काठमाडौं । नेपाली कामदार लैजाने विषयमा जापान र नेपालबीच श्रम सम्झौता भएको छ । सोमबार राजधानीमा एक कार्यक्रममा श्रम सम्झौता भएको हो । सम्झौतापत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरे र जापानका तर्फबाट नेपालका लागि जापानी राजदूत मासामिची साइगोले हस्ताक्षर गरेका छन् ।
मन्त्रालय अन्तर्गतको एउटा विभागले संयन्त्र बनाएर त्यसमार्फत काम अघि बढाउने सहमति भएको छ । सम्झौता अनुसार जापानले जापानी भाषा परीक्षा पास गरेका कामदारलाई कामका लागि लैजाने भएको छ । संयन्त्रले अप्रिल १ देखि काम थाल्ने र भाषा परीक्षा उत्तीर्ण गर्नैपर्ने सम्झौतामा उल्लेख छ ।
जापानले कृषि, होटल, उद्योग, सुरक्षा, नर्सिङ लगायत एक दर्जन भन्दा बढी क्षेत्रमा काम गर्नका लागि नेपाली श्रमिकहरु लैजान लागेको हो । सम्झौतापछि अब भाषा जानेका र हातमा सिप भएकाहरु सजिलै जापानमा जान पाउनेछन् ।
जापानमा श्रमिकहरुको अभाव रहेकोले दक्ष र अर्धदक्ष दुवै खालका श्रमिकहरु त्यता लगिने सम्भावना रहेको बताइएको छ ।
वासिङ्टन- अमेरिकाको उपराष्ट्रपतिमा नवनिर्वाचित कमला ह्यारिसले सिनेट सदस्यबाट राजीनामा दिएकी छन् । उपराष्ट्रपतिको रुपमा सपथ ग्रहण गर्नु दुई... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस