काठमाडौं । आठौं बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता आजबाट सुरु हुँदै छ । आठौं संस्करणको बृहत् राष्ट्रिय खेलकुदमा ३५ खेल समावेश भए पनि उद्घाटनअघि विभिन्न पाँच खेलमा प्रतिस्पर्धा बुधबारदेखि नै सुरु हुनेछ ।
आठौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन ५ वैशाखमा हुने भए पनि पाँच खेल भने पूर्वनिर्धारित तालिकाअनुसार बुधबारदैखि नै हुन लागेको हो । समापन ११ वैशाखमा हुनेछ । उद्घाटन र समापन दुवै नेपालगन्ज रंगशालामा हुने कार्यक्रम रहेको छ ।
दाङको घोराही कभर्डहलमा टेबलटेनिस, कपिलवस्तुको जितपुरस्थित सिद्धार्थ क्याम्पसमा कुस्ती, नेपालगन्जको मंगलप्रसाद उमाविमा पुरुष हक्की, ललितपुरको सातदोबाटोमा स्क्वास र बुटवलमा लनटेनिस हुनेछन् । महिला हक्की भने नेपालगन्जको खजुरास्थित शुक्र माविमा ३० चैतदेखि मात्र सुरु हुनेछ । उद्घाटनअघि यी पाँच खेलसहित विभिन्न १४ खेलको राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसक्नेछ ।
बुधबार हुने खेलबाहेक बक्सिङ, कबड्डी, जुडो, बास्केटबल, बुद्धिचाल, फुल कन्ट्याक्ट कराते, साइक्लिङ, फेन्सिङ र गोल्फ उद्घाटनपूर्व सकिनेछ । आठौं राष्ट्रियमा विभिन्न ३५ खेल समावेश छन् । बृहत् राष्ट्रिय खेलकुदकै इतिहासमा प्याराग्लाइडिङ खेल पहिलोपटक समावेश गरिँदा एनआरएनए टिम पनि पहिलोपटक सहभागिता जनाएको छ ।
बृहत् राष्ट्रिय खेलकुदको पहिलो, दोस्रो र तेस्रो संस्करणबाहेक दुई वर्षको अन्तरालमा पहिलोपटक आठौं राष्ट्रिय खेलकुद हुन लागेको हो ।
स्क्वास
स्क्वासमा प्रदेश १, २, ३, ५, गण्डकी प्रदेश, नेपाल प्रहरी र एपीएफ क्लबबाट २४ पुरुष र पाँच महिला गरी २९ खेलाडीको सहभागिता रहनेछ । पुरुष÷महिला सिंगल्स तथा पुरुष टिम इभेन्ट गरी तीन स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता २ वैशाखमा सम्पन्न हुनेछ ।
हक्की
हक्कीको पुरुषमा सातै प्रदेश, डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी र प्रहरीसहित नौ टिमले भाग लिनेछन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ । फाइनल ४ वैशाखमा हुनेछ ।
महिला हक्की भने ३० चैतदेखि नेपालगन्जको खजुरास्थित शुक्र माविमा हुनेछ । सहभागी ६ टिमले दुई समूहमा रहेर लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन् । सहभागी टिमहरूमा प्रदेश १, २, ३, ४ र ७ तथा आर्मी छन् । सातौं राष्ट्रिय खेलकुदमा प्रदेश ७ च्याम्पियन बनेको थियो । फाइनल ५ वैशाखमा हुनेछ ।
लनटेनिस
बुटवलमा हुने लनटेनिसमा प्रदेश ३, ५, गण्डकी प्रदेश, आर्मी, एपीएफ र एनआरएनबाट खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुष÷महिला सिंगल्स, डबल्स र टिम तथा मिक्स डबल्स गरी सात स्पर्धामा भिडन्त हुनेछ । २ चैतसम्म चल्ने प्रतियोगतामा २८ पुरुष र १५ महिला खेलाडीले सहभागिता जनाउनेछन् । त्यसमा एनआरएनएबाट तीन पुरुष खेलाडी संरक्षकभूषण बज्राचार्य र अमृत पौडेल (दुवै अस्ट्रेलिया) तथा दावा शेर्पा (थाइल्यान्ड) ले प्रतिस्पर्धा गर्नेछन् ।
कुस्ती
कुस्तीमा पुरुष÷महिलातर्फ समान १०–१० गरी २० स्पर्धामा खेल हुनेछ । सातै प्रदेश र दुई विभागीय (आमी÷प्रहरी) गरी नौ टिमले भाग लिनेछन् ।
टेबलटेनिस
टेबलटेनिसमा सात प्रदेश, तीन विभागीय (आर्मी÷प्रहरी÷एपीएफ) बाट १२० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुष÷महिला सिंगल्स, डबल्स र टिम तथा मिक्स डबल्स गरी सात स्पर्धा समावेश छन् । आठौं राष्ट्रिय खेलकुदमा समग्रमा २८ सय २५ पुरुष तथा २३ सय ८६ महिला गरी जम्मा ५२ सय ११ खेलाडी सहभागी हुनेछन् । ३७२ स्वर्ण, त्यत्ति नै रजत र ५६३ कांस्यका भिडन्त हुनेछ ।
बर्लिन - जर्मनीका चान्सलर एन्जेला मर्केलले कोभिडले निकै प्रभावित पारेको आफ्नो मुलुकले राष्ट्रमा बिस्तारै भाइरस नियन्त्रणका लागि अपनाइएका उपायलाई... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस