काठमाडौं : पत्रकार अर्जुन गिरी काठमाडौं जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन्। जिल्ला न्यायाधीश अम्बरराज पौडेलको एकल इजलासले गिरीलाई रिहा गरेको हो। पत्रकार गिरीको तर्फबाट बरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की, अधिवक्ताहरु, स्वागत नेपाल, भक्तिराम घिमिरे, मानबहादुर लामिछानेले बहस गरेका थिए। केही दिन अघि पोखराबाट प्रकाशित हुने ताण्डव साप्ताहिकका सम्पादक अर्जुन गिरीले केही दिनअगाडि ‘ठग १ बदमास वीपेन्द्रराज बतास’ भन्दै लेखेको समाचारलाई आधार बनाएर बतासले सिआइबीमा गिरिविरूद्ध साइबर क्राइमको मुद्दा हालेका थिए। विपिन बतास विपेन्द्रराज बतास ले पोखराका दुई व्यवसायी जनकराज पहारीको २ करोड २५ लाख रुपैयाँ र मनोज श्रेष्ठको १ करोड ९८ लाख रुपैयाँ गरी ४ करोड २३ लाख रुपैयाँ ठगी गरेको गिरिले लेखेको समाचारमा उल्लेख छ। श्रेष्ठ र पहारीले बतासबाट आफ्नो पैसा उठाइदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएपछि गिरीले आफू आवद्ध ताण्डव पत्रिका र अनलाइन ताण्डब न्यूज डटकममा समाचार प्रकाशित गरेका थिए।
सन्फ्रान्सिस्को - विश्वप्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरका संस्थापक ज्याक डोर्सीले आफूले गरेको पहिलो ट्वीट बिक्रीका लागि लिलामीमा राख्नुभएको छ... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस