काठमाडौं। कृष्ण भट्टराई र मीना निरौलाको आवाजमा ‘केवल कारैमा’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ ।
गायक भट्टराईको यसअघि ‘कुल कुल’ बोलको गीत दर्शक–श्रोताको नजरमा परेको थियो । बुधबार सार्बजनिक ‘केवल कारैमा’ गीतमा मदन प्रधानको शब्द रचना, विश्व अधिकारीको संगीत रहेको छ ।
सार्बजनिक गीत रचनाकार मदन प्रधानको एकल एल्बम ‘सपना सिर्जना’मा समाबेश छ । यस एल्बममा चार गीत समावेश छन् । कृष्ण भट्टराईको स्वरमा दुई वटा र अञ्जु पन्तको स्वरमा एउटा गीत रहेको छ भने अर्को एउटा गायकको स्वर हाल्न बाँकी रहेको छ । उक्त एल्बम केही समयपछि सार्बजनिक गरिने गीतकार प्रधानले जानकारी गराए ।
इन्डियाको रियालिटी शो ‘डान्स प्लस’मा फर्स्ट रनरअप बनेका सुजन मार्पा तामाङ र बुगी वुगीकी बिजेता कविता नेपालीलाई फिचर्ड गरिएको भिडियोलाई राजिब समरले निर्देशन गरेका हुन । ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाई विकाश ज्ञवालीले सम्पादन गरेका छन् । भिडियोमा सुजन मार्पा तामाङका कोरियोग्राफी रहेको छ । चन्द्रागिरीमा छायांकन गरिएको भिडियोलाई चन्द्रागिरी हिल्स प्रालिले पनि सहयोग गरेको छ । गीतको पछिल्लो समय लोकप्रिय रहेको ‘टिकटक’ कम्पिटेसन पनि गरिने भएको छ । ‘टिकटक’ कम्पिटेसनले गीतको लोकप्रियतासंगै प्रतिभा भएकाहरुको प्रोत्साहनका लागि ‘टिकटक’ कम्पिटेसन गर्न लागिएको गायक भट्टराइले जानकारी दिए । ‘टिकटक’ कम्पिटेसन बिजेताले नगद ३३ हजार ३ सय ३३ रुपैंया नगद प्राप्त गर्नेछन । भिडियो हेर्नुहोस :
नयााँ दिल्ली - भारतमा बुधबार एकै दिनमा कोभिड–१९ को कारण दुई हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसै अवधीमा भारतमा एकै दिनमा करिब ३ लाख व्यक्ति... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस