hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Thu, 21, Jan, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / मुख्य समाचार

नेपालमै बनाउन थालियो नारायणीमा चल्ने ‘पानीजहाज’

२८ चैत्र २०७५, बिहीबार १४:०६ मा प्रकाशित (1 वर्ष अघि) अनुमानित पढ्ने समय : ३ मिनेट
hotpati admin

२७ चैत, चितवन ।
नारायणी र कोशीमा पानीजहाज चलाउने भन्दै पानीजहाज कार्यालयसमेत स्थापना गरेर सरकारले अध्ययन अघि बढाइरहँदा नेपाली युवाको समूहले नारायणीमा चलाउने गरी नेपालकै ठूलो क्षमताको ‘मोटरबोट’ बनाउन थालेको छ । उनीहरुले यसलाई सानो आकारको ‘पानी जहाज’ भनेका छन् ।
भरतपुर महानगरपालिका वडा नम्बर १६ काब्रेघाटको खोल्सामा गुपचुप रुपमा यसको निर्माण भइरहेको छ । वरपर टिनले बारेर भित्र मजदुरहरुले काम गरिरहेका छन् । कसैलाई पनि भित्र पस्न अनुमति दिइएको छैन ।
थाहा पाउनेहरु टाढैबाट हेरेर फर्किने गरेका छन् । भारतको केरलाबाट ल्याइएका प्राविधिकले दैनिकजसो काम गरिरहेका छन् । ‘मिनी पानीजहाज’को माथिल्लो भागमा मानिसहरु बस्ने मिल्ने गरी सिटहरु तयार हुँदैछ ।
राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले निर्माण गरिरहेको यो ठूलो मोटरबोटमा तीनसय जना यात्रुले यात्रा गर्न सक्नेछन् । चालक दलका सदस्य १५ जना हुने छन् ।
चितवनका रामचन्द्र कँडेलसहितको ५/६ जना युवाहरुको समूहले निर्माण गरिरहेको यो मोटरबोट करिब २५ करोडको लगानीमा तयार हुनेछ ।
डेढ वर्षदेखि यो समूह यसको निर्माणको तयारीमा निरन्तर लागिरहेको थियो । अहिले फलामको ‘स्ट्रक्चर’ बनाउने काम भइरहेको छ । केही दिनमा नै नारायणी नदीको पानीमा राखेर थप संरचना बनाउने र त्यसको ‘वेट ब्यालेन्स’ हेर्ने काम हुनेछ ।
ज्ञानेश्वर सामुदायिक वन क्षेत्रमा निर्माण भइरहेको मिनी मोटरबोटलाई वैशाखबाट नै सञ्चालन गर्ने योजना थियो । तर काममा केही ढिलाइ भएको छ । आगामी जेठको पहिलो हप्ताभित्र नारायणी नदीमा परीक्षणका रूपमा ‘मिनी पानीजहाज’ चलाउने तयारी गरिएको जानकारी कम्पनी सम्बद्ध स्रोतले दिएको छ ।
यो ‘पानीजहाज’ दुई तले हुनेछ । माथिल्लो तलामा यात्रुहरु रहनेछन् । त्यसमा बसेर वरपरको दृश्य हेर्न सकिने छ । प्रति व्यक्ति यात्राको तीन सय रुपैयाँ भाडा लिने योजना छ ।

मोटरबोट चलाउनुअघि हरेक दिन बिहान सानो बोटले नदीको अवस्था जाँच गर्नेछ । यसलाई चलाउन पाँच मिटर गहिराइ पानी भए पुग्छ ।
वर्षमा २७0 दिन चलाउने र वर्षाको समयमा बन्द गर्ने योजना छ । यसलाई राख्नको लागि पानीको च्यानल काटेर पार्किङ बनाइने छ ।
प्रारम्भमा देवघाटभन्दा दुईकिलोमिटर माथिसम्म लैजाने सम्भाव्यता अध्ययन गरिँदैछ । पछि मुग्लिन र तल त्रिवेणीधामसम्म पनि लैजानेबारे थप अध्ययन गरिने जनाइएको छ ।
प्रधानमन्त्री केपी ओलीलाई ल्याएर यसको उद्घाटन गर्ने कम्पनीको योजना छ । एकैपटक ‘सरप्राइज’ दिने भन्दै निर्माणका बारेमा कम्पनीले जानकारी दिन आनाकानी गर्दै आएको छ ।
युवाहरुको यो कामको सहजीकरण नेकपा नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले गरिरहेका छन् । उनकै अवधारणामा यसको निर्माण थालिएको हो ।
पाण्डेले यसको सञ्चालनपछि चितवन आउने पर्यटकहरुको बसाई लम्ब्याउन थप टेवा पुग्ने विश्वास व्यक्त गरे । यो मोटरबोट निर्माणमा प्रदेश नम्बर तीन सरकारले पनि एक करोड रकम सहयोग गर्ने वचन दिएको छ ।
केहीदिनमा नै मुख्यमन्त्री डोरमणि पौडेलसमेत आएर निरीक्षण गर्ने कार्यक्रम छ । नेकपा आबद्ध नेताहरु आएर निर्माण भइरहेको मिनी पानीजहाजको अवलोकन भ्रमण गरिरहेका छन् ।
‘चीनको थ्री गर्जेजमा मोटरवोट चलाएको तरिकाको नक्कल गरी नारायणीमा पनि चलाउने तयारी हो,’ नेता सुरेन्द्र पाण्डेले भने ।
यो युवाको समूहले ज्ञानेश्वर सामुदायिक वनकै जग्गामा ‘सी रिसोर्ट’ चलाउने योजना पनि बनाएको छ । रिसोर्ट भने १२ महिना नै चल्ने छ ।
संस्थाले सामुदायिक वनसँग २० वर्षका लागि जग्गा भाडामा लिएको जनाएको छ । सामुदायिक वनका अध्यक्ष राजन अधिकारीले डेढ बिगाहा जग्गा वार्षिक तीन लाख पचास हजार रुपैयाँ भाडा लिने गरी लिजमा दिएको जानकारी दिए ।
‘सामुदायिक वनले काठ दाउरा मात्रै बेचेर कहिल्यै उभो लाग्दैन’, अध्यक्ष अधिकारीले भने, ‘नेपाली युवाहरुले नै केही गर्छु भनेर आएपछि सी रिसोर्ट चलाउन दिने निर्णय भएको हो ।’ निजी क्षेत्रका लगानीकर्तालाई उत्साही बनाउन वनले सम्झौता गरेको अध्यक्ष अधिकारीले बताए ।
पिकनिक खाने स्थानमा रुपमा कहलिएको ज्ञानेश्वर क्षेत्रमा अर्को एक पहिचान पनि थपिएकोमा खुसी लागेको उनको भनाइ छ । ठूलो आकारको मोटरबोट सञ्चालनपछि यहाँका स्थानीयलाई रोजगारीसँगै आय आर्जनमा पनि टेवा पुग्ने उनको विश्वास छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

मुख्य समाचार सम्बन्धि थप

  • ओलीको छायाँलाई नपछयाऊँ-कांग्रेसओलीको छायाँलाई नपछयाऊँ-कांग्रेस
  • नेपाललाई भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोपनेपाललाई भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोप
  • प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार छैनप्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार छैन
  • प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिरप्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    ऐतिहासिक टासी छ्योलिङ गुम्बा संरक्षणको पर्खाइमा

    ऐतिहासिक टासी छ्योलिङ गुम्बा संरक्षणको पर्खाइमा

    निर्वाचन चहलपहल : भोजपुरका आधा दर्जन मतदानस्थल परिवर्तन, छ वटा केन्द्र थप

    निर्वाचन चहलपहल : भोजपुरका आधा दर्जन मतदानस्थल परिवर्तन, छ वटा केन्द्र थप

    छ महिनामा २१६ दुर्घटना

    छ महिनामा २१६ दुर्घटना

    मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

    मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

    सर्लाहीमा यात्रु बस पल्टियो, दुईको मृत्यु १९ जना घाइते

    सर्लाहीमा यात्रु बस पल्टियो, दुईको मृत्यु १९ जना घाइते

    नेपालगञ्ज भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा बढी राजस्व असुली

    नेपालगञ्ज भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा बढी राजस्व असुली

    सङ्कल्प प्रस्तावको प्रभावकारी कार्यान्वयनमा जोड

    सङ्कल्प प्रस्तावको प्रभावकारी कार्यान्वयनमा जोड

    दक्षिण कोरियाली राष्टपतिले गरे कोरोना भाइरस विरुद्धको खोप उत्पादन गर्ने उद्योगकाे भ्रमण

    दक्षिण कोरियाली राष्टपतिले गरे कोरोना भाइरस विरुद्धको खोप उत्पादन गर्ने उद्योगकाे भ्रमण

    ओलीको छायाँलाई नपछयाऊँ-कांग्रेस

    ओलीको छायाँलाई नपछयाऊँ-कांग्रेस

    नेपाललाई भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोप

    नेपाललाई भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोप

    प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार छैन

    प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार छैन

    प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

    प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

    प्रतिनिधिसभा विघटनविरुद्धको बहस लम्बिने

    प्रतिनिधिसभा विघटनविरुद्धको बहस लम्बिने

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    ऐतिहासिक टासी छ्योलिङ गुम्बा संरक्षणको पर्खाइमा

    ऐतिहासिक टासी छ्योलिङ गुम्बा संरक्षणको पर्खाइमा

    निर्वाचन चहलपहल : भोजपुरका आधा दर्जन मतदानस्थल परिवर्तन, छ वटा केन्द्र थप

    निर्वाचन चहलपहल : भोजपुरका आधा दर्जन मतदानस्थल परिवर्तन, छ वटा केन्द्र थप

    वनका कर्मचारीको प्रश्न : ‘हामीलाई किन फाजिल बनाइयो ?

    वनका कर्मचारीको प्रश्न : ‘हामीलाई किन फाजिल बनाइयो ?

    महिला बेपत्ताः साइकल फेला

    महिला बेपत्ताः साइकल फेला

    खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही

    खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिए सपथ

    अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिए सपथ

    वासिङटन-  अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले क्यापिटोल हिलमा बुधबार आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ लिएका छन् । उनलाई अमेरिकी...  विस्तृतमा

    अनुदानमा कोरोनाको खोप

    अनुदानमा कोरोनाको खोप

    नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

    नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

    राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ

    राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ

    ‘इङ्ल्यान्डमा हरेक आठमध्ये एक व्यक्ति कोभिड सङ्क्रमित’

    ‘इङ्ल्यान्डमा हरेक आठमध्ये एक व्यक्ति कोभिड सङ्क्रमित’

    सुडानको डार्फर क्षेत्र मङ्गलबार शान्त, जातीय झडपमा मृत्यु हुनेको सङ्ख्या १५५ पुग्यो

    सुडानको डार्फर क्षेत्र मङ्गलबार शान्त, जातीय झडपमा मृत्यु हुनेको सङ्ख्या १५५ पुग्यो

    उपराष्ट्रपतिमा नवनिर्वाचित ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा

    उपराष्ट्रपतिमा नवनिर्वाचित ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा

    भारत–अस्ट्रेलिया टेस्ट क्रिकेटः भारतको रोमाञ्चक जित

    भारत–अस्ट्रेलिया टेस्ट क्रिकेटः भारतको रोमाञ्चक जित

    अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको भूकम्प

    अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको भूकम्प

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑