काठमाडौँ : गायक बाबु मोक्तान बिएल अब नेपाली कथानक चलचित्र “बैनाबट्टा” मार्फत नायकको भूमिकामा डेब्यु गर्ने भएका छन् l दर्जनौ चर्चित गितहरु गाएर चर्चामा रहेका तथा देश विदेशका स्टेज कार्यक्रमहरुमा आफुलाई प्रस्तुत गरेर दर्शक श्रोताहरुको ढुकढुकी बन्न सफल गायक बाबु मोक्तान बिएल चलचित्र “बैनाबट्टा” मार्फत नायकको भूमिकामा देखा पर्न लागेका हुन् l
नेपालको सुदुरपुर्बी जिल्लाहरुमा बसोबास गर्ने लिम्बु लगायतका आदिबासी जनजातिहरुमा रहेको प्रथा “बैनाबट्टा” को कहानीलाई लिएर चलचित्रको मुख्य बिषयबस्तु बनाएर निर्माण गर्न लागिएको यस चलचित्रमा राज चाम्लिङ्गको कथा तथा निर्देशन रहने भएको छ भने चलचित्रमा प्रेम लावतीको निर्माताको भूमिका रहने भएको छ । यहि फाल्गुन महिनाको पहिलो हप्ता बाट पूर्वको विभिन्न जिल्लाहरुमा छायांकन हुने यस चलचित्रमा नायक बाबु मोक्तान बिएल संगै देबेन्द्र नेम्बाङ्ग, कबिता राइ, रश्मिला तामाङ, पूर्ण पोर्तेल, नरेश वानेम, रिया सुब्बा, रोमन सिंह लिम्बु, प्रकाश थेबे र निरा राइ लगायतका कलाकारहरुको अभिनय रहने भएको छ l राजधानीमा आज चलचित्र बैनाबट्टाको शुभ मुहर्तको कार्यक्रममा सो कुराको जानकारी गराईएको हो l चलचित्रलाइ नब बर्ष २०७६ मा देश बिदेशमा प्रदर्शन गर्ने लक्ष्य लिएको समेत जानकारी गराइएको थियो l
पोर्ट ओ प्रिन्स - हाइटीमा जेलबाट शुक्रबार २०० भन्दा बढी कैदी भागेका छन् । भाग्ने क्रममा भएको झडपमा परी कम्तीमा २५ जनाको मृत्यु पनि भएको छ । मृत्यु... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस