वैशाख ७ गते, काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनामा नाटक लेखन कार्यशाला सम्पन्न भएको छ । प्राज्ञ परिषद् सदस्य निशा पोखरेल शर्माको संयोजनमा राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा वैशाख ३ गतेदेखि ७ गतेसम्म आयोजित पाँच दिने नाटक लेखन कार्यशालामा देशका विभिन्न स्थानबाट २३ जना प्रशिक्षार्थी सहभागी भएका थिए । वरिष्ठ नाटककार अशेष मल्लको सहजीकरणमा भएको उक्त कार्यशालामा डा. धु्रवचन्द्र गौतम, प्रचण्ड मल्ल, नयनराज पाण्डे र खगेन्द्र लामिछाने लगायतका नाटककार तथा नाट्यकर्मीहरूले सहभागीलाई नाटक लेखन सम्बन्धी प्रशिक्षण दिएका थिए ।
शनिबार नाटक लेखन कार्यशालाका सहभागी प्रशिक्षार्थीहरूलाई एक समारोहबिच प्रमाणपत्र प्रदान गरियो । समारोहमा प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा र सदस्य सचिव श्याम तमोटले प्रमाणपत्र प्रदान गरेका थिए । उपकुलपति शर्माले कार्यशाला उपलब्धिमूलक भएको बताए । ‘मञ्चनका लागि पर्याप्त नाटक नभइरहेको वर्तमान अवस्थामा यस कार्यशालाले निकै आशा जगाएको छ’ शर्माले भने ।
वासिङ्टन - संयुक्तराज्य अमेरिकामा पाँच महिनापछि पहिलो पटक कोभिड–१९ बाट दैनिक संक्रमितको संख्या ४० हजारभन्दा कम पाइएको छ । खोप अभियान तीव्र बनाइएको... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस