१९ चैत, काठमाडौं । नेपालमा गाडीको एसेम्बल प्लान्ट राख्न लागेको कोरियन कम्पनीको शर्तबारे नेपाली अटोमोबाइल्स व्यवसायीहरुले लगानी बोर्डसमक्ष चासो राखेका छन् । लगानी बोर्डले १० अर्ब ५४ करोडको लगानी स्वीकृत गरेको कम्पनीले आफूले लगानी नउठाइन्जेल नयाँ कम्पनीले एसेम्बल प्लान्ट राख्न नपाउने शर्त राखेपछि नेपाली उद्योगी व्यवसायी सशंकित छन् ।
उनीहरुले मंगलबार बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीलाई भेटेर मोट्रेक्सले राखेका शर्त स्वीकार गरिए त्यसले बजारमा विकृति ल्याउने र अन्य कम्पनी आउने बाटो बन्द हुने भन्दै गम्भीर चिन्ता ब्यक्त गरेका हुन् ।
मोट्रेक्सले आफूले उत्पादन सुरु गरेपछि ७ वर्षसम्म अर्को कम्पनीलाई गाडी उत्पादनको अनुमति नदिन शर्त राखेको छ । यसले प्रतिस्पर्धा रोक्ने भन्दै व्यवसायीले मोट्रेक्सको शर्त सरकारले स्वीकार गरे त्यसले समस्या मात्रै ल्याउने बताएका छन् ।
नाडा अटो मोबाइल्स डिलर्स एसोसियनका उपाध्यक्ष कृष्णप्रसाद दुलाल आफूहरुले सञ्चारमाध्यममा आएको मोट्रेक्सका शर्तबारे जानकारी मागेको बताए । उनले बोर्डले प्रतिस्पर्धाको युगमा त्यसलाई मिचिने गरी कसैलाई उत्पादनको अनुमति नदिने बताएको दुलालले जानकारी दिए ।
विदेशी कम्पनीले ब्यापार गर्न नपाउने कानून विपरित मोट्रेक्सले शर्त राखेको व्यवसायी बताउँछन् । उनीहरुले सरकारले विदेशी लगानी ल्याउनु सही भएपनि कानून मिचेर सिन्डिकेट र मोनोपोली हुने गरी नयाँ कम्पनी ल्याउन नहुनेमा ध्यानाकर्षण गराएका छन् ।
भेटमा सीईओ अधिकारीले हाललाई सैद्दान्तिक स्वीकृति मात्रै दिइएकाले शर्तबारे निर्णय भइनसकेको र त्यो शर्त मान्ने वा नमान्ने भन्ने विषय सरकारको भएकाले आवश्यकता र औचित्य हेरेर निर्णय लिने उनकाले बताएको भेटमा सहभागी अर्का एक ब्यापारीले बताए ।
मोट्रेक्सको शर्त
मोट्रेक्सले सरकारसँग विभिन्न सुविधा र शर्तहरु राखेको छ । आफ्ना शर्तहरु पुरा भए बजार भाउ भन्दा ३० देखि ४० प्रतिशतसम्म सस्तोमा गाडी उपलब्ध गराउन सकिने दावी कम्पनीले गरेको बोर्डका एक अधिकारीले बताए ।
उसले ५ वर्षभित्र गाडी उत्पादन थाल्ने भनेको छ, तर त्यो अवधिसम्म विदेशबाट गाडी ल्याएर विक्री तिरण गर्नु पाउनुपर्ने माग गरेको छ ।
उसले नेपालमै तालिम केन्द्र चलाउने र त्यसमा सरकारले कर छुट दिनुपर्ने शर्त पनि राखेको छ । उसले कम्पनी नाफामा नगइन्जेल अरु कम्पनीलाई उत्पादनमा ल्याउन नहुने शर्त पनि तेस्र्याएको छ । त्यसका लागि ७ वर्ष लाग्ने उसको दावी छ । ७ वर्षपछि पनि १० अर्बभन्दा कम पुँजी ल्याउने कम्पनीलाई गाडीको उत्पादनमा अनुमति दिन नहुने पनि मोट्रेक्सको माग छ ।
कम्पनीले नेपालमा उत्पादित गाडीमा १०र१० प्रतिशत मात्रै अन्तःशुल्क लगाउनु पर्ने शर्त पनि राखेको छ ।
कम्पनीले ५ वर्षसम्म कर्पोरेट ट्याक्स, मूल्य अभिवृद्धि कर र लाभांश ट्याक्स नलिन सरकारसँग भनेको छ । उसले प्लान्ट बनाउँदा लाग्ने सामाग्रीको आयतमा पनि सहुलियत दिनुपर्ने माग गरेको छ । सरकारले नै प्लान्ट राख्ने जमिन उपलब्ध गराउनुपर्ने र २ वर्ष भाडा छुट गर्नुपर्ने र सबै सुविधा सरकारले लगिदिनुपर्ने लगायतका थुप्रै शर्त पनि छन् ।
हाल नेपालमा गोल्छा अर्गनाइजेशनले बजाज बाइकको एसेम्बल प्लान्ट चलाइरहेको छ ।
खार्तूम -सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको सुडानी राज्य... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस