हेटौंडा । भक्तपुरबाट जन्तीबोकेर हेटौंडातर्फ आउँदै गरेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । कान्ति लोकपथ हुँदै हेटौंडा आउँदै गरेको बस मकवानपुरगढी गाउँपालिकामा दुर्घटना भएको हो ।
भक्तपुरबाट जन्ती बोकेर हेटौंडातर्फ आउँदै गरेको बा ४ ख २२१७नम्बरको बस कान्तिलोकपथ अन्तर्गत मकवानपुरको गढी गाउँपालिका–२ शिखरकटेरीमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।
मृत्यु हुनेको परिचय खुल्न सकेको छैन । दुर्घटनामा १० जना घाइते भएको घाइतेहरुको भट्टराईले जानकारी दिए । घाइतेहरुको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । केही घाइते सामान्य उपचारपछि ठिक भएको जनाइएको छ ।
बस सडकबाट करिब २० मिटर तल खसेर रुखमा अड्किएको डीएसपी भट्टराईले बताए । डिएसपी भट्टराईको नेतृत्वमा घटनास्थलमा पुगेको प्रहरी टोलीले अहिले पनि उद्दारको कामजारी राखेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।
नयाँदिल्ली - भारतमा गत २४ घण्टामा थप २ लाख १७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको संख्या एक करोड ४२ लाख ९१ हजार... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस