्न लागेको र अहिले ५० घरहरु निमार्ण कार्य सुरु गरिएको घिमिरेले बताए ।
जग्गाको क्षेत्रफलको आधारमा एटेज बाथरुम सहित २ बेडरुम, १ किचेन र एक बैठक कोठा सहित चार कोठाको तयारी घरहरु ४५ लाख देखि ६० लाख सम्ममा खरिद गर्न सकिने सञ्चालक शम्भु पुडासैनीले बताए । घर खरिद गर्नको लागि बैकिङ सुविधा सहित रहेको पुडासैनीले बताए ।
निमार्ण हुन लागेको घरहरुको विशेषताबारे बताउदैं घिमिरेले विश्व प्रशिद्ध कोरियन कम्पनी एस.वाई प्यानलद्धारा उत्पादित वस्तुहरु जडान गरिएको, हरियाली अवधारणा, सोलार सडक बत्तिको व्यवस्था भएको, खानेपानीको व्यवस्था भएको, जोखिम मुक्त विद्युतिय तारको व्यवस्था र निकास बाटो भएको र धरानचतरा बाटो संग जोडिएको २० फुटको पिच सडक भएको बताएका छन् । रोहिणी हाउजिङले विगत लामो समयदेखि मकवानपुरको विभिन्न स्थानमा हाउजिङको कार्य गर्दै आईरहेको छ l रोहिणी हाउजिङ प्रा.लिले बारा जिल्लाका लागि एसवाई प्यानल नेपालको आधिकारीक डिलर लिएका छन् l
काठमाडौँ- पाकिस्तानको क्वेटा शहर स्थित होटलमा बम बिस्फोट हुँदा कम्तीमा चारजनाको ज्यान गएको छ । पाकिस्तानी सञ्चारमाध्यमले अरु ११ जना घाइते भएको... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस