काठमाडौं । गायिका मिना निरौला र गायक हरिशरण सायमीको स्वरमा सजिएको गीत बैंशालु ती डाली आज सार्वजनिक भएको छ । वरिष्ठ कलाकार हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । मण्डला थियटरमा एक कार्यक्रमको आयोजना गरी बैंशालु ती डालीको भिडियोसमेत सार्वजनिक गरिएको हो । कार्यक्रमलाई स्वागत गर्दै गायक तथा संगीतकार हरिशरण सायमीले गीतसंगीतमा गरिएको मेहनतभित्र ‘बैंशालु ती डाली’ बोलको गीतले सबैको मन जित्नेमा विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा साहित्यकार कलानिधि दाहालले कार्यक्रमको सम्बोधन गर्दै जोखिम मोल्न सक्नु नै सफलता भएको बताए । गीतकार मनिषा प्रसाईंलाई साधुवाद दिँदै साहित्यकार दाहालले प्रवासमा रहेर पनि गीतसंगीत र साहित्यमा होमिनु आफैंमा चुनौतिपूर्ण रहेको बताए ।
त्यस्तै गायक कलाकार यमनकृष्ण श्रेष्ठले हरिशरण सायमी आफ्नो अण्डा चिउरा खाने साथी भन्दै उहाँको क्षमताको प्रसंशा गरेका थिए । संगीतमा आफ्नो एउटा राम्रो साथी हरिशरण सायमी भएको बताए ।
त्यस्तै वरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्यले महसंचारको पहिलो रोजाईको संगीतकार, एरेन्जर हरिशरण सायमी भएको बताउँदै सिर्जनामा राम्रो दख्खल भएका व्यक्तित्व भएको बताएका थिए भने गीतकार मनिषा प्रसाईंले प्रवासमा रहेर पनि नेपाली गीतसंगीतको योगदानमा महन्वपूर्ण भुमिका खेल्नुभएको भन्दै प्रशंसा गरेका थिए ।
बैंशालु ती डालीलाई मनिषा प्रसाईंले लेखेकी हुन् भने हरिकृष्ण सायमीले संगीत तथा संगीत संयोजन गरेका छन् । मिना निरौला र हरिकृष्ण सायमीको स्वर रहेको छ । भिडियोलाई सोनाम पाख्रिनले निर्देशन गरेका छन् भने ज्ञानेन्द्र शर्माले छायाँकन गरेका छन् । माधव वेल्वासेको सम्पादन रहेको भिडियोमा आयुष र सृष्टिको अभिनय रहेको छ ।
भिडियो लिंक :
काठमाडौँ - भारत सरकारले नेपालसहित भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई कोभिड–१९ विरुद्धको खोप अनुदान सहायता स्वरुप उपलब्ध गराउने घोषणा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस