सोल । दक्षिण कोरियाका होटलहरुमा सानो क्यामेरा जडान गरेर स्पाइ क्यामेरामार्फत मानिसहरुको संवेदनशील विषयको गोप्यरुपमा भिडियो खिच्ने चार जनालाई प्रहरीले बुधबार गिरफ्तार गरेको छ । उनीहरुले होटल रुममा रहेका १६०० जना मानिसको गोप्य विषयको भिडियो खिचेर एउटा वेबसाइटलाई बेच्दै आएको बताइएको छ ।
उनीहरुले टिभी, हेयर ड्रायर होल्डर, सकेट लगायतका स्थानमा मिनि क्यामेरा जोडेर यस्ता गतिविधि सञ्चालन गर्दै आएका थिए । दोषी सावित भएमा उनीहरुलाई १० वर्ष जेल सजाय तोकिनुका साथै २६ हजार ५ सय ७१ डलर जरिबाना तिराइनेछ ।
यौन र नग्नताको गोप्य ढंगले भिडियो खिच्ने कार्य दक्षिण कोरियामा बढ्दै गएकोले सर्बत्र आलोचना भइरहेको छ । यस्ता गतिविधि बढ्दै गएकाले केही समय अघि त्यहाँ महिलाहरुले विरोध प्रदर्शन समेत गरेका थिए ।
प्रहरीका अनुसार गएको अगष्ट महिनामा प्रहरीले १० वटा दक्षिण कोरियाली शहरका ३० वटा होटलमा १ एमएम लेन्सको क्यामरा जोडेर भिडियो खिचेको पाइएको थियो ।
पोर्नोग्राफीको उत्पादन र वितरण दक्षिण कोरियामा अवैध रहँदै आएको छ सन् २०१७ मा यस खालका ६ हजार मुद्दा दर्ता भएका थिए । यस्ता घटनामा संलग्न भएको आरोपमा प्रहरीले ५ हजार ४०० मानिसलाई पक्राउ गरेको छ । तर २ प्रतिशत भन्दा कम मात्रै जेल गएका छन् । ९बीबीसी०
सन्फ्रान्सिस्को - विश्वप्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरका संस्थापक ज्याक डोर्सीले आफूले गरेको पहिलो ट्वीट बिक्रीका लागि लिलामीमा राख्नुभएको छ... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस