काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र यतिवेला सभापति शेरबहादुर देउवाविरुद्ध अर्को समूहले मोर्चाबन्दी सुरु गरेको छ । पछिल्लो समय देउवाविरुद्ध बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले छुट्टै मोर्चाबन्दी कसेको छ । अहिले पौडेल समूहलाई पार्टीका प्रभावशाली नेता कृष्ण प्रसाद सिटौला समूहले पनि साथ दिएको छ ।
दुवै समूह सामूहिक रुपमा गोप्य छलफलमा जुटेका छन् । देउवाले पार्टीमा विधि र विधान नमानेको र एकलौटी ढंगले अघि बढेको उनीहरुको आरोप छ । बहुमतका आधारमा पेलेर विधान बनाएको र एकलौटी ढंगले अनुशासन समिति गठन गर्न खोजेको भन्दै पौडेल पक्ष आन्तरिक छलफलमा जुटेका हुन्।
नेता प्रकाशमान सिंहको घरमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सितादेवी यादव, पूर्व महामन्त्री कृष्ण सिटौला, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, कमला पन्त, डा. मिनेन्द्र रिजाल, प्रदीप पौडेललगायत नेता छलफलमा जुटेका छन् ।
युरोपेली संघका सदस्य राष्ट्रहरुले आगामी अप्रिलदेखि मासिक १० करोड खोप पाउने भएका छन् । युरोपेली संघका प्रमुख उर्सुला भोन डर लेयनले संघ अन्तर्गतका... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस