१५ चैत, काठमाडौं । विदेशी लगाउन भित्र्याउन सरकारले आयोजना गरेको लगानी सम्मेलन आजदेखि सुरू हुँदैछ ।
सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्ने कार्यक्रम छ । काठमाडौंको होटल सोल्टीमा आयोजित विशेष समारोहबीच लगानी बोर्डका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सम्मेलन उदघाटन गर्न लागेका हुन् ।
बोर्डको अध्यक्षका हैसियतले प्रधानमन्त्री ओलीले नै उद्घाटन शत्रको सभापतित्व ग्रहण गर्नेछन् ।
सम्मेलनमा स्वदेशी तथा विदेशी लगानीकर्ताहरु गरी १ हजार जनाको हाराहारीमा सहभागी हुने कार्यक्रम रहेको छ । विभिन्न ४० देशहरुबाट मात्रै ६ सयभन्दा बढी लगानीकर्ताको सम्मेलनमा सहभागीता हुँदैछ ।
सम्मेलनमा लगानीका लागि निजी क्षेत्रको तर्फबाट २७ समेत गरी सरकारले ७७ वटा परियोजनाहरु प्रस्ताव गरिँदैछ । उद्घाटन शत्र पछि हुने विषयगत शत्रहरुमा ती परियोजनाहरुमा लगानीका विषयमा छलफल हुने बोर्डले जनाएको छ ।
को–को छन् वक्ता ?
सम्मेलनको उद्घाटन शत्रमा प्रधानमन्त्रीका साथै अर्थमन्त्री डा. युवराज खतिवडाले मन्तव्य राख्नेछन् । बोर्डका उपाध्यक्षसमेत रहेका अर्थमन्त्री खतिवडाका साथै अर्को आकर्षक व्यक्तिको रुपमा उद्घाटन शत्रमा म्यानमारका मन्त्री रहेका छन् ।
म्यानमारका यूनियन मन्त्री उ ताउन टूनले सम्मेलनको उद्घाटन शत्रमा सम्बोधन गर्नेछन् । विश्व बैंकका उपाध्यक्ष हार्टविग सेफर, एशियाली विकास बैंकका उपाध्यक्ष शिक्षिन चेन, मेनहार्ड ग्रपका कार्यकारी अध्यक्ष शाहाद नासिम र दी मुथहोट ग्रुपका अध्यक्ष एमजी जर्ज मुथहोटले पनि उद्घाटन समारोहलाई सम्बोधन गर्नेछन् ।
सम्मेलनको उद्घाटन शत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीसमेतले बोल्ने कार्यक्रम रहेको छ ।
सन्फ्रान्सिस्को - विश्वप्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरका संस्थापक ज्याक डोर्सीले आफूले गरेको पहिलो ट्वीट बिक्रीका लागि लिलामीमा राख्नुभएको छ... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस