काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका–६ महाङ्कालबाट रू एक लाख ९६ हजार १५० सहित आठ जनालाई पक्राउ गरेको छ ।
बौद्धस्थित महानगरीय प्रहरीवृतले शनिबार विशेष सूचनाको आधारमा एक घरमा छापा मारी तेस्रो लिङ्गी रोशनी चौधरी, जुवा अखडा सञ्चालिका जीतु पाख्रिन, सरिता शेर्पा, पुनम थापा, छिरिङ तामाङ, सानु लामा, वीरेन्द्र थापा र वीरबहादुर तामाङलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । प्रायजसो जुवा अखडाबाट पुरुष जुवाडे पक्राउ पर्ने गरेकामा अहिले धनाढ्य परिवारका महिलासमेत पक्राउ परेको र उनीहरुलाई आज जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी थप अनुसन्धान थालिने उहाँको भनाइ थियो ।
नाम नबताउने एक पुरुषले पक्राउ परेकामध्ये सरिता नाम गरेकी महिलाले मिटर ब्याजमा पैसा लगानी गर्दै आएकीमा लेनदेनको कुरा नमिलेपछि पटक/पटक झगडा परिसकेको जानकारी दिए ।सरितालाई चौथोपटक प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका अन्य महिला पनि धनाड्य छन् । कर्मा लामा (हेलम्बु) ले गोप्य रुपमा विभिन्न ठाउँमा लामो समयदेखि जुवा अखडा सञ्चालन गर्दै आएको पक्राउपछि खुलेको प्रहरीले जनाएको छ ।
त्यसैगरी शनिबार नै मूलपानीस्थित एक होटलमा तास खेलिरहेको अर्को समूहलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विशाल श्रेष्ठ, तेजबहादुर तामाङ, राजकुमार काफ्ले, दीपेन्द्र राई, सूर्य सापकोटा, कृष्ण वाईबा र मनोज पन्त छन् । उनीहरुको साथबाट रु पचास हजार २०० बरामद भएको थियो । पक्राउ परेका सबैलाई जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गरी कारवाही अघि बढाइने प्रहरीले जनाएको छ ।
युरोपेली संघका सदस्य राष्ट्रहरुले आगामी अप्रिलदेखि मासिक १० करोड खोप पाउने भएका छन् । युरोपेली संघका प्रमुख उर्सुला भोन डर लेयनले संघ अन्तर्गतका... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस