बारा । प्रदेश नम्बर २ मा एसईई परीक्षा स्थगित भएपछि गरिएको प्रदर्शनमा एक विद्यार्थीलाई गोली लागेको छ ।
बाराको जितपुरमा विद्यार्थीले गरको प्रदर्शन उग्र भएपछि प्रहरीले गोली चलाएको हो । गोली लागेर एक विद्यार्थी घाइते भएका छन् ।
प्रहरी र विद्यार्थीहरुको दोहोरो भिडन्तमा दर्जनौ पनि प्रहरी घाइते भएका छन् । आक्रोशित विद्यार्थीहरुले प्रहरीको मोटरसाइकल पनि जलाएका छन् ।
विद्यार्थीहरुले इलाका प्रहरी कार्यालय जीतपुरभित्र रहेको प्रहरीको गाडीमा आगजनीको प्रयास गरेका थिए ।
विद्यार्थीहरुलाई नियन्त्रण गर्न प्रहरीले दर्जनौँ सेल अश्रुग्यास प्रहार गर्नुका साथै हवाइ फाएरसमेत गरेको छ ।
विद्यार्थीहरुले पनि प्रहरीलाई लक्षित गरी ढुङ्गा प्रहार गरेका छन् । प्रदर्शनका कारण बारास्थित पथलैया वीरगञ्जसडक खण्ड विहानदेखि नै अवरुद्ध भएको छ ।
एसईई परीक्षाको प्रश्नपत्रहरु धमाधम बाहिरिएपछि सरकारले प्रदेश २ को बाँकी परीक्षा स्थगित गरेको छ ।
विहिबार विज्ञान र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द भईसकेको छ भने आज हुने स्वास्थ्य तथा जनसंख्या विषयको प्रश्नपत्र पनि शुक्रबार नै बजारमा छ्यापछ्याप्ती भएको थियो ।
शिक्षा मन्त्रालयको हिजो बसेको वैठकले अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा रद्द गर्ने निर्णय गरेको हो ।
नयााँ दिल्ली - भारतमा बुधबार एकै दिनमा कोभिड–१९ को कारण दुई हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसै अवधीमा भारतमा एकै दिनमा करिब ३ लाख व्यक्ति... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस